मलाई राम्रोसँग याद छ फुट्सक्रेको एकहलमा एएनएमसीले बैठक डाकेको थियो। सन्दर्भ थियो उही नेपाली कम्युनिटी घरलाई कसलाई मुर्त रुपमा दिने र यसलाई सफल बनाउन रकम सङ्कलन गर्ने। मैले पनि यदाकदा सुन्दै आएको थिएँ रकम सङ्कलन गर्नलाई सप्ताह महा पुराण लगाउने कुरा। अब यो नै एउटा यस्तो अस्त्र हुनेछ जसबाट पैसा उठाउन सक्यो भने मात्र मेल्बोर्नमा रहेका नेपालीबासीहरुले आफ्नै नेपाली घर पाउँछन्।
भिक्टोरीयाका एनआरएनए कोअडीनेटर केशब कन्डेल दाईले मलाई भन्नु भएको थियो, अब सप्ताह गर्दा पनि पैसा उठेन बने कम्युनिटी सेन्टरको कुरालाई पुर्णबिराम लगाई दिए पनि हुन्छ। हरेक दिन जग्गाको भाउ आकाशि रहेको छ। पोहर हेरेका जग्गाको भाउ अहिले सुन्दै तर्सीन्छौ। बोलेर मात्र हुँदैन दिन पर्यो पैसा। फेरी सानो तिनो बजेटले पुग्दैन पनि। उँहाको कुरा पनि मनासिबनै लाग्यो। हामी जहिले पनि अरुले गरेन भनेर अरुको बाटोमात्र हेर्छौ। पायो भने औला उठाउँछौ, र्याखर्याख्ती पार्छौ तर लौ न त जुटौ सबै मिलेर गरौ भनी खासै उकासीन्नौ पनि।
त्यो दिन बोलाएको मिटीङनै मुलतः सप्ताह पुराणलाई कसरी सफल बनाउने भन्ने थियो।कसरी सबै नेपालीलाई यस कार्यमा सरिक बनाउने र सफल पार्ने भन्ने थियो। यस्तो भव्य कार्यक्रम सफल बनाउन पाँच दशजनाको समुहले सम्भव हुँदैन। कम्तिमा पनि एकसयएक सदस्य त हुन पर्छ भन्दै छलफल भई रहँदा केशब कन्डेल दाईले पन्डित दिनबन्धु पोखरेलसँग फेशबुक म्यासेन्जरमा हो या भाईबरमा लाईभ कुरा गराई दिनु भयो। गुरुले कम्तिमा पनि पाँचसय एक मुल समारोह समिती बनाउने र आजैका दिनदेखी कार्य बिभाजन गरेर काम अगाडी सार्ने आज्ञा दिनु भयो।
त्यसपछि मिलेर पाएक परे सम्म भिक्टोरीयामा रहनु भएका नेपालीहरुलाई सुचना दिने काम तदारुक्ताका साथ भयो। ठाउँ अनुसार मानिसहरु लगाईयो। हरेक ठाउँलाई कोअडीनेट गर्ने व्यक्तिहरु चुनीयो। भिक्टोयामा जतिपनि रहेका समाज र सँस्थाहरु छन् सबैलाई समेट्ने कोशीस भयो। हरेक हप्ता भएका गतिबिधीहरु बारे प्राय शनीबार र आईतबार बैठकहरु बसे।बैठकमा व्यक्ति चयन देखी पैसा सङ्कलनका बिषयलाई लिएर औला पनि ठहडीए।
एएनएमसीले नेपाली कम्युनिटी सेन्टर बनाउने जुन सङ्कल्प राखेको थियो, सोही बेला बिघटन भएर नयाँ नेतृत्वलाई हस्तान्तरण गर्ने क्रममा थियो। कोही पुरानै सदस्यहरु थिए भने केही नयाँ अनुहार पनि। उसै दिनको बैठकले सप्ताह पुराण मुल समारोह समितीको अध्यक्षमा डा: चन्द्रदिपक पोखरेल सर्वसम्मत चुनिनु भयो। कोअडिनेटरको रुपमा केशव कन्डेल अनि टेर्जरको रुपमा एएमएनसीकै टेर्जर राजेश आचार्य चुनिनु भयो। यो व्यापक कार्यक्रम रहेकोले यसलाई बिभीन्न समितीमा बिभाजन गरिएको थियो।
कार्यक्रम स्थल छान्ने देखी फुलमाला व्यबस्थापन समिती, टिका प्रसाद समिती देखी मण्डप सजावट समिती सम्म, खानपिन व्यबस्थापन समिती देखी अतिथी सत्कार समिती सम्म। कम्तीमा बिस देखी पच्चिसवटा उपसमिती बनाएर यस कार्यक्रमलाई सफल बनाउने कुरा भयो। कुनै पाटी वा केही स्वार्थको लागि कार्यक्रम आयोजना भएको भए सायद धेरैले बिचैमा हात छोडी दिन्थे होलान् तर आफ्नै कार्यक्रम भएकोले होला न फलानो पाटीको भनेर कुरा सुनीयो न फलानो समाज। सबैले आफ्नो ठाउँ र सकेको सयोगी हातहरु अघि सारे।
