eNepal

अब रत्नर्पाकमा बस चढ्नलाई युद्ध लड्नु नपर्ने

काठमाडौंका विभिन्न स्थानमा रहेका बस स्टपमा नौलो दृश्य देख्न पाइयो । सार्वजनिक यातायात चढ्न काठमाडौंमै यात्रुहरु लाइनमा देखिए । धेरैले यस्ता दृश्यलाई अचम्म मानेर हेरे ।

सबैको चासो थियो, एकैदिनमा कसरी यात्रुहरु लाइन लागेर गाडी कुर्ने अनि चढ्ने भए त ?

रानीपोखरीमा लाइन मिलाइरहेका ट्राफिक प्रहरी जवान रमेश शर्मा भन्दै थिए,’लाइन लागेर गाडी चढ्ने बानीको विकास गर्न हामीले काम थालेका हौं । तर, मान्छेले यसलाई अनुशरण गर्न आनाकानी गर्दा समस्या भइरहेको छ । कति यात्रु त लाइनमा आउनै मान्दैनन् । तर, हामी विनम्र भएर सिकाउँदैछौं ।’

सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती ठेलमठेल गर्दै चढेर सिटमा बस्ने प्रवृति मौलाउँदै गएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले कठमाडौंमा विभिन्न बस स्टपमा लाइन लागेर बस चढ्ने अभियान सुरु गरेको छ ।

ट्राफिक प्रहरीहरु ‘पहिला आउने यात्रुलाई पहिलो प्राथमिता दिऔं र लाइन लागेर सभ्य तरिकाले गाडी चढौं’ भन्ने सन्देश लेखिएका प्ले-कार्ड लिएर सडकमा दिनभर खटिन थालेका छन् । अाज पहिलो दिनमा बेलुकी भीड बाक्लिँदै र गाडी पातलिँदै जाँदा लाइन मिलाउनु उनीहरुको बसमा देखिएन ।

अहिले बस चढ्दा देखिने हुलमुलले नेपालमा सार्वजनिक यातायातको साख पनि गरिएको छ । सँगै आम नेपालीको सभ्यतामाथि पनि प्रश्न उठेको छ ।

हुलमुलमा कोचाकोच गर्दै बस चढ्नु बालबालिका, वृद्ध, अशक्त, महिला र सुत्केरीका लागि असम्भव हुन्छ । चढिहाले पनि सिट नपाउने समस्या छ ।

त्यसैले महाशाखाले लाम बसेर सवारी चढ्ने बानी बसाल्ने गरी अभियान थालेको हो । आज विभिन्न बस स्टपमा ट्राफिक प्रहरी खटिए ।

उनीहरुले अपरान्ह ४ बजेसम्म जेनतेन लाइनमै राखेर यात्रु चलाइरहेका थिए । तर, बेलुकी भएपछि यात्रु धेरै स्टपमा आए । जसका कारण सीमित ट्राफिक प्रहरीको जोर चलेन ।

एनएसीमा ठेलमेल गर्दै बस चढ्दै गरेका यात्रु
रानीपोखरीमा बाहेक अन्य स्थानमा बेलुकासम्म लाइन लागेर चढेको देख्न पाइएन । तर, रत्नपार्कमा बानियाँटार जानेहरु भने बेलुकैसम्म लामो लाइनमा थिए ।

‘हाम्रो रुटमा त बस नै कम छन् । गाडी आएपछि यहाँ चढ्न युद्ध नै लड्नुपर्थ्यो । लडेर मात्रै पुग्दैनथ्यो, जित्नु पनि पर्थ्यो, अब भने युद्ध लड्नुपर्दैन,’ लाइनमा बसेर बस चढेका विद्यार्थी बसन्त थापाले भने,’लाइनमा बसेर कुर्दा पट्यार लागेपनि सजिलोसँग चढ्न र जान पाइने भो ।’

ट्राफिक प्रहरीले आजदेखि काठमाडौं उपत्यकाका १० स्थानमा लाम लागेर सवारी चढ्ने व्यवस्था मिलाएको छ । एनएसी, रत्नपार्क, भृकुटीमण्डप, सामाखुशी, बानेश्वर, कोटेश्वर, कुपण्डोल, जडीबुटी र चाबहिलमा आज अभियानका रुपमा यात्रुलार्इ लाइनमा राखेर गाडी चढाइयो ।

लाम बसेर सवारी चढ्दा जो पहिले आएको हो त्यसले पहिलो प्राथमिकता पाए । अघिल्लो सार्वजनिक यातायातमा चढ्न नपाएका यात्रु लगत्तै पछिल्लोमा जान पाए ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनाल यात्रुले सवारी चढ्नकै लागि भोग्नुपर्न सास्ती कम गर्न अभियानकै रुपमा यसलाई प्रारम्भ गरिएको बताउँछन् ।

उनले यात्रुलाई एकछिन संयमता प्रदर्शन गरे सहज रुपमा यात्रा गर्न सकिन्छ भन्ने सिकाउन पनि लाइनमा बसेर गाडी चढ्न प्रोत्साहन गरिएको उल्लेख गरे ।

महाशाखाले यो अभियान एक हप्तासम्म प्रत्येक दिन बिहान-बेलुका कार्यालय सञ्चालन हुने समयमा चलाउने छ । सुरुको समयमा अभियान सञ्चालनमा केही समस्या परे पनि विस्तारै बानी पर्दै जाने महाशाखाले विश्वास छ । मर्यादित र व्यवस्थित ट्राफिक होस् भन्ने चाहना महाशाखाको भनाइ छ ।

महाशाखाले अभियानका लागि स्काउट र स्वयम्सेवकसमेत परिचालन गर्ने योजना बनाएको छ ।

यो अभियानले सार्वजनिक यातायात चढ्नेहरुमा लाइन लाग्ने सभ्यताको विकास हुने अपेक्षा छ भने सहज रुपमा सवारी चढ्न पाउने वातावरण पनि सिर्जना हुनेछ ।
(फोटो तथा समाचार अनलाईन खबरबाट )

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349