अन्तरास्ट्रिय फ्रेन्चाईजी सो नेपाल आईडलका उत्कृस्ट चार प्रतीस्पर्धीहरु हाल अस्ट्रेलीयाको एक महिने भ्रमणमा रहेका छन्। गत हप्ता मात्रै मेल्बोर्नमा नेपाल आईडल कार्यक्रम समापन भएको छ। नेपाल आईडल प्रती नेपाली जनताको क्रेजले गर्दा जुन अपेक्षा आयोजकले राखेको थियो त्यस अनुरुपको कार्यक्रम हुन सकेन। कुनै पनि कार्यक्रममा गएर जस्तो भोगीन्छ अनि देखिन्छ त्यहि सबैलाई भन्नै पर्छ। त्यसै भव्यताका साथ सम्पन्न भयो भनेर ढोल पिटेर दर्शक श्रोतालाई झुठो समाचार सम्प्रेषण गर्नु निरर्थक हुन्छ।
नेपाल आईडलको अस्ट्रेलीया टुरको मेल्बोर्न सँस्कण गत हप्ताको आईतबार कोबर्गको ब्याटमेन रोयलमा सम्पन्न भयो। फुड फेस्टीभलको साथमा नेपाल आईडलका चार प्रतीस्पर्धीहरु प्रमीला राई, प्रताप दाश, निशान भट्टराई र बुद्द लामाको साथमा आयोजना गरिएको एक भव्य कार्यक्रमप्रती दर्शकहरुको अपेक्षा पनि ठुलै थियो भने फुड फेस्ट भनिएको शो कार्यक्रममा फुड स्टल राख्नेहरुको अपेक्षापनि उत्तिकै बढ्दो रुपमा रहेको थियो। जस्तो क्रेज बजारमा अनि फेशबुकमा थियो नेपाल आईडलको त्यो अनुरुप दर्शकको उपस्थिती न्युन थियो। हुन त मौसमले साथ दिएको थिएन। लगातारको बर्षातले केही र्हास पक्कै आएको हो तर कार्यक्रम हुने दिन भने मौसमले साथ दिएको देखिन्थ्यो।
भेन्यु भित्र छिर्दै गर्दा एक जना दाईले नाम नभन्ने सर्तमा भन्दै हुनुहुन्थ्यो कस्तो ठाउँमा गर्न लागेछन् नेपाल आईडलको कार्यक्रम। न बस्ने ठाउँ छ, न बत्तीको उज्यालो छ। यो त कबर्ड हल जस्तो छ। भित्र बस्न नसकेर म त बाहीर बस्दै छु। केही बेरमै निस्कन्छु। खर्छ गरे अनुरुपको भेन्युको छनोट भएन। मलाई चित्त बुझेन। एक जना बहिनी परिवार र आमाको साथमा सानो बच्चा लिएर आएकि थिईन्। बच्चा हल भित्र छिर्दा एकएक अत्तालियो। कारण स्टेजको वरिपरी बाहेक पुरै अन्धकार थियो। अनि बस्ने व्यबस्था नहुँदा आमा र बच्चालाई सँगै लिएर कार्यक्रम हेर्न असमर्थ भएर बाहीर निस्केको गुनासो सुनाउँदै हुनुहुन्थ्यो। बस्ने सिटको अव्यबस्थित व्बस्थापनले गर्दा कति परिवारको साथमा कार्यक्रम हेर्न आउनु भएका दर्शकहरु निराश देखिनु हुन्थ्यो।
एउटा युवाहरुको ग्रुप निशान भट्टराईको फ्यान रहेछन्। उनीहरु प्रत्यक्ष निशान भट्टराईलाई हेर्न अनि सँगै गुनगुनाउनु साथै नाच्ने मनस्थितीका साथ आएका रहेछन् तर नाच्ने ठाउँ नहुँदा सार्है खल्लो भएको बताउँदै थिए। यस्तो कार्यक्रम भएपछि कम्सेकम नाँच्ने ठाउँ भएको भेन्यु हुनुपर्थ्यो। यता खानाहरुको स्टलमा रहेका मान्छेहरु दर्शकहरुको अत्याधिक चाप हुने पुर्व अनुमानका साथ खानाहरु त्यहि अनुरुपको बनाएको तर दर्शकको उपस्थिती पातलिदा खाना खेर जाने भयो भन्दै निराश देखिन्थे भने कतिले त खानाको मुल्य घटाएर समेत खानाहरु बेचेको देखिन्थ्यो।
