eNepal

अस्ट्रेलीया लैजाने केटा वा केटी चाहियो भनेर बिज्ञापन राखेर फसाउलान है बिचार गर्नु होस्।

अस्ट्रेलीया अवसरै अवसरको देश हो दु:ख गर्नेहरुको लागि तर अरुको फेशबुकको तडकभडकको विस्वासमा परेर पैसा फल्नेपो ठाउँ रहेछ भनेर मनगणन्ते सपना बुनेर झ्वाम्म हाम फाल्नेहरुको लागि निल्नु न वकल्नुको देशपनि हो अस्ट्रेलीया। युवाहरुको माझमा बढो लोकप्रीय बन्दै गएको अस्ट्रेलीया आउनलाई आझकालका युवाहरु कुनै पनि कसुर बाँकी राख्दैनन्। यति सम्मकि नक्कली बिवाहको नाटक गरेर कसैको पछि लागेर होस् या पत्रीकामा अस्ट्रेलीया लैजाने केटा वा केटीको बिज्ञापन राख्ने देखी चर्को पैसा दिएर होस् जुनसुकै बाटो अप्नाएर हुन्छ अस्ट्रेलीया छिरे पछि पैसाको थाक अनि बिलासी जिवनको दिव्य सपना बुनेर हाम फाल्नेहरु तछाड मछाड गर्ने प्रसस्तै भेटीन्छन्।

हेर्दा वा सुन्दा भव्य देखिएपनि बास्तबिकता सोचेको भन्दा पृथक छ अस्ट्रेलीयाको। राम (नाम परिबर्तन)बार्ह सकेर काठमाण्डौमा अस्ट्रेलीया जान भौतारीदै थियो। पुतली सडकका कन्सल्ट्यान्सीहरु प्राय सबैमा उसले आफ्नो शैक्षीक बिवरणहरु लिएर चाहार्यो तर कसैले पनि सकारत्मक कुरा भनेनन्। कारण एउटै थियो उसको शैक्षिक प्रमाण पत्र खासै अव्बल थिएनन्।

आफुसँगैका साथीहरुको धमाधम भिषा लाग्न थाल्यो। दिन प्रतीदिन साथीहरुको ट्रिट र एयरपोर्ट जाँदै साथीहरुलाई खादा लाएर बिदा गर्दा आफ्नो पनि यसरी बिदा भैदिए कति रमाईलो हुने थियो भन्दै भित्र भित्रै तनाब लिन थाल्यो। गएर फेरी कन्सल्ट्यान्सीहरुमा भन्थ्यो अरु कुनै बिकल्प छैन जसरि पनि अस्ट्रेलीया त जानु पर्यो। सँगैका साथी सबै गएर पैसा पठाउन थाली सके। फेशबुकका भित्ताहरु पुरै बिदेशका तस्बीरले भरेका छन्। हरेक दिन कहिले बिच तिरको , कहिले घुमेका तस्बीर हाल्छन् सायद मलाई गिज्याउन जस्तो लाग्छ। लौन मेरो पनि केही बन्दोबस्त गरि दिनुपर्यो।

यत्तिकैमा एउटा कन्सल्ट्यान्सीले उसलाई अफर दिन्छ। के तिमी भने जति पैसा हाल्न सक्छौ। यदि सक्छौ भने म एक जना केटी खोजी दिन्छु जसलाई तिमीले पुरै पैसा हालेर लैजान पर्छ। उसको शैक्षीक योग्यता पनि उत्तम छ र आईएलटिएस पनि राम्रो छ। के छ बिचार। यदि जाने मनसायनै हो भने खबर गर म कुरा अगाडी बढाउँछु। ढिला नगर। अनि त्यस्को लागि के गर्नुपर्छ। केही गर्नै पर्दैन। पैसाको जोहो गर। केटी म मिलाउछु।

