eNepal

श्रीमान बिदेश गएको मौका छोपी यौन प्यास मेटाउँदा भयो यस्तो हालत

महिला पुरुषवीच हुने शारीरिक सम्पर्कलाई विवाहले वैधानिकता दिएको छ। तर, त्यस्तो सम्पर्क अरुसँग राख्दा पाँचथरकी एक युवतीले ज्यानै गुमाउनुपरेको छ, जसमा वैदेशिक रोजगारी पनि प्रमुख कारण देखिएको छ। ६ महिनाअघि विवाह गरेका श्रीमान् साउदी अरब गएपछि परपुरुषसँग शारीरिक सम्पर्क राखेकी पाचथरको अमरपुर–९ की शान्ता तामाङको ५ महिनाको गर्भावस्थामा मृत्यु भएको हो।

वाह गर्नुअघि मोरङ बेलबारी–५ का पशुपति तामाङसँग प्रेम सम्बन्ध राख्दै आएकी शान्ताको अन्ततः उनै पशुपतिसँगको शारीरिक सम्पर्कबाट बसेको ५ महिनाको गर्भका कारण शनिवार मृत्यु भएको हो। बिर्तामोडस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएपछि शान्तालाई ‘दमले मृत्यु भएकी बहिनी’ भन्दै पशुपतिले इलामको गुम्बाडाडामा शव जलाउन खोज्दा अवैध सम्बन्ध खुलेको हो। ताप्लेजुङको फूलबारी–७ का रामप्रसाद तामाङसँग विवाह गरेकी २० वर्षीया शान्ताको पशुपतिसँग अवैध शारीरिक सम्पर्कपछि गर्भ रहेको र झापामा गर्भपतन गर्नेक्रममा गम्भीर हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रीमान् बैदेशिक रोजगारीमा गएपछि अमरपुरस्थित माइतीघर बस्दै आएकी शान्ता पशुपतिस”गको सल्लाहबमोजिम गर्भपतन गर्न बैशाख १८ गते पाचथरबाट बिर्तामोड झरेकी थिइन्। ‘झापाको कञ्चनजंघा अस्पतालमा गरेको भिडियो एक्सरे बोकेर सुरुङ्गाको म्यारिगोल्ड सेन्टरमा गर्भपतन गराएको देखिएको छ’ इलामस्थित जिल्ला प्रहरी कार्यालयका सई मनिष थापाले भने, ‘५ महिनाको गर्भपतन गर्दा गम्भीर हुनपुगेकी शान्ताको थप उपचारक्रममा झापाकै मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको रहेछ।’ सुरुङ्गाकै म्यारिल्याण्ड सेन्टरले भने गर्भपतन गर्न नमानेको खुलेको छ।

पक्राउ परेका पशुपतिले दिएको बयानअनुसार, तोकिएको अवधि नाघेको गर्भपतन गरेवापत म्यारिगोल्ड सेन्टरले १८ हजार रुपैयाँ लिएको थियो। अवैध सम्बन्धको प्रमाण बनेको गर्भ खेर फाल्न खर्चको जोहो गरेरै बेलबारीबाट बिर्तामोड आएका पशुपतिले गम्भीर भएपछि शनिबारै मनमोहन अस्पतालमा शान्तालाई भर्ना गरेका थिए। त्यहाँ ज्यान गएपछि पशुपतिले ‘बहिनी’ भन्दै शान्ताको शव एम्वुलेन्समा इलामतर्फ ल्याएका थिए। ‘अवैध सम्बन्धले गर्भ बसेको र त्यो पतन गर्नेक्रममा ज्यानै गएपछि अतालिएका पशुपतिले शान्ताको शव बाटैमा अन्त्येष्टि गर्न चाहेको देखिन्छ’ मुद्दा फाँटका सई थापाले भने, ‘त्यसक्रममा चुरेघा”टी नजिकैको गुम्बाडा”डामा एम्वुलेन्स रोकेर शव जलाउने दाउरासमेत खोजिसकेको अवस्थामा रहस्यमयी घटना बाहिर आएको हो।’

त्यहाँ बुद्धजयन्ती तयारीका लागि भेलिएका गाउ”लेले शवबारे प्रहरीमा खबर गरेका थिए। ‘दमको बिरामले उपचार गर्दागर्दै बहिनीको मृत्यु भएको, अमरपुर पुर्‍याउन खर्च नभएको र गाउमा लामा नभएको कारण देखाएर दाजुको अभिनय गरिरहेका पशुपतिले बाटैमा शव जलाउन चाहेका थिए’ शनिबार गुम्बाडाँडामै रहेका बिब्ल्या”टेका राजेन तामाङले भने, ‘चिता बनाउन दाउरा ठिक पारिसकेपछि एम्वुलेन्सबाट शव झिक्दा पेट ठूलो देखेपछि शंका लागेर केरकार गर्दा अवैध सम्बन्ध निर्क्यौल गर्दै प्रहरी बोलाएका हौं।

 

 

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal