नेप्लिज युथ एसोसीयनको पहिलो कार्यक्रम तनाब व्यवस्थापन र यसको कारण र निराकरण के के हुन सक्छ भन्नेबारे छलफलसँगै समापन भएको छ। बिशेष गरेर बिधार्थी बर्गलाई लक्ष्क्षीत गरेर आयोजना गरिएको यो कार्यक्रम सौहार्दपुर्ण रुपमा सफल भएको छ। भिक्टोरीयाका लागि महाँबाणिज्य राजदूत श्री चन्द्र योन्जन, नेप्लीज् यशोसीयसन अफ भिक्टोरीयाका अध्यक्ष एवम् मानसिक रोग चिकीत्सक डा. अनुपम पोखरेल एबम् चिकीत्सक डा. चन्द्र दिपक पोख्रेलको मुख्य आथित्यमा करिब ३ घण्टा कार्यक्रम भएको थियो।
तनाबका किसीम, असर अनि कसरी तनाबलाई न्यनीकरण गर्न सकिन्छ, नेपाली भाषी चिकीत्सकहरुको बारेमा छोटो जानकारी डा. अनुपम पोख्रेलले दिनु भएको थियो। डा. चन्द्र दिपक पोख्रेलले अस्ट्रेलीयाको स्वास्थ्य सेवा, बिधार्थीहरुले सामना गर्न पर्ने बिवीध स्वास्थ्यसँग सम्बन्धीत झमेला र चुनौतीहरु अनि ति चुनौतीसँग कसरि सामना गर्ने, अस्ट्रेलीयामा बीमा सम्बन्धी नियमहरु बिशेष गरेर बिधार्थीको स्वास्थ्य बिमाको बारेमा प्रसट्याउनु भएको थियो। श्री चन्द्र योन्जन ज्युको प्रेरणात्मक र सकारत्मक वचनहरुले पक्कै पनि उपस्थित बिधार्थीहरुलाई उर्जाको काम गरेको अनुभव भएको थियो। अस्ट्रलीयाको नितीनियमहरु मात्र अनुसरण गर्ने नेपाली हैन, निती नियम बनाउने नेपाली पुगेको हेर्न चहान्छु भन्दै अवका विवेकशील युवामा त्यहाँसम्म पुग्ने खुबी छ र आफ्नो योग्यता अनि विवेकलाई सहि सदुपयोग गर्ने उत्प्रेरक सुझाव दिनुभएको थियो।
नेप्लिज युथ एसोसीयनको यो पहिलो कार्यक्रम सफल गर्नमा सहयोग गर्नु हुने न्याभ, एन आर एन ए, कन्सुलेट कार्यलय भिक्टोरीया, अस्ट्रेलियन मेडीकल एन्ड डेन्टल एसोशियसन, मिडीया लगायत सम्पूर्ण बिधार्थी र सहयोगी हातहरुलाई धन्यबाद दिदै कार्यक्रमको समापन भएको थियो।