मधुसुदन सन् २००८ तिर डिप्लोमा ईन कमर्सीयल कुकरी पढ्न अस्ट्रेलीया छिर्यो। नेपालमा पनि ब्याच्लर ईन होटल म्यानेजमेन्टको पढाई सकेर राम्रै होटेलमा एसिस्टेन्ट म्यानेजरको जागीर खाँदै थियो। पैसाको हिसाब गर्दा खासै राम्रो तलब त थिएन तर आफ्नो जिवनलाई राम्रै हैसीयतमा राख्न पुग्ने पैसा भने कमाएकोनै थियो। घरखर्चपनि चली रहेको थियो। एउटा उबेलाको चलेको मोटरसाईकल पनि थियो। बिदा मनाउने क्रममा नेपालका घुम्न लाएकका ठाउँहरुमा आफ्नो पाईला पुर्याई सकेको थियो।
एकाएक उसमा अस्ट्रेलीया जाने भुत पस्यो। भुत पनि आफै छिरेन कसैले छिर्याई दियो। छिराई दिने अरु कोही नभएर आफ्नै नजिक पर्ने मामा थिए जसले पुतली सडकमा कन्सल्ट्यान्सी पेसा चलाउँद थिए। त्यो बेला अस्ट्रेलीया जानेको लहरनै चलेको थियो। हरेक युवाको गन्तव्य भनेको अस्ट्रेलीयानै थियो। प्लस टु सक्यो वा व्याच्लर सकेर बरालिनेहरु सबैको ठक्कर कन्सल्ट्यान्सीमै हुन्थ्यो। पढेर काम खोज्दा खोज्दा थाकेर हैरान भएका देखी भर्खर प्लस टु सकेका आलाकाचा सबैको मन बिसाउने ठाउँ भनेको पुतलीसडकका घरै पिच्छे खोलीएका कन्सल्ट्यान्सीनै हुन्थे। कोही आईएलटिएसको तयारीमा हुन्थे त कोही भीषाको प्रतिक्षामा हुन्थे। कोही बिहेको लागी मन्दिर जाने तयारीमा हुन्थे त कोही नक्कली बिहेका तस्बीरहरु हेरेर टोलैनै थर्कीने गरेर हाँस्थे।
मधुसुधनलाई खासै बिदेश जाने मनसाय त थिएन। आखीरी मामानै सकुनी परे पछि यसरी उसको दिमागमा अस्ट्रेलीयाको भुत छिराई दिएकी अस्ट्रेलीया जानु भनेको दुखका दिनको समाप्त जस्तै हो भनेर पाठ पढाई दिए। छिर्न मात्र पर्छ दुई बर्षमा पिआर ट्याक्क हुन्छ। पिआर हात परे पछि जिन्दगी कहाँबाट कहाँ पुग्छ। हातमा पिआर भएपछि पैसाको कुनै कमी हुँदैन, काम आफुले रोज्ने हो के गर्ने भनेर। जस्तो काम पनि पाईन्छ। मुख्य कुरा घण्टाको यति हुन्छ। यहाँ महिना भरी घुँडा धसेर कमाएको पैसा उता दुई दिनमै हात पर्छ।
मानौ कि मामाको मान्छे अस्ट्रेलीयाको ईमिग्रेसनमा बसेको छ, मामाको लगानीमा ठुलै कम्पनीहरु छन्। यसरी मधुसुधनको दिमागमा अस्ट्रेलीयीन भुत छिराई दिन्छन् कि उसले छँदा खाँदाको जागिरनै छोडी दिन्छ र अस्ट्रेलीया जाने ध्याउन्तमा मामाको कन्सल्ट्यान्सी धाउन थाल्छ। त्यो बेला केही नलागेको पनि ९-१० लाख लागि हाल्थ्यो। त्यति पैसा जोहो गर्न गार्हो मात्र हैन फलामकै चिउरा चपाए सरह हुन्छ।धेरैलाई हारगुहार गर्नै पर्छ। साथी भाई आफन्त अनि कतै नभए बैकमा घर बारी धितो समेत राख्न पछि परिन्न। सित्तैमा पैसा आफ्नै बाउले त नदिने जमानामा आफन्तले समेत यति प्रतिसत व्याजमा र सुन हो भने डबल दिने सर्त तेर्साउछन्। बिदेश जानेनै भनेर लागि परे पछि अव जे जस्तो भए पनि पैसा त जम्मा गर्नै पर्यो। महङ्गो व्याजमा पैसा जोहो गरेर कागज पत्र मिलाउन मधुसुधन लागि पर्छ।
मामाले छन् भने नक्कली बिहे गरेर डिपेन्डेन्ट लैजाउ ,लौ हेर बिहे यसरी गराई दिन्छौ भन्दै फोटो देखाउँदा मधुसुधन ट्वाँनै पर्छ।
मामाको यो कुरालाई भने नकार्दै उ अस्ट्रेलीया हानीन्छ। बिरानो देश, अपरिचीत सँस्कृती अनि उदेक लाग्दो जिवनशैली। बिस्तारै यहाँको रहनसहनमा घुल्मील हुन थाल्छ। ल्याएको पन्ध्र सय डलरको ट्राभल चेक पनि कोठाको भाडा र बोन्ड अनि खान पिनमै करिब दुई महिनामा सकिन्छ। काम खोज्नलाई सैयौ क्याफे रेस्टुरेन्टमा भौतारीदा पनि भन्ने बित्तीकै पाईएन। सँगै बस्ने घरका मानिसहरुले कलेज जानै पर्दैन पिर नलेउ भन्दिए पछि कलेजनै नगई काम खोज्न जान्थे। काम पाए पछि झन् कलेज जान पर्छ भन्ने बिर्सन्छन। एकै चोटी ईमिग्रेसनको चिट्ठी आएपछि छाँगाबाट खस्छन्। त्यसपछि हप्ताको एकदिन भएपनि कलेज जान थाले।
