eNepal

राजनितीभन्दा टाडा: धुर्मुस सन्तली र नमुना बस्ती

image
सधै काँचका पर्दाहरुमा अनि मन्चका व्यासहरुमा हँसाउने यी पात्रहरुले कसैको जिन्दगीमा भगवान भएर कुनै पनि स्वार्थ बिना एउटा गाउँलाई नमुना गाउँ बनाई दिन्छन् भन्ने कसैले पनि सोचेका थिएनन्। नपत्याउने खोलाले नै हो बगाउने हँसाउनमा माहिर यी धुर्मुस र सुन्तलीले बास्तबीक जिवनमा पनि केहीको मुहारमा खुसीका हाँसोहरु ल्याईदिए। आफ्नो काखको दुधे छोरी अनि घर परिवार र पेशाको बेवास्ता गरेर निस्वार्थ भावनाले एउटा पिछडीएको गाउँमा आफ्नै बल्बुताले भ्याए सम्म अहोरात्र न घाम न पानी न मीठो भोजन न मिठो निन्द्रा केहीको पनि परबाह नगरिकन भुकम्पले सहारा गुमाएको बस्तीमा कसैको लागि बास बनाई दिए। मेरो सेल्युट छ तिमीहरुलाई।

imageबैसाख ११ गतेको बिनासकारी भुकम्पमा परि लगबग ९००० भन्दा बडिले ज्यान गुमाए।हजारौ मानिस घरबार बिहीन भए। कतिले आफ्ना सन्तान गुमाए त कती टुहुरापनि भए। सबै भन्दा बढि भुकम्पको चपेटामा परेको जिल्ला काभ्रेपलान्चोक जिल्लाको डाँडा गाउ वडा नः १६ पहरी बस्तीमा यी जोडीको आँखा पर्यो। आफ्नो कार्यक्रमको शिलशिलामा अमेरीका पुगेका यो जोडीले भुकम्पको खबर सुने पछि आफ्नो भ्रमणलाई छोट्याएर नेपाल फर्के अनि समुदायको लागि केही गरौं भन्ने मनसायले नमुना बस्ती बनाई दिए जून सकिएर पिडीतहरु बस्न पनि थाली सकेका छन्।

देश बनाउँछौ तिन महिनामा जनतालाई बस्ने बास बनाउछौ भन्ने अनि पिडीत परिवारलाई ३ लाख दिन्छु भन्नेहरु ब्यासमा ठुला ठुला नारा लगाउँदै कहिले चाईना त कहिले भारत भिखारीले जस्तो भीग माग्दै हिडे। कुर्सी र सत्ताको होडबाजीमा कुकरले र्याल काडे जस्तो शत्ता लिप्साहरु महङ्गा प्लेन चाटर्ड गर्दै सलामी खाँदै हिडे तर जनताको लागि कहिलै भलो सोचेनन्। बर्ष दिन बित्दा पनि कति जनता पालमा बस्न बाध्य छन् , नाबालकहरु खाना नपाएर छट्पटाई रहेछन् तर यी देशका जुकाहरू हेलीकप्टरबाट सैर गर्छन् भुकम्पले ग्रस्त झेत्रको अबलोकन गर्छन् अनि समाचारका हेडलाईन बन्छन्।यस्तै छ हाम्रो देशको बिडम्बना।

एउटा सामान्य मान्छे जोसँग न कुनै मनग्य आर्थीक श्रोतनै थियो बरु उनीहरुको मनले त्यो पिडालाई नजिकबाट चिन्न सक्यो।आलो घाउमा केही भएपनि मलम लाउने प्रयास भयो अनि साना नानीहरुको बास बस्ने चौतारी बन्यो।यो कामबाट उनीहरु कदापी थाकेनन्। थकाईको महसुस गरेन्न झन् बरू त्यो बस्ती भित्रको सन्नाटा पछिको खुसीयालीले थप केही गर्ने आत्मबल बडेर आयो।जब त्यो बस्तीमा जान्थे अबोध बालकहरुको मन्द मुस्काननै उनिहरुको प्रेरणाको श्रोत बन्यो अनि फेरि अर्को नमुना बस्ती बनाउने निर्णय गरे र सारा नेपालीसँग सहयोगको हात फैलाए।तिन करोडको लगानी रहेको नमुना बस्ती २को शुरुवात गर्न उनीहरुसँग १ लाख ७४ हजार रहेको छ।६५वटा घर र सामुदायीक भवनको निर्माण जसमा बालमैत्री र अपाङ्ग मैत्री अनि ग्रीन सीटी र क्लीन सीटीको अवधारणा रहेको छ। सिन्धुपलान्चोक जिल्लाको मेलम्ची नगरपालीका वडा नः ८को गीरान चौर बासीका लागि एकिकृत नमुना बस्तीको योजना अघि बडाएका छन्।पहिलो नमुना बस्तीमा सारा बिश्वका नेपालीहरुको सहयोग र मायाँले हौसला बडेर पुनः दोस्रो एकिकृत नमुना बस्ती बनाउने निर्णय गरेर काम मनि शुरुवात गरिसकेका छन्।आफ्नो कामबाट कदापि थकान महसुस नगरिकन पुनःनिर्माण भनेको यो हो कुनै हल भित्र माईकमा उभिएर दिएको मिठो भाषण जस्तो होईन।यस्तो सराहनिय कामको लागि हामी सबै नेपालीको तर्फबाट धेरै धेरै शुभकामना।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349