एकजना बहिनी निशान भट्टराईकि फ्यान रहिछन्। उसलाई जसरी पनि निशान भट्टराईसँग फोटो खिच्नु रहेछ। उसले फोटो खिच्न खोजीन् तर व्यबस्थापनले फोटो खिच्न नदिएको कारण रुस्ट हुँदै पच्चिस डलर तिरे आएपछि कमसेकम फोटो खिच्नलाई व्याबस्था सहज बनाउन पर्थ्यो। के अव त्यहि फोटो खिच्नको लागि फेरी मिट एण्ड ग्रीट कार्यक्रममा जानु। आयोजकले बुझ्न पर्थ्यो यो कुरा भन्दै बिलौना गर्दै थिईन्।
स्टेज होचो भएको कारण पछाडीबाट कसैले केही देखि रहेका थिएनन्।साउण्ड सिस्टमले गर्दा कोही भने कान थुनेर बसेको देखिन्थ्यो। लाईटको कमी भएको कारण छेउको मान्छेलाई समेत देख्न मुस्किल परेको थियो।समग्रमा जुन तामझाम गरिएको थियो नेपाल आईडलको लागि त्यो अनुरुपको फल भने नपाईएको महसुस सबैले गरेको देखिन्थ्यो।
हुन त पहिलो पटक मेल्बोर्नको ट्रेनमा नेपाल झण्डा सहितको पोस्टर राखेर प्रचारप्रसार गरिएको थियो जसलाई सबैले प्रसङ्सनीय कार्यको थालनी भन्दै स्वागत गरेका थिए। जति क्रेज नेपाल आईडल ताका देखिएको थियो नेपाल आईडललाई लिएर त्यो अनुसारको रौनक कार्यक्रम हुने दिन देखिएन। सबैको गुनासो एउटै थियो कार्यक्रमको स्तर अनुसारको भेन्यु भएन।
कलाकारहरुले भने आफुले सक्दो रमाईलो गराएका थिए। दर्शकलाई आफु तिर आकर्षित गर्न कहिले स्टेजबाट झरेर अनि दर्शकको छनोट अनुसारको गीत गाएर रमाईलो गराएका थिए। मनोरन्जनको हिसाबले भने भर्पुर मनोरन्जन दिलाउन कलाकारहरुले कुनै कन्जुसाई देखाएका थिएनन्। नेपाल आईडलमा सबै भन्दा मन पराईएका गीतहरु छानेर प्रस्तुती दिएका थिए।
खैर जे होस् कार्यक्रम गर्नु आफैमा ठुलो कुरा हो त्यस माथि कलाकार छनौट देखी कलाकारहरुलाई ल्याउने हवाई टिकट, बस्ने व्यबस्था लगायत खानपीनको व्यबस्था गर्न आफैमा सहज भने पक्कै छैन तर पनि ठुलो आशा बोकेर आउने दर्शकहरु त्यसै खिस्रीक्क परे भने त्यसले दिर्घकालीन असर भने पक्कै गर्छ। सिक्ने भनेको बिगतमा भएका कमी कम्जोरीबाटनै हो। जे होस् बिभीन्न बाधा र व्यबधानको बाबजुद पनि आयोजक र दर्शक दिर्घाबाट ठुलो अपेक्षा राखिएको नेपाल आईडल मेल्बोर्न सँस्करण सकिएको छ। स्मरण रहोस् नेपाल आईडल मेल्बोर्न सँस्करण स्मार्ट एक्सिस ईन्टरटेन्मेन्ट सर्भिसले आयोजना गरेको थियो।
फोटो साभार: सङ्कल्प फोटोग्राफी