हुन त राम्रा काम गर्नेहरुलाई सुरक्षाका दृष्टीकोणले अतिनै खुल्लमखुल्ला असुरक्षित मानिदै आएको छ हाम्रो देश नेपाल। सोझा जनता ठग्नेहरु हिड्न पाउँछन्, हत्याराहरु समातीदैनन् यदि समातीए पनि केही दिनमा ससम्मान निस्कन्छन्। जनताको आवाज बोल्नेहरु आँखाको तारो बन्छन्। अझ भनौ ठगी, लुट, भ्रष्टचार आदिको बारेमा बोल्नेहरु त निशानामा नै पर्ने गरेको तथ्य बिगतले पनि देखाएको सबैलाई जिकीरनै छ।
कुरो हो रबि लामीछाने अनि उनीले चलाएको कार्यक्रम सिधा कुरा जनतासँग। हिजो मात्रै उनले दुबईमा आत्महत्या गर्न बाध्य बनाएकी अस्टमी गुरुङको बारे कार्यक्रम प्रस्तुत गरे जसले आज बिश्व भरी छरिएर बसेका नेपालीमाझ एक प्रकारको तरङ्गनै पैदा गरि दिएको छ। आज अहोदामा बसेका मान्छेहरु झस्केका छन् अत्तालिएका छन्। रबी लामिछाने जस्ता पत्रकारहरुको सुरक्षा हुन अपरीहार्य छ जो आफ्नो स्वार्थबाट माथी उठेर समाजलाई बदल्न, पिडकलाई न्याय दिलाउन दिन रात नभनी अहोरात्र खटिएका छन्। उनको कार्यक्रमको अँश हेरेर पनि थाहा हुन्छ कि उनमा क्षमता भएका सत्यको पक्षमा आवाज उठाउने, अन्यायमा परेका हजारौ नेपालीको आवाज बोल्दिने गद्दार र देशद्रोहीहरुको कर्तुत उजागर गर्न खोज्ने एक हिम्मतीलो व्यक्तित्व हुन्।
आफ्नो ज्यानलाई जोखीममा राखेर अन्यायमा पिल्सीएको अस्टमी गुरुङको परिवारलाई न्याय दिलाएरै छोड्ने प्रतीबद्दताको लागि उनी दुबई समेत जान तयारी अवस्थामा रहेका छन्।
राम्रो कामको एकदिन राज्यले पनि उच्च मुल्यांकन गर्ला। जनताले साथ दिएमा नहुने भन्ने केही पनि छैन। यदि रबी लामीछाने जस्तो व्यक्ति देशको नेतृत्वमा हुने हो भने देशले कायापलट गर्ने थियो। के गर्नु राजनीतिको र थाहा नपाउनेले देशको नेतृत्व गरेपछि त देश खोक्रो बनाउन सिवाए अरु के नै गर्न सक्छन् र। रवी लामीछाने जस्ता पत्रकारको यो देशका गरिब निमुखा सोषीत पिडीत जन्ताको लागि धेरै खाचो छ। यसरी देशमा भएका भस्टचार देखी लुटमार, अपहरण, राजनिती खिचातानी, बलत्कार, शोषणका बिरुद्द आवाज निकाल्ने रवी लामीछाने जस्ता केही सपुतहरु हुने हो भने देश बिकाश र समृद्धि तर्फ उन्मुख हुन कति बेरै लाग्दैन।
अन्त्य मा एक चोटी बिस्थापीत भई सकेका रबी लामिछाने जस्ता देशको बारेमा आवाज उठाउने पत्रकारहरु फेरी पनि बिस्थापीत भएर बिदेशीनु नपरोस् अबि असुरक्षीत महसुस गर्न नपरोस। काम केही नगर्ने भत्ता मात्रै खाएर भुँडी बडाउने नेतालाई सुरक्षा दिनको साटोस् रवी लामीछाने जस्ता देशको आवाज बोल्ने, गरीबको भावना बोल्ने अनि अन्यायको बिरुद्द आवाज उठाउने रवी लामीछानेलाई सुरक्षा दिलाईयोस सरकार।