ANMC अर्थात Australian Nepalese Multicultural Community र भिक्टोरियाको पुरै नेपाली समुदाय यतीबेला रकम जम्मा गरि मन्दिर र गुम्बा सहितको बहुसास्कृतिक केन्द्र निर्माण गर्न “पुराण सप्ताह” (December 18 – 24, 2017) को तयारीमा जुटेको छ । आज भन्दा करीब ४ बर्ष अगाडी नेपाली समुदायका अग्रजहरु द्वारा सुरु गरिएको यो अभियान, पूर्व NAV President आदरणिय दाई रन्जन बैध्य को अगुवाइमा २ कार्यकाल सक्किएपछी भर्खरै डा: चन्द्र पोखेरेलको नेतृत्वमा नया कार्य समिती चयन भयको छ । “पुराण सप्ताह लगाएर १५ लाख Aus. डलर उठाउने” लक्ष लिएको यस सस्थाको, प्रमुख उदेस्य “भिक्टोरियामा नेपाली पहिचान सहितको बहुसास्कृतिक केन्द्र निर्माण गर्नु” हो । अरु बिस्तृत जानकारी को निमित्त http://www.nepalicommunitycentre.org.au मा जान सकिन्छ । (यध्यपि, website मा तुरुन्त update सहित केहि स्पस्टता हुनु जरुरी छ)
सदस्यता प्रकार;
१. साधारण सदस्य ( वार्षिक)
ब्यक्तिगत – $१०० .००
पारिबारीक -$१८० .००
२. आजिबन सदस्य
ब्यक्तिगत -$११०० .००
पारिबारिक – $१५०० .००
३. सस्थागत सदस्य
४. सम्मनानीय सदस्य
सस्थापक र बर्तमान ANMC कोषाध्यक्ष राजेश आचार्यद्वारा प्राप्त रिपोर्ट अनुसार अहिले बिगतको कार्य समितीको बिभिन्न कार्यक्रम र अभियानबाट उठेको खातामा जम्मा रकम – $154,471.00
निम्न शिर्शकहरुमा प्रतिबद्दता ब्यक्त रकम
सदस्यता शुल्क -$८०, ९१९ .००
इट्टा तर्फ – $१४,२५० .००
डोनेशन - $५३,६४१ .००
स्पोन्सार्शिप -$४,००० .००
प्रतिबद्दता ब्यक्त र उठेको जम्मा -$३०७,२८१.०० छ भने , २८२ यसका आजिबन सदस्य छन।
यसै अनुरुप तयार पारिएको कार्य योजनामा ५ वटा तह छन शुरुवाति, दोश्रो, तेस्रो, चौथो, र अन्तिम स्थाइ समुदायिक भवनको अन्तिम तयारि योजना (आफ्नै जग्गामा भबन बनाउन सुरु गर्ने) लाई २०१९ चौथो तह) सम्म कार्यन्वयनमा ल्याउने लक्ष राखिएको छ ।
पुराण सप्ताह आयोजना गर्ने सबाललाई हेर्दा, भिक्टोरियामा जतीपनि नेपाली सघ सस्था, क्लबहरु र समुदाय छन्, ति सबै, ब्यक्तीका आ-आफ्ना इच्छा र चाहनाको अभिब्यक्ती हुन। फेरी यिनै अनेकता मा पनि एकता छ, एउटै साझा उदेस्य छ, त्त्यो हो नेपाली पहिचान्, नेपाली पना। यहाँको नेपाली समुदाय, सिङो शरिर हो भने, यो भित्रका नेपाली सस्थाहरु कुनै हात्, कुनै खुट्टा, कुनै, आखा, या अन्य अङ्ग हुन । यिनको अहिले नै पहिचान गरि, नामै लिएर सम्बोधन गर्दै जिम्बेबारी बाड्फाड गरेर पद्दति बसाल्दै जादा मात्र यो लामो प्रोजेक्टमा मूल्यांगकन र प्रोत्साहनको ब्यबस्था गर्न सजिलो हुन्छ, सबैले अपनत्व महशुस गर्छन, जिम्बेबारी लिन, दिन सजिलो हुन्छ, अनि सही प्रकृयाबाट जादा सही नतिजा आउछ । हैनभने, उदारताको नाममा अहिले सबै अङ्गलाई मिसाउदा, (चिन्न नसक्दा) भोली हातले गोल हान्छु र खुट्टाले नमस्कार गर्छु भन्यो भने त्यसको जिम्बेबारी नेतृत्वले लिन्छ ? अथबा हातले एउटा औला ठड्याउने ठाउँमा अर्को औला ठड्याइ दियो भने नेतृत्व आखा छोपेर बस्छ ?
त्यसैले, कुनै पनि सस्था वा समाजमा नेतृत्व, सिस्टम बसाल्न चाहिने हो, सिकाउन हो, बुझाउन हो, हरेक ब्यक्ती र सस्थाको खुबि,सामर्थ्य, इमान्दारिता, र हैसियत पहिचान गर्न हो। सम्मान र प्रोत्साहन सहित सबैको बिचार, बिबेक, ज्ञान र शिपलाई समुदायिक सेबामा सदुपयोग गर्न हो, अनि बिगत हेर्दै बर्तमान लाई सफल भबिस्य दिन हो ।
भर्खरै महाँबाणिज्य दुतको कार्यालय भिक्टोरिया, , Nepalese Association of Victoria, NRNA SCC Victoria, गुल्मी समाज् भिक्टोरिया क्रेगिबर्न समाज्, चितवन समाज् भिक्टोरिया, लगायतका सस्था र ब्यक्तीहरु ले ANMC को लागी, गरेको donation र योगदान ताजै छ । यि बाहेकका अरु केहि सस्थाहरु पनि, आफैमा केहि आर्थीक हैसिएत बनाएका र नेपालको भुकम्प, बाढीपीडित वा यस्तै परी आउँदा सहयोग गरेर आफुलाई प्रमाणित गरिसकेका छन । यदी नेतृत्वले सही निर्णय लिदै, बिश्वासनिय तरिकाले सबैलाई समेटेर अगाडी जाने हो भने, यहाँबाट पनि रकम संकलनको सम्भाबना प्रसस्त देखिन्छ ।ब्यक्तिगत निकटता , नाता समबन्ध वा बिचार र क्षेत्रका आधारमा हिजो “दिएका” लाई नचिने जस्तो गर्दा र अब “दिन्छु” भन्ने लाई उचाल्न खोज्दा कतै मन वा समाज मा चिरा पर्न सक्छ भन्ने कुरामा नेतृत्व गम्भिर हुनै पर्छ ।“दिएका” र “दिन्छु” भन्नेको बिचको अन्तर केलाउन जान्नु पर्छ, “बोलेकाहरु र दिएकाहरु” का बिचको बिश्वास लाई जित्नै पर्छ । “दिइसकेका” हरुको आशालाई जगाउन सक्नुपर्छ,र “दिने अबसर नमिलेका” हरुलाई दिदा पुन्य हुन्छ भन्ने आभास गराउन सक्नु पर्छ । अनि बोलीलाई हस्ताक्षर गरेर पद्दतिमा ढाल्न सक्नु पर्छ ।
त्यसैले, आजको जमाना, स्मार्ट फोनको मात्र हैन, स्मार्ट दिमाग, शैलि, बिचार र भिजन सहितको नेतृत्व को पनि हो। तालीको लागि हैन, दिनको लागि बोल्न प्रेरित गरौ, अनि अध्यात्मबाद को आडमा, सत्य, निस्ठा,र धर्मको अडेस लगाएर बोल्न सक्ने बातावरण बनाऔ, जिम्बेबारी बोधका साथ्, निर्णय र तथ्यहरुलाई हेर्दै, सुन्दै, छान्दै, केलाउदै र अनुभब मिसाउदै अगाडी बढौ, अनि समुदायको हित्, आपसी सहकार्य र एकताबाट मात्र सम्भव छ भनेर महशुस गरौ ।
अन्तमा, ANMC को अबधरणा सहित यहाँसम्म ल्याइ पुर्याउने सम्पूर्ण नेपाली समुदायका अग्रजहरु प्रती कृतज्ञता ब्यक्त गर्दै, बर्तमान नेतृत्व र नेपाली समुदायलाई उद्देस्यमा पुर्याउन हातेमालो गर्दै अगाडी बढौ, बेदको नासदिय शुत्रलाई बुद्धको सुन्यबाद सग जोड्दै, बिज्ञानको क्वान्टम भ्याकुम र महाकबी देवकोटाको “म सुन्यमा सुन्य सरि हराए” जस्ता कुरालाई बुझ्न र आत्मसात गर्न “मेल्बर्न सप्ताह्”, मा सहभागी बनौ, थोपा थोपा मिलेर समुन्द्र बन्छ भन्ने यथार्थ लाई चरितार्थ पारौ । “जय ANMC: जय पुराण सप्ताह”
शन्दर्भ सामग्री –
गोरक्षबाणि, प्रबचन, चिन्तामणी योगि,
बिभिन्न पत्रपत्रीका, लेख र अन्तरबार्ता ।