भेन्यु खोज्नुनै प्रमुख टड्कारो बन्यो। यसबारे गान्धी प्रसाद भट्टाराईको सँयोजकत्वमा एउटा टोली बन्यो। उहाँहरुले मेल्बोर्नमा भएजती मन्दिर र कार्यक्रम गर्न उपयुक्त ठाउँहरु बुझ्दै जानुभयो। अन्तमा रकबैंकमा रहेको दुर्गा मन्दिरमा गरिने निदो भयो। तर मन्दिर व्यबस्थापन समितीले सङ्कलन भएको रकम मन्दिरलाई बुझाउने सर्त अघि सारे पछि कुरा बाँझियो र शो मन्दिरमा नगर्ने निधो गरेर पुन: भेन्यु छान्न लागियो। धेरै दिनको दौडधुप र छलफल पछि मेल्बोर्नको सेन्ट अलबान्स स्थित माता चिन्तापर्नी मन्दिरमा सप्ताह हुने पक्का पक्की भयो। भिक्टोरीयाका प्राय सबै ठाउँमा बसोबास गर्ने नेपालीहरुलाई यो सुचना दिलाउनको लागि ठाउँ अनुसार कोअडीनेटरहरु चुनिदै गयो। सबैले आआफ्नो ठाउँबाट सुचना दिने र सकेसम्म धेरैलाई खवर पुर्याउने काम भयो। प्राय हरेक हप्ता बिभीन्न ठाउँमा सप्ताहमय गतिबिधीहरु हुन थाले।
यहाँ मैले भन्न छुटाउन नहुने एउटा कुरा के भने मेल्बोर्नमा हुने हरेक कार्यक्रममा आफुले सकेको सहयोग अनि सम्मान दिन कतिपनि हिच्किचाहट नगर्ने, कसैले कुनै कार्यक्रम आयोजना गर्नलाई ठाउँ चाहीएर लौन दाई भने भने जुनै पनि समयमा हुन्छ भन्ने, नेता देखी अभिनेता, समाजसेवी देखी खेलाडी हरेक तह र तप्का अनि बिभीन्न बिधाका श्रस्टाहरुलाई ठाउँ दिने भिक्टोरीयाका लागि नेपाली अबैतानीक राजदुत चन्द्र योन्जन दाईले आफ्नो कन्सुलेटको कार्यलय जतिखेर चाहिए पनि उपलव्ध गराई दिनु भयो।
आ आफ्नो जिम्मेबारी लिएका समाजका अगुवाहरुले आफ्नो कार्यमा कटिबद्द भएर लाग्नु भयो। न फलानो समाज भनियो न फलानो पाटीनै, न एनआरएनए भनियो न न्याभ, न व्यबसाय भनियो न ठुलाबढा। सबैले सहयोग गर्ने जमर्को गरे। कलश यात्राबाट सुरु भएको सात दिने सप्ताहमा हजारौ नेपालीको सहभागीता रह्यो। कसैले कसैको मुख हेरेनन्, कसैले कसैको बाटो हेरेनन्। भोजन खुवाउने देखी सरसफाईमा तैले गर म हेर्छु बानी कसैले देखाएनन्। दिदी बहीनी समाजबाट महीला दिदी बहिनीहरुले स्वमसेबीका भएर सातै दिन सहयोग गरेको देखियो। पन्चे बाजा पनि बज्यो, गुरुको साथमा भजनलाई कोरस दिनेहरु पनि सातैदिन उहि जोडतोडका साथ लागि परेको देखियो। हरेक दिन भक्तजनहरुको आउने क्रममा कमी भएन बरु बढ्दो रुपमा रह्यो। बिभीन्न बिधामा दक्ष हाँसील गर्नु भएकाहरु सबैले साथ दिए। साउन्ड ब्यबस्थापन देखी खानामा सेफहरुले साथ दिए। अर्थको मामलामा एकाउन्टेन्टहरुले साथ दिए। आईटी दक्षहरुले आईटीको पाटो सम्हाले।
दान दिने र एएनएमसीको आजिवन सदस्यता लिनेहरुमा कमी कत्ति पनि आएन। धेरैले आफ्नै सन्तानको लागि हो बनेको राम्रो भन्ने जवाफ दिन्थे। सबैले मिलेर बनाउन पर्छ भन्नेनै धेरैको धारणा रहेको पाएँ। अरु राज्यबाट आएर सहयोग र समर्थन गर्नेहरु देखियो जसलाई सराहनीय ठान्नै पर्छ।
