श्रद्देय अध्यक्ष ज्यु ,
अभिवादन !!
तपाई अहिले आफ्नो जन्मभुमी चितवनमा प्राप्त भएको जितको खुसि एकातिर र एकमात्र पुत्र प्रकाशको बियोगको पिडा अर्को तिर । यि चिजलाई फ्युजन गरेर दृढताका साथ अघि बढन सक्नु तपाई भित्रको छुट्टै बिशेषता हाे ।
क.प्रकाशको निधनमा मैले भाैतिक उपस्थितिमा श्रद्दानञ्जली ब्यक्त गर्न त पाईननै तर यस जेलको चार दिवार भित्र बसेर मनमनै श्रद्दासुमन अर्पन गरे र मनलाई स्तब्ध बनायो ।
म गिरफ्तारी परेको करिब डेढ महिना नाघिसक्यो ।गिरफ्तारी लगत्तै क, गाेपाल किराती ( साईला ) भेटन आउनु भयो र सहानुभुति ब्यक्त गर्नु भयाे । मेरै जिल्लाका नेताहरु भेट गर्न आउनु स्वभाबकै हो । त्यसबाहेक मेरो गिरफ्तारी बृहत शान्ति सम्झौता बिपरित हो , यो जनयुद्द कालिन मुद्दा हाे भन्ने सेन्टिमेन्ट बोकेर पार्टि हेड क्वाटरबाट अहिले सम्म केहिपनि भेटन आएका छैनन ।
पुत्र बियोग र चुनाबको बखत भेटन आउनु भएन त्यो स्वभाबिकै हो किनकि त्यस समय तपाईको पिडा र निर्वाचनको चटारोको कुरा मैले बुझेकै हुँ । अब निर्वाचन पनि सक्कियो , भारी मतले जितपनि हासिल गर्नुभयो । तर तपाईलाई मलाई भेटन डिल्लि बजार जेल सम्मको दुरि टाढा भयो या अनिच्छा पैदा भयाे ,र तपाई आउनु भएन ? तपाईको १० मिनेटको भेटको समय कति महत्वपुर्ण र साहनुभुतिपुर्ण हुन्थ्यो तपाईले कहिले आकलन गर्नुभयाे ? किनकि १० बर्षे जनयुद्द तपाईकै अभिभाबकत्वमा लडिएको हैन र ? मानौ तपाईले भ्याउनु भएन ठिकै छ ,तपाईका कोही कसैलाई तपाईको खबर पठाउन त सक्नु हुन्थ्याे नि कि हैन र ? ठिक छ भेटको सन्दर्भलाई यहि छोडौ ।
म हाम्रो पार्टिको पोलिट ब्युरो सदस्य हुँ । यो मेराे क्षमता र तपाईले मलाई पत्याएरै दिएको जिम्मेवारी हुनुपर्छ ।एउटा पार्टिको पोलिटब्युरो सदस्य जनयुद्दकालिन मुद्दामा त्यहिमाथि ब्यकसुर ब्यक्ति गरफ्तारी पर्दा बिज्ञप्ति सम्म निकाल्न सक्नु भएन यसको कारण के हुनसक्छ । यो त सत्य निरुपन तथा मेलमिलाप आयाेगले टुङ्ग्याउने समझदारीबाट तपाई हामि कहांनिर चुक्यौ ? यसको हिसाब किताब पार्टिले राख्नु जरुरि छ कि छैन ? भर्खरै मौलाउदै गएको एमाले संगको सम्बन्ध बिग्रेला भन्ने डरले या त चरण प्रसाई , कणकमणी दिक्षित लगाएका डलरबादीहरु संग डराएर बिज्ञप्ति निकाल्नु भएन ।
म अहिले जेलको चिसाे छिडिमा रहदै गर्दा चार ओटा रोगसंग एकैसाथ लडिरहेकाे छु ।जेलको परिबन्धमा उपचार त्यति सहज छैन अध्यक्ष ज्यु । भनेको सामय र भनेको डाक्टरलाई भेटन पाईदैन यहाँ । यो मैले पहिले ८ बर्ष जेल बस्दा नै भाेगेको तितो यथार्थ हो । उच्च रक्तचाप त छदैथियाे त्यहिमाथी सुगर पनि छ । मेराे दुबै मृगाैलाले काम गर्न छाेडेकाे यहालाई जानकारी नै छ ।
अध्यक्ष ज्यु म तलाईकै आदेसमा काम गर्ने एक सिपाही हैन र ? अहिले जुन हत्या अभियाेगमा म जेल भित्र छु ,त्यो घटना मैले गरेको हैन यहालाई पनि थाहा छ । केहि डलर बादीहरुले डलर पचाउन रचिएको प्रपन्च मात्र हो म ब्यकसुर हुदापनि किन जबरजस्त थुनाईयो ? हजुरले आत्मा साक्षि राखी भन्नुस म थुनिदा तपाईको मन कत्तिपनि कुंडिएको छैन र ? म थुनिनु भनेको तपाई थुनिए जस्ताे हैन र अध्यक्ष ज्यु ? कि माउ बचाउन चल्लाको बली चढाईएकाे हाे ?
बांकि अर्काे पत्रमा या भेटमा प्रचण्ड ज्यु – सदरखोर डिल्लीबजारबाट – बालकृष्ण ढुङगेल