eNepal

अस्ट्रेलीया छोरा छोरी पठाउन चहाने अभिभाबकहरुले पढ्नै पढ्ने पत्र

प्यारी आमा साष्टङ दण्डवत प्रणाम
पत्तै नपाई ६ महिना बितेछ। अस्ट्रेलीया आएको थाहानै पाईएन। प्लस टु सक्न नपाउँदै पासपोर्ट बनाउन पठाउनु भयो। अब के गर्छस् करियर बनाउन पर्छ। खाली लखर लखर हिडेर जिन्दगी चल्दैन भन्दै आफै लगेर कन्सल्ट्यान्सीको दाईलाई छोरोलाई अस्ट्रेलीया पठाउन पर्यो भनेर जिम्मा लाईदिनु भयो। साँच्चै भन्नु पर्दा जिवनका यौवनका फुलहरुमा भर्खर कोपीलामात्रै लाग्दै थिए। भविस्य बनाउने गहन जिम्बेवारी सुम्पिनु भयो।

जबकि तपाईहरुलाई थाहा थियो, झरेको सिन्कोपनि नटिप्ने छोरो, चिया बनान भन्दा मुख बटारेर रिसले ढोका ड्याङ्ग पार्दै कोठोभित्र छिर्ने छोरा। खर्च माग्दा, नदिदाँ घुर्की लगाएर साथीको गईदिने छोरालाई त्यति ठुलो जिम्बेवारी सुम्पनु भयो।

मेरो रमाईलो गर्ने, घुम्ने फिर्ने बेलामा हरियो पास्पोर्ट बोकेर आईएलटिएस् दिन लाउनु भयो। सकि नसकि मगन्त नारायण जस्तो दसजनासँग भिख मागेर लाखौ पैसा हालेर अब त छोरोले बिदेश गएर कमाउँछ, ऋृण तिरेर आफ्नो भविस्य बनाउँछ भनेर धेरै ठलो आश गरेर घाँटी भरि सयपत्रीको माला भिराएर मिठो आशिर्वाद दिदै आँखाबाट आँशु खसाल्दै ठुलो बोईङ् चडाएर पठाउनु भयो। तपाईहरुको आशलाई निरासामा परिणत त म कदापी हुन दिन्न तर आमा अहिले छोरोले पैसा कमाई हाल्छ, पठाई हाल्छ भनेर भ्रममा चाँही नपर्नु होला।

म आज त्यहि कुरा छ्याङ्ग पार्न यो पत्र लेख्दैछु। कमाउने दिन आउँछ तर आएको एकदुई बर्षमै कमाएर पैसा पठाएस भनेर आश चाँही नराख्नु होला।

म लगाएत म जस्ता धेरैले ट्राभल चेक भनेर ल्याउने भनेको अक्सर $२५०० – $३००० हो। जब एयरपोर्टबाट कोठा तिर लागिन्छ। यदि सहि र गतिलो व्यक्तीको हातमा परियो भने कोठाको भाडा र बोन्ड भनेर ठाउँ हेरेर १००० देखी १५००सम्म बुझाउनु पर्छ। तर यो पैसा ठाउँ हेरेर फरक हुन्छ। सिड्नीमा प्राय हप्ताको हिसाबले भाडा तिर्न पर्छ तर मेल्बोर्नमा नेपालको जस्तो महिनावारी हुन्छ।बोन्ड भनेको एउटा सम्झौता जस्तै हो जुन पैसा भाडासँगै बुझाउनु पर्छ तर त्यो छि फिर्ता पाउन सकिन्छ यदि सुरुवातमा लिदा जस्तो कोठा थियो त्यस्तै रहि रह्यो भने अन्यथा केही बिग्रेमा, तुटेफुटेमा त्यहि बोन्डबाट काट्दो रहेछ। तर कहिले काँही नेपालीले नै ठग्दा पनि रहेछन् यो परदेशको ठाउँमा पनि। तर मलाई चाँही त्यस्ता ठग परेनन्। त्यहि हो राम्रो पक्ष।

बत्ती,पानी,ग्याँसको पैसा बेल्लै तिर्न पर्छ। आएको भोली पल्ट देखी काम खोज्न हिड्यो। भनेको बेला काम पाईदैन। काम जसले पाउँछ जसको भनसुन गरिदीने कोही छ। अन्यथा लौन लौन भन्दै गुहार्दा गुहार्दा अहँ जुत्ताका पाईताला खुईलिन्छ तर अँह काम पाईदैन। जतोतसो काम पाईन्छ आफुले सिन्को नभाचेको मान्छे त्यो भाँडाको उरुङ् हेर्दै कहाली लाग्छ। साहुलाई छिटो र छरितो गर्ने मान्छे चाहिएको हुन्छ म जस्तो लोसेलाई कसले लिन्थ्यो र साहुले।