सात दिन सेन्ट अल्बान्सको मन्दिर परिसर पुरै नेपाल जस्तै देखियो। महिला दिदीबहिनीहरु साडीमा सज्जीएर आउनु भएको अनि दाजुभाईहरु ढाकाटोपीमा ढलक्क ढल्किएर आएको, बा आमाहरु आएर गफ गरेको देख्दा पक्कै पनि नेपालकै झल्को आएको आभाष हुन्थ्यो। बिदेशको ठाउँमा साथी भाईहरुसँग भेटघाट नभएको नि धेरै भएको हुन्छ, सबैलाई एकै ठाउँमा जुटाउन पनि यस कार्यले सहयोग गर्यो। एकै ठाउँका रहेर पनि चिनजान नभएकाहरुलाई चिनाउने माध्यम बन्यो। बच्चा बच्चीहरुले पनि के रहेछ भनेर थाहा पाउने मौका पाए। यहि हुर्केका भाई बहिनीहरुले पनि आखिरी के रहेछ सप्ताह र यसका उपलव्धीहरु बुझ्ने मौका पाए।
दान दिनलाई पनि कुनै हिच्कीचाहट भएन। आफ्नो गक्षले सकेको दान दिने क्रम हरेक दिन उत्तिकै मात्रामा रह्यो। चन्द्र योन्जन दाईले पहिलाको पचास हजारमा थप पचास हजार दिएर एकलाख डलरदिने घोषणा गर्नु भयो भने एनआरएनका भुत्पुर्व अध्यक्ष शेष घलेबाट दुई लाख आठ हजार आठसय आठासी डलर दिने घोषणा भयो। त्यस्तै अन्य धेरै व्यबसायमा आबद्द व्यक्ति लगाएत व्यक्तिबाट दान गरियो जसको पुर्ण बिवरण छिट्टै आउनेनै छ। अहिले मैले यो लेख लेखि रहँदा सम्म एक दसमलब एक मिलीएन डलर उठेको भन्ने सुचना पाएको छु। साडे एक मिलीएन डलर उठाउने लक्ष्यका साथ गरिएको यो महान कार्यको लगभग हामी नजिक पुगेका छौ। सबै जनाको अथक मेहीनेत, बल, परिश्रमका बाबजुद महान कार्य सफल भएको छ।
अव सबैको नजर कँगा र कसरी नेपाली सामुदायीक घर बन्छ भन्ने तिर केन्द्रीत भई सकेको छ। लक्ष्य राखिएको पैसाको लगभग नजिक हामी पुगेका छौ। सबैले जुन पैसा उठेको छ त्यसबाट यथासक्य चाँडो नेपाली घर बनोस् भन्नेनै छ जहाँ नेपाली माटोको गन्ध आवस्। एकातिर पशपतीनाथको मन्दिर हवस अर्को तिर स्वयम्भुनाथको। हाम्रा सन्तानको बिहे ब्रतबन्ध, पास्नी, न्वारण, गुन्युचोलीका कार्यक्रम गर्न कसैको कम्युनिटी सेन्टर र चर्च ढक्ढक्याउन नपरोस्। कोही नेपाली श्रस्टाहरुलाई सम्मानको व्यबस्था गर्न भेन्यु खोज्न नपरोस्। तिजमा महिला दिदी बहिनीहरु धक पुगिन्जेल नाच्ने आँगन बनोस्, नेवार दाजुभाईले म्ह: पुजा गर्ने कोठा बनोस्, साकेला सिली र उधौली र उभौली अनि तन्डी नाँचले त्यो भुमी घनिभुत हवोस, छठ पर्व मनाउन सानो कुवानै किन नहोस् नहाएर चोखीने धारो हवस्।
अन्तमा: एकजना वा एउटा समाज वा सँस्थाले गरेर यो महान कार्य सफल पक्कै भएको छैन। यसमा सबै जनाको उत्तीकै सयोग र साथ रहेको छ। मैले गरे र सफल पारे भनेर कसैले गर्दन तेसार्नै पर्दैन। भिक्टोरीयामा रहनु भएका हरेक नेपाली मनहरुको साथ सहयोगले मात्र सफल भएको छ। अझ यो त एक रकम सङ्कलन गर्ने पाटो मात्र हो र केही हद सम्म सफल रहेको छ। सफल त त्यो दिन हुन्छ जुन दिन पन्चेबाजा बजाउँदै, पन्च कुमारीलाई अघि लगाएर चन्द्र योन्जन दाई र शेष घले दाईबाट नेपाली सामुदायीक भवनको ढोकाको रिवन काटेर पशुपती र स्वयम्भुको दर्शन गर्दै दिनभरी नेपाली कला सँस्कृतीले भरिपुर्ण नेपाली घरमा बसेर जयजयकार गर्नेछौ। सेवा गरौ तर फलको आश नराखौ। फलानोले सम्मान पायो मैले पाईन भनेर दोष न थोपरौ। हरेक व्यक्ति आफैमा सम्मानित हुनुहुन्छ। सबै मिलेर अव व्यबस्थापन पक्षलाई झक्झकाई राखौ। नेपाली सामुदायीक घरको सपना छिट्टै पुरा गरेर छाडौ। धन्यबाद