विश्व सम्पदा सुचीमा सुचीकृत पाशुपत क्षेत्रका भित्री सडकलाई मंगलबारदेखि भेइकल फ्रि जोन बनाईएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र पशुपति विकास कोषको संयुक्त पहलमा उक्त क्षेत्रमा सवारी निषेध गरिएको हो । ठमेल क्षेत्रलाई भेईकल फ्रि जोन बनाईएको दुई महिना पछि पशुपति क्षेत्रलाई पनि भेईकल फ्रि जोन बनाईएको हो ।
मन्दिर परिसरको सरसफाई र दर्शनार्थीको सुविधालाई मध्यनजर गरी पाशुपथ क्षेत्रका भित्रि सडकलाई पनि हिजोबाट भेहिकल फ्रि जोन बनाईएको हो । पशुपतिका चार शिवालयमा हिजो एक कार्यक्रम गरेर सवारी निषेध गरिएको घोषणा गरिएको पशुपति विकास कोषका प्रशासकीय अधिकृत गौशीशंकर पराजुलीले जानकारी दिनु भएको छ ।
बनकाली धर्मशाला स्थित पूर्व र पश्चिम पट्टीका चार शिवालय हुँदै चल्ने, प्रहरी वृत गौशला तथा इटिपाखाबाट भुवनेश्वरी हुँदै चल्ने, गौरीघाट र उमाकुण्डबाट दक्षिणा मुर्ति जाने बाटोमा सवारी साधन निषेध गरीएको छ । शव वाहन र एम्बुलेन्सको हकमा भने यो नियम लागु नहुने पशुपति विकास कोषका प्रशासकीय अधिकृत पराजुलीले जानकारी दिनु भएको छ । सवारी साधनलाई उमाकुण्डा र बनकाली चौर लगायतका स्थानमा पार्किङको व्यवस्था गरिएको छ ।
साभार: नेपाल प्रहरी