यसरि १० ठाउँ ट्रायल दिएपछि बल्ल बल्ल हातपनि बसिसकेको हुन्छ अनि हप्ताको दुई देखी तिन दिन काम पाईन्छ। त्यस्तै खैरे साहु परे भने त पैसा राम्रै दिन्छन् तर नेपाली र भारतीहरुको रेस्टुरेन्टमा परियो भने उहि हो जसो तसो हातमुख जोड्ने सम्मको पैसा पाईन्छ। फेरी बिधार्थीले ट्याक्समा बैधानिक रुपमा गर्न पाउने भनेको हप्ताको बिसघण्टा मात्रै हो। त्यो भन्दा बढि काम गर्नु भनेको आफ्नो भिषालाई सङ्कटमा पार्नु हो। तर गर्नेले गरेका हुन्छन् तर कुनै दिन फसियो भने सिधै टाटाबाईबाई हो। फेरी क्यासमा गर्दा नि हुन्छ तर एउटा ज्यानले कलेज जाउँ कि थोर बहुत काम गरौ कि के पो गरौ। फलानोले यस्तो गर्यो भनेर तुलना गरेर केही हुनेवाला छैन। फलानोले कसरि त्यस्तो गरेर भनेर बरु आएको बेला त्यो फलानोलाई सोध्नु होला किनकी सबैको आएको एकदुई बर्ष यस्तै गार्हो गार्होमा नै बितेको हुन्छ। अब हजारौमा एकदुईजनाले कमाए भनेर सबैलाई उस्तै देख्नु त्यो तपाईहरुको ठुलो भ्रम हो।

नेपालबाट आउँदा ६ महिनाको कलेजको फि तिरेर आएको हुन्छ। भनेको एउटा सेम्स्टरको। फेरी उता छ महिना भनेको समेस्टर यता घटेर बार्ह हप्ताको हुँदो रहेछ। बार्ह हप्ता भनेको कलेजमा साथी राम्ररी बनाई नसक्दा बित्दो रहेछ। अनि फेरी अर्को १२, १४ हजार कलेज फि चाहिने बेला हुन्छ अर्को सेमेस्टरको लागि। अनि फोनमा कुरा गरे पिच्छे भन्नु हुन्छ कति कमाईस्। अव तपाईनै भन्नु होस त कसरी कमाउन सकिन्छ।बरु यो चाँही पुकार गर्नु होसकि फेरी नेपालबाट पैसा मगाउन चाँही नपरोस।त्यसकै लागि भएपनि थप कामहरु गर्दै छु कमसेकम आउँदो सेमेस्टरको पैसा आफै जुटाउन सकौ ताकि तपाईहरुलाई मार माथी मार नपरोस्।

खानाको चिन्ता खासै लिन पर्दैन। खाना जे भनेको त्यहि पाईन्छ। अक्सर भात एकछाक खाईन्छ। कहिले काँही राती अबेर आएमा त्यतिकै पाउरोटी खाएर नि सुतीन्छ तर भोकभोकै चाँही मरिन्न। साथी र म मिलेर बसेका छौ। पालैपालो पकाएर खाईन्छ।

गाँठी कुरो के भने जिन्दगी भनेको एउटा यात्रा रहेछ। पुल्पुल्याएर राखेको छोरोले कमसेकम बिदेश गएर आत्मनिर्भर बन्न सिक्यो। पैसाको लागि कसैको मुख ताक्न परेन। दुख के हो राम्रो बझ्यो। अरुसँग आफ्नो छोरोलाई कदापी नतौलीनु। फलानोले यति गरिसक्यो भनेर बातै पिच्छे अरुसँग मलाई नतौलिनु र तिनीहुको उपमापनि नदिनु। कमाउने दिन सबैको आउँछ मात्र केही बर्षको केही मेहीनेत र परिश्रम हो। भन्नु हुन्थ्यो नि दुःख पाईस भनेर नआत्तिनु अनि सुख राईस भनेर नमात्तिनु। हो यहि तपाईको उपदेशलाई शिरोपर गर्दै अघि बड्दै छु। बाँकी अर्को पत्रमा
उही तपाईको पुल्पुलेको छोरो

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349