eNepal

हाई माईट, नो वरीज, बातै पिच्छे फ..अफ र जबरजस्ती किच्च हाँस्नै पनि सँस्कृती अस्ट्रेलीयाको

बाबु ठुलो बडासँग बोल्दा त मिठो आदर सत्कार गरेर बोल्न पर्छ। आमाले अरुलाई सम्मान गर्ने भनेको हजुर, धन्यबाद जस्ता मिठा शव्दले गर्न पर्छ भनेर सिकाउनु भयो। राम्रा मान्छेको मात्र सङ्गत गर्नु पर्छ छाडा बोल्ने, फटाहा कुरा गर्नेहरुबाट टाढै रहनु भन्नु हुन्थ्यो आमा। बिस्तारै पढिदै गयो, साथीहरु बन्दै गए त्यसपछि साथीहरुसँग ओई, के छ तेरो हालखबर, ओई सुन्न, ह्या मुला, क्या ल्याङ ल्याङ गरि राख्या के भन्ने भईयो। सभ्य भाषामा हाउ आर यु, एक्सक्युजमी, थ्याङ्क्यु भन्न सिकीदै थियो। एकाएक बिदेश पलाईन भईयो।

केटाहरुले फोनमा बोल्दा माईट माईट भन्थे।के भन्या होलान् भन्थे। खासै चासो पनि दिईन। एयरपोर्टमै एउटा भुस्तीग्रेले वेयर आर यु फ्रम माईट भनेर सोध्यो। अगाडीका शब्दले नै मैले बुझे त कहाँबाट आएको। मैलै जवाफ दिएँ आई एम फ्रम नेपाल। उसले किच्च हाँस्दे वेलकम टु अजील्याण्ड भन्यो। मैलै थ्याङ्क्यु भनि दिए। त्यो मोरो किन हास्याँ होला भनेर पछि बुझे। मोरोले तेरो नली खट्टाको हड्डी अब यसरी रगटिन्छ, तेरा ती पसीनाले भिजेका मुलायम हात यसरी जोतीन्छ भनेर हास्याँ रहेछ। पछि अलार्मको तालमा दुई पीस पाउरोटीको भरमा कैयौ रातहरु बित्दा अनि काममा साहुले पानी पिउने पनि फुर्सद नदिई जोताउँदा बल्ल त्यो मोरोको हाँसो झल्झली याद आयो।

जसो तसो एयरपोर्टबाट फुत्कियो। बडेमानको शहर अनि लगेर करिवन २५ तला माथिको अपार्टमेन्टमा लिफ्टमा सरर लैजाला भनेको नेपालका झिगटीले बनाएको जस्तो टायलको छानोघरमा पो लैजान्छ। होईन कहाँ ल्याएको हो। हैन म कहाँ आए हौ भन्दै थिए केटो गोजीबाट कागज पर सुर्ती झिक्दै सानो छँदा गाउँका बा आमाहरुले पातमा सुर्ती बेरेर तान्या जस्तै गरी रोल गरेर लाईटले प्याट्ट पारेर धुवाँ फ्वाँ गर्दै दिस ईज अस्ट्रेलीया माईट पो भन्छ।
अघी एउटा खैरेनी माईट भन्थ्यो, ईमिग्रेसनका कर्मचारी नि माईट भन्थे र यो मोरो आएको बर्ष दिन भा छैन पुरै माईट माईट भन्छ। हैन के हो यो माईट माईट भनेको। गलल हाँस्दै यहाँको रास्ट्रीय शब्द हुन् जुन बातै पिच्छे घुसाईन्छ। बोलाउने नाम हो। यस्ता थुप्रै स्ल्याङहरु छन् त्यो तैलै बिस्तारै सिक्छस्।

