eNepal

कमाएको मात्र देख्ने तिम्रा आँखाले खर्च कसरी पुर्याएको छस् भनेर कहिलै सोधेनौ-सन्धर्व अस्ट्रेलीयाको

कामबाट थकित मुद्रामा घर फर्किदै थिए। एकाएक मोबाईलमा घण्टी बज्यो। थाहा पाए होलान् घरकाले यसको काम सकियो भनेर त्यहि भएर फोन हानेका होलान भनेर हतार हतार फोन हेरे। नेपालको नम्बर थियो तर अपरिचीत। उठाउँ कि नउठाउँ भयो। एकमनले सोचे ह्या उठाउँदिन बेकारमा थकित भएको बेला। केटाहरु कोही होलान् ल्याङ हान्नलाई फोन गरेका, होस् घर गएर आफै भाईबरबाट कल गर्छु।

अघिल्लो दिन मात्र कलेजको फी तिर्नलाई साथीसँग केही रकम सापट मागेर बुझाएको रन्कोले छोडेको थिएन। यसै हप्ता मात्र घर भाडा बुझाउन पर्ने तनाबले साहुले एक घण्टा वभरटाईम गर्छस् भन्दा पनि मुन्टो हल्लाएर न्वारन देखीको बल लगाएर काम गर्दै थिएँ। खातामा केही पैसा थियो। यसो बैँकको एप्लीकेसन खोलेर हेरेको स्वात्तै भोडाफोनले पैसा काटेछ। झन् बिरक्ता लागेर आयो। घरवाला दाईले भान्सा कोठामा बत्ती पानी र ग्याँसको बिल तिम्रो भागमा यति परेको छ है भनेर सुचना दिएको पनि हप्ता बितिसकेको थियो। हुन्छ दाई अर्को हप्ताको पैसा आएपछि दिन्छु है भनेर एकहप्तालाई धकेलेको थिएँ।

केटाहरु त्यहि त हो मोज र मस्ती अनि पैसा यति र उती कमाएको छस् पठान देखी सिबाय केही भन्दैनन्। नदेखेर वा नभोगेर पनि होला। खाली फेसबुकका भित्तामा टिमीक्क परेका तस्बीर त्यो पनि सके सम्म ईडिट गरेर राखेको बनावटी तस्बीरको पछिको लागेर डलर त तैले छाप्याछस् भन्ने देखी हुँदैनन्।
यतिकैमा मेरो गन्तब्यमा ट्रेन अडियो। म पनि छड्के झोला बोक्दै लम्किए आफ्नो कुटुरो तिर।

फ्रिज खोलेर हेरे केही पनि थिएन्। सामान सकिएको तिन दिन भएको थियो तर कलेज र कामले गर्दा जान पाएको थिईन। अर्को कोठाको दाईसँग दुईवटा अण्डा सापट मागे अनि चाउचाउ भुलुक्क उमालेर खाएँ। तातो चाउचाउ खाँदै गर्दा पुनः अघिको नम्बरबाट फोन आयो। फोन उठाए घर छेउका काकाको रहेछ। आमासँग नम्बर मागेर गरेका रहेछन्। के छ सन्चो बिस्न्चो पनि नसोधीकन खुब कमाईएको छ है डलर भन्दै कुर्लिन थिले। कति पो छ रे डलरको रेट। मैले जबाफ दिएँ त्यस्तै अस्सी हो की बयासी हो। बड्ने घट्ने क्रम भई रहन्छ। खै धेरै भयो पैसा नपठाएको। खासै मेसो पनि छैन। भाईभरमा अपडेट गर्छन् त्यहि भएर थाहा भएको।

अनि छोरो पनि मर्न आटेको छ अस्ट्रेलीया जान्छु भनेर। कति हुन्छ हो बाबु महिनाको। खै कति हुनु नि काका कमाएको पैसा यतै कलेजको फी, घरको भाडा, ट्रेनको भाडा, बत्ती पानी ग्याँस ईत्यादिको तिरोभरो गर्दै ठिक हुन्छ। नदेख्नेले बेपत्तै कमाएको सोच्लान्। फोन नउठ्दा काम छ बढो व्यस्त छ भन्ने सोच्दा हुन्। के गर्नु अचानोको पिर खुकुरीले बुझ्दैन रहेछन्। बुढा झनक्क झोक्किए। के पैसा छैन भन्छौ हौ दिन पर्छ भनेर होला। महिनाको लाखौ कमाउनेले नै भनेका मनग्य पैसो कमिन्छरे। तिमी चाँही पैसा कमाए पनि जोगीन्न भन्छौ।
झनक्क रिस उठ्यो। एक त कामबाट थकित मुद्रामा चाउचाउ उमालेर खाँदै बसेको छु। भोली घरको भाडा कताबाट जुटाउने सोच्न नसकी रहेको बेला बुढाको कुरो सुनेर नदुखेको टाउको त्यसै भुलक्किएर आयो अनि भन्दे कमाएको मात्र देख्ने तिम्रा आँखाले खर्च कसरी पुर्याएको छस् भनेर कहिलै सोधेनौ है बुढा। के फल्छ र यो देशमा पैसा।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349