गायक रियाज पोखरेलको कति मिठो हाँसो बोलको गीत गत हप्ता नेपाली साङ्गीतिक बजारमा आएको छ। बुढासुब्बा डिजीटल मार्फत बजारमा आएको कति मिठो हाँसोमा प्रदिप पोखरेलको शव्द रहेको छ भने राजेन्द्र बजगाईको सङ्गीत रहेको छ।
अस्ट्रेलीयाको मेल्बोर्नमा छायाङ्कन गरिएको सो गीतलाई अहिलेका व्यस्त निर्देशक अष्ट्रेलियावासी जिवन रसाईलीले निर्देशन र सम्पादन गर्नु भएको हो। म्युजिक भिडियोलाई गोल्डन कंगारु फिल्मसले पोस्ट प्रोडक्सन गरेको हो । मेल्बोर्न निबासी द्वय बिनोद भण्डारी र रिन्जिला प्रधानको अभिनयले गीतको मर्मलाई सही उजागढ गरेको छ ।