घरबाट फोनमा पैसाको जोहो गरिस् साहुहरुले किच्किच गर्न थाले भन्दै बाबाले भन्दा अर्को महिना अलिकती पठाई दिन्छु भन्दै आस्वासन दिन थाल्यो। आएको कलेज एकदमै कडाई भएकोले कलेज पनि सार्ने तर्खरमा थियो मधुसुदन। कामबाट आएको पैसा घर भाडा र ट्रेनको टिकट अनि खानपिनमा ठिक्क हुन्थ्यो तर घरमा अलीअली जम्मा हुँदैछ भनेर सान्तावना दिन्थ्यो। दिन हप्ता महिना बित्थ्यो। कलेजको फि बुझाउने दिन नजिक आउथ्यो। घरका बा आमाले फोन गर्दा नउठेपछि मज्जाले काम गर्न थालेछ भन्ने सोच्दथे होलान तर पैसाको कचकच गर्छन् भनेर कति फोन त उठाउँदैन थियो मधु।
यसरी जसोतसो दुई बर्षको पढाई सकेर अव पिआरको लागि आवेदन दिउँ भन्ने बेला आफुले पढेको बिषयनै पिआरको लिस्टबाट हटाई दियो। मधुसुधन अक्क न बक्कको स्थितीमा पर्यो। अव के गर्ने त यत्तिकै बस्न त भएन। यतिबेला सम्म केही मिल्ने साथीहरु बनाई सकेको थियो मधुले जोसँग दुःख सुखको कुरा साटासाट हुन्थे। साथीहरुसँग हात फैलाएर केही पैसा नेपाल पठाई दिए। आफन्तपनि बोल्न छाडी सके बाबु भनेर आमाले सुनाउँदा मन भक्कानिएर रुन्थ्यो। तर छोरो हो हार्न हुन्न भनेर आमाले सम्झाएको बाक्य सम्झदै मनलाई बलीयो बनाएर बस्थ्यो।
अब पढेको बिषयबाट पिआरको कुनै आश नभएपछि उसले अरुनै बिषय जसबाट पिआर हात पर्न सकियोस् भनेर पुन: एकाउन्टीङमा ब्याच्लर गर्न तर्फ लाग्यो। तिन दिन जान पर्ने कलेज। रातबिरात नभनी काम गरेर समेस्टरको पैसा जोहो गर्न तिर लाग्थ्यो तर साहुहरुले दिएको तनाब सहन नसकेर बल्ल बल्ल जोहो गरेको पैसा पठाई दिन्थ्यो। अनि सेमेस्टरको पैसा जुटाउन दुई भन्दा बढी काम गर्थ्यो। कहिले काही उसको निन्द्रा पुर्याउने ठाउँ भनेको कलेज हुन्थ्यो। पढाई सकिने क्रममा थियो। आईएलटीएसको तयारीमा थियो। आईएलटीएसमा सात मात्र ल्याउँदा हुन्थ्यो पिआर हात पार्न तर सोही बर्षबाट एकाउन्टीङको लागि आईएलटिएसमा सातले मात्र नहुने भयो। पोईन्टस बडाउन पर्ने भयो। साट्ठी पोईन्ट्समा पिआर दिई रहेको ईमिग्रेसनले सत्तरी हुँदै पचहत्तर पोईन्ट्स पुरायो।
आईएलटीएसमा सात ल्याउननै गार्हो भएको मधुसदनलाई आठ व्याण्ड ल्याउन लगभग असम्भवनै थियो। पोईन्टस बडाउन प्रोफेसनल बर्षको शुरुवात गर्यो। यता ईन्टर्पेटर NAATIबाट पोईन्टस आउने भएकोले त्यसको कक्षापनि जान थाल्यो। यसरी कुर्दा कुर्दै उसको भीषा पनि सकिने क्रममा थियो। अव उसलाई अस्ट्रेलीयाको बसाई खाउँ भने दिनभरीको शिकार नखाउ भने कान्छाबाउको अनुहार जस्तो हुँदै गयो।
छोडेर नेपाल फर्कीउँ गएर के गर्ने जिन्दगीको महत्वपुर्ण समय परदेशमा बित्यो, आफुसँगैका साथीहरु कोही होटेल सन्चालक भएका छन् त कोही जेनरेल मेनेजर। नजाउँ कति बस्ने बिधार्थी भीषामा। धन्न बेला बेला बिभीन्न स्टेटहरुले दिने अफरले गर्दा अहिले मधुसुदन टास्मानीया भन्ने स्टेटमा छ। उसको दुई बर्षको प्रोभीजनल पिआरमा छ। अवको दुई बर्ष पछि उसले पिआर हाल्न सक्छ। अहिले भने उसलाई केही हदसम्म राहत मिलेको छ।
मधुसुदन त एक प्रतिनीधि पात्र मात्र हो। उ जस्ता नगन्य मात्रमा आएका युवा बर्गहरु अस्ट्रेलीयामा आफ्नो सुनौलो भविस्य बनाउने दौडानमा फसी रहेका छन्। न त पासपोर्टनै च्यात्न सक्छन् न त नेपालनै फर्किन सक्छन्।