२०७२ बैसाख ११ गते गएको बिनासकारी भुकम्पको असर गोरखाको लाप्राक गाविसमा नमज्जाले पर्न गयो।दिन महिना हुँदै बर्ष दिन बित्दा पनि न त सरकारको आँखा गयो न त सरोकारवालाको। झिनो आशमा पाल र झिङ्गटीको अस्थाई घरमा बस्दै आएका लाप्राक बासीको मुहारमा खुसीका रङहरु देखीन थालेको छ।केही दिन अघि मात्र लाप्राकको गुप्सीपाखामा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, सहरी विकास मन्त्रालय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच लाप्राकको पुनःनिर्माणका लागि त्रिपक्षीय सम्झौता भएको छ।
यो सम्झौतापछि लाप्राकका बासिन्दामा छाईरहेको सन्नाटा केही हद सम्म कम भएर सुनौलो बिहानीको प्रतीक्षामा रहेका छन्। भुकम्प पछिको लाप्राक यदि भयाभह र हृदयबिदारक थियो। तेही माटोमा २५ जनाले आफन्त गुमाएका थिए भने ५९२ घर क्षतीग्रस्त भएका थिए।बस्तीनै पुरै चिरा चिरा परे पछि बैकल्पिक बासको लागि सोही गाविसको गुप्सीपाखामा रहेको सामुदायिक र राष्ट्रिय वनको १८.३२ हेक्टर जमिनमा सार्ने निर्णय गरेको थियो ।प्रती घर २ लाख ५० हजार लाग्ने यो नमुना बस्ती एक नमुना बस्ती हुने छ।भौगोलिक विकट क्षेत्रमा भएका जिल्ला भएकोले प्रति घरको सामग्री ढुवानीमा रु ५० हजार खर्च हुने अनुमान एनआरएनएले गरेको छ ।