नेपाली समुदायप्रति सदैब चिन्तीत भिक्टोरीयाको लागि अबैतानिक नेपाली महाबाणिजय दुत चन्द्र योन्जनद्वारा नेपाली सामदायीक भवन निर्माणको लागि एकलाख अस्ट्रेलीयन डलर दिने घोषणा गर्नु भएको छ। अस्ट्रेलीयन नेप्लीज मल्टी कल्चरल केन्द्र (एएनएमसी)ले आयोजना गरेको सात दिने सप्ताह महापुराणको तेश्रो दिन आज उक्त घोषणा गर्नु भएको हो। यस अघिनै एएनएमसीको एक कार्यक्रममा पचास हजार डलर दिने घोषणा गर्नु भएको चन्द्र योन्जनले सो प्रतीबद्दतालाई बढाएर थप पचास हजार डलर दिने घोषणा गर्नु भएको हो।
नेपाली समुदाएको हरेक गतिबिधीमा सदैब चासो राख्ने र सवैलाई केही गर्न पर्छ भनेर प्रोसाहन दिन कुनै कन्जुसाई नगर्ने चन्द्र योन्जन समाजको हक र हितको लागि सदैब चिन्तीत रहनु हुन्छ। जो सकै होस् सहयोग र अपेक्षाको साथ उहाँलाई ढक्ढक्याउन गए नाई र हुँदैन नभन्नुनै उहाँको बिशेषता हो।नेता देखी अभीनेता सम्म गाएक देखी समाजसेवी सम्म हरेक तप्का र तहका व्यक्तिहरुले सम्मान पाउने उहाँको कार्यकक्षबाट धेरै नेपाली श्रष्टाहरुले सम्मान पाई सक्नु भएको छ।
सबै नेपालीका अभिभावकत्वको अभिभारा बोक्नु भएका चन्द्र योन्जनले नेपालीहरु पनि अस्ट्रेलीयन सरकारका माथील्लो तहमा पुगेको र नेपालीहरु पनि अस्ट्रेलीयामा अरुको काम मात्रै गर्ने होईन अव सन्चालक, परिचालक, प्रवर्तक, प्रतीपादक, उधमी भएको हेर्न चाहेको धारणा व्यक्त गरेर अरुलाई प्रोत्साहन दिने गर्नु हुन्छ। आफ्नो दैनीक जिवनको व्यस्तताको बावजुद पनि उहाँ नेपाली समुदायले आयोजना गर्ने गरेको अक्सर सबै कार्यक्रमहरुमा उपस्थिती जनाउनु हुन्छ।