यत्ति कुरा भए पछि उ पैसाको जोहो गर्न तिर लाग्यो। घरमा कुरा राख्यो। बाउ आमाले खासै स्विकृती जनाएनन्। साथीहरु हानिए भन्दैमा तँ किन बिदेश जान पर्यो। बोरु यहि व्यापार व्यबसाय गरे नि हुन्छ नि। के पैसाको बोट छ र बिदेशमा। म पनि करिब दश बर्ष बिदेशनै बसेर आएको हुँ। बिदेशको जिन्दगीलाई मैले पनि नजिकबाट भोगेको छु। बिदेश जानेहरुको नाडी मैले पनि मज्जाले छामेको छु। दुई बर्षमा बल्ल बल्ल बिदा मनाएर दुईवटा लगेज भरेर आउँदा के के न कमाएछ भन्ने देख्नु छुट्टै कुरा हो तर यथार्थमा त्यस्तो हुँदैन बिदेशको जिन्दगी। फेरी हामी गाँउघर घाँस दाउरा गरेर पढेर हुर्केकाहरुलाई जस्तो काम भएपनि खासै गार्हो हुँदैन तर तिमीहरु घरमा सिन्का नभाँचेका अनि गोजीमा पैसाको कुनै कमीको महसुस नभएकाहरुक लागि बढो गार्हो हुन्छ बिदेशको बसाई।

काम नगरी मुखमा माड लाग्दैन। अस्ती मात्रै मैले एउटा समाचार सुनेको थिए। एकजना भाई पढ्न भनेर अस्ट्रेलीया गएका तर पढ्न त परै जावस् कामहरु पनि केही नगरी पुरै मानसिक तनाब भएर डिप्रोसनको सिकार भएको छ रे। उससँग साथमा पासपोर्ट पनि नभएको र साथी भाईहरुसँग केही पैसा जुटाएर नेपाल फर्कीने तयारीमा रहेको छ।सबैको जिवनमा त्यस्तो नहोला तर बिदेश जानु भनेको सङ्घर्ष गर्न जानु हो। यदि परि आएमा जे जस्तो बाधा व्यबधानहरुलाई आत्मासाथ गर्नु सक्छु भन्ने हिम्मत हुँदैन भने बिदेश नगएकै बेश। बोरु नेपाललै सानो तिनो ईलम गरेर बसेको राम्रो। अनाहकमा किन फस्नु डिप्रेसनको शिकार बन्न।

बुवाको अर्ती उसलाई दन्त्य कथा जस्तो लाग्यो। काल्पनिक कथा बुनेर बाउले ब्रेन वास गर्न खोजेको जस्तो लाग्यो। उसले बुवाको कुरालाई खासै चासो दिएन। बोरु आमालाई फकाउन तिर लाग्यो। घरमा झगडाको बिउ रोप्न तिर लाग्यो। हरेक दिन घरमा रडाको मचाउँदै जान थाल्यो। हैरान भएर बाबु आमाले लौ त जानेनै भए जा न त भन्दै पैसाको जोहो गर्दिने आश्वासन दिए।

यत्तिकैमा कन्सल्ट्यान्सीबाट फोन आयो भाई आजको एउटा अखबारमा डिपेन्डेन्ट भएर अस्ट्रेलीया जाने पैसा भएको केटा चाहिएको बिज्ञापन छापिएको रहेछ। बोरु एक चोटी सम्पर्क गर्ने पो हो कि। भाई हतार हतार नम्बर माग्छ र सम्पर्क गर्न खोज्छ। तर उ जस्ता सैयौ केटाहरुले उ भन्दा अगाडीनै सम्पर्क गरि सकेछन् ।धेरै समयको सम्पर्क पछज फोन उठ्यो। मिठो स्वर भएकी केटीले फोन उठाईन र कन्सल्ट्यान्सीमा भेट्ने जानकारी दिईन्। मख्ख परेर कन्सल्ट्यान्सी जान तयार भयो। सुरुमