गतबर्षको सर्वाधिक चर्चित फिल्म ‘लुट-२’ युट्युबमा सार्वजनिक गरिएको छ । ५ बर्ष पहिले प्रर्दशनमा आएको सुपर हिट फिल्म ‘लुट’को सिक्वोल लुट-२ लाई अहिलेका चर्चित निर्देशक निश्चल बस्नेतले निर्देशन गरेका हुन् । फिल्ममा माधव वाग्ले र नरेन्द्र महर्जनको संयुक्त लगानि रहेको छ। पुरुषोत्तम प्रधानले खिचेको उक्त फिल्ममा सैगात मल्ल, दयांहाग राई, कर्म, विपिन कार्की, ऋचा शर्मा लगायतको अभिनय रहेको छ ।