eNepal

सरि निती – तिमि जस्तो अनहाइजेनिक मोडल महिला मैले देखेको थिईन : नीलम ढुङ्गाना

एउटा अन्तराष्ट्रिय सुन्दरी प्रतियोगितामा गएर “निती शाह” ले यसो भनेर नेपाललाई चिनाइछ्न् –

नेपालमा दुई प्रकारका महिलाहरु छन्, गाउँले अनि सहरिया। सहरिया महिला हरु शिक्षित र हाइजेनिक छन् अनि गाउले महिला हरु अशिक्षित र नट हाइजिन सिधा भाषामा भन्नुपर्दा अनपढ र फोहोरी छन् । यति मात्र कहाँ हो र धेरै नेपाली महिला अरु विभिन्न देशमा गएर बचिन्छ्न सोल्ड हुन्छन …!!

Niti …!! तिमीले नेपालमा तिमी जस्तो Ramp मोड्लिंग र फेशन शो गर्ने अनि क्लब जाने महिला हरु मात्र शिक्षित र सफा सुघर देखिछौ क्यारे ! एक पटक तिमी गाउँघर गएर हेर, त्यहाँका घरका चिटिक्क पारेका पिढी र दैलो हेर, त्यो पिढी र दैलो तिनै तिम्ले हाइजिन नभएका भनेका महिलाहरुले पोतेका हुन्। तिमी काठमाडौको चिसोमा सधैं नुहाउन सक्दिनौ होला तर तिम्ले भन्यौं नि ‘गाउँले महिलाहरु’ हो तीनै महिलाहरु बिहान ४ बजे नै उठेर धारामा गएर नुहाउछन् भलै उनीहरु संग तिम्रो जस्तो दिनै फेर्ने नयाँ लुगा नहोला तर सधै धोएर सफा कपडा लगाउन जान्दछन् । बुवा आमाले दिएको पैसाले डिजाइनर लुगा लगाएर हिड्ने तिमी, दिन भरी खेतबारिमा काम गरेर कपडामा लागेको हिलो माटो देखेर, उनीहरुलाई हाइजिन नभएका महिला भनेकी हौ भने Sorry Niti Shah तिमीजस्तो दिमागी अनहाइजिनिक महिला मैले आज सम्म देखिन!

अब पालो अशिक्षित् महिलाका कुरा ! म टाढा जान्न आफ्नै कुरा गर्छु। म गाउँमा जन्मेकी, हुर्किबढी गाउँघरमै बसेर ब्याचलर लेभल गाउँमै कम्प्लिट गरेको गाउँले महिला हु। अनि के आधारमा गाउँका महिला तिम्रो नजरमा अन्पढ भए?

अब अन्तिममा, हामीलाई सुन्नै गार्हो भएको तिम्ले भनेको कुरा, नेपालका अधिकास महिला बाहिरका धेरै देशहरुमा बेचिन्छ्न रे!! हो ! अहिले पनि नेपालका केही बिकट गाउँबस्ती तिर मायाको झुटो नाटक गर्दै वा जागिर लगाइदिने आश्वासन देखाएर सोझा सिधा दिदीबहिनीहरुलाई फसाएर बाहिर केही देशमा पुर्याएर बेचिन्छ, एउटा महिला भएको नाताले यस्तो समाचार सुन्दा हाम्रो चित्त फाट्छ भने तिमीले विदेशमा गएर तिमी कुन ठाउँबाट आएको भनेर चिनाउदा, म त्यो ठाउँबाट आएको जहाँका चेलीबेटी विदेशमा बेचिन्छ्न भनेर चिनाएर आयौ??

Sorry Niti shah मैले तिमी जस्तो अनपढ सहरिया तर मोडल महिला आज सम्म देखेको थिइन!!

यहा हेर्नुहोस मिस ईन्टरनेशनल २०१७ मा नेपालको प्रतिनिधित्व गरेकी निती शाहको कुरा भिडियो मा :

https://youtu.be/gmsrKDLb_4s

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349