भोली पल्ट बिहानै कफी खान जौ यार क्याफे तिर भन्दै साथीले लिएर हिड्यो। हेल्लो केन आई ह्याभ थ्री कफी लात्ते भनेर मागे। उताबाट हाउ मेनी सुगर भन्दै हाँस्दै सुन्दर केटीले जवाफ दिई। मैलै थ्री प्लिज भने गुलीयोनै मन पर्थ्यो मलाई। केटोले मेरो एक्टिभीटी नियाल्दै रहेछ। यस्तो पाराले तैले काम पाउने त्यस्तै हो मुला॥ मैले किन र के गरेर मैले। अनि मु… त्यो केटी हाँसेर सोधी राखेकी थिई। तँ मुला घोप्टाको भाँडो जस्तो मुख पारेर त्यसलाई बालै दिई रहेको थिईनस्। त्यसलाई अक्वार्ड फिल भयो होला। आँखा सन्काई अनि कफी बनाउन तिर लागी। अनि के हाँस्नै मन नभई पनि जबरजस्ती जिल्लीनै पर्ने त। हो यो ठाउँमा बाटोमा हिड्दा होस् या काम खोज्न जाँदा होस्, काम गर्दा होस् किच्च हाँस्नै पर्छ नत्र काम पाउन मुस्किल छ केटा। फेरी अर्को कुरा कामनै नजाने पनि पुरै आएको जस्तो एक्ट गर्ने, जटि खेर पनि हाँस्ने र जाने नजानेको टुटेफुटेको अङ्गेजी भएपनि बोल्न पर्छ अनि मात्र यो अलिक टाठो रहेछ, फुर्तीलो रहेछ भनेर काममा लिन सक्छ।

केही दिन पछि साथीले काम खोजी दियो। काम के हो भन्दा कन्सट्रकसनमा हो खासै गार्हो हुँदैन भनेर लाई दियो। स्टेसनमै लिन आउँछ साहु, टाईममै पुग्नु भनेर अह्रायो। सबेरै उठे हतार हतार ट्रेन स्टेसन दौडीए। नभन्दै ट्रेन स्टेसनमा बडेमानको भुस्तिग्रे शरीर भरी ट्याँटु खोपेको मान्छे गाडीमा कुरेर बसी रहेको रहेछ। मैले आफ्नै शैलीमा गुड मर्नीङ् भने जबरजस्ती किच्च दाँत देखाएर हाँसे। खैरे मुलको साहुले हेए माईट भन्दै गाडीमा बस्ने ईसारा दियो। आर यु स्ट्रङ माईट भनेर सोध्यो। मुलालाई गोर्खेको बल थाहा रहेन रहेछ। आज आमाले न्वारन देखी लगाएको तेलको बल लगाएर कति स्ट्रङ छु भनेर देखाउछु। बाटोमा जाँदै थियौ। त्यसको मोबाईलमा फोन आयो। एक्कासी वेर आर यु फ..कीङ माईट भन्दै झर्क्यो।

सातोपुत्लो उड्यो। हरेक बाक्यमा त्यहि शब्द राख्दै बोल्यो। डर पनि लाग्यो। गाली गर्या हो की बोल्या हो केही मेसोनै भएन। काममा पुगीयो। लौ यो विलब्यारो र साबेल छ। सबै घरको फोहर सोरेर जम्मा गर भन्यो। छिटो गर भनेर फ… माईट भन्दै गाली गर्यो। खाजा खानेपनि समय नलिईकन काम गरे। ढलेको सिन्को नउठाको केटो पसीनाको धारो बगाएर काम गरे। काम सकेर घर पुगीयो। झर्किदै के हो त्यो मुला त खाली छाडा मात्रै बोल्छ यार। गाली गर्या हो की तर्साएको हो जतिखेर नि फ…वोर्ड बोल्छ। साथी गललल हाँस्यो र भन्यो यो त यहाँको रास्ट्रीय शब्द हो। यो शब्द बोल्न जानिनस् भने तँ तलाई पाखे भन्छन्। मुखबाट साले सम्म ननिसकेको म बुबुरोले कसरी यस्तो शव्द बोलौ। रनभुल्लमा परे।

साथीले भन्दै थियो जति टाईफुट्टी लाएनी, अङ्गेजीका धुरन्धर भएपनि अस्ट्रेलीयाको स्ल्याङ वर्ड बुझ्न समय लाग्छ तर बिस्तारै तँ अजी सँस्कृतीमा बिझ्दै जान्छस् नआए पनि नक्कल पारेर आए जस्तो एक्ट गर्नु भन्दै फ्रिजबाट चिसो बियर निकालेर हातमा थमाउदै ट्विस्ट गर भनेर ईट्स ओके ड्युड, टेक ईट ईजी माईट भन्दै दुई बोतर बीयर निकालेर चियर्स गर्दै एक चुस्की मार्यो। मै पनि यत्रै सित्ती भन्दै ठाडो घाँटी लगाएर सुकेको घाँटी भिजाउन तिर लागे मन मनै जस्तो देश त्यस्तै भेष जप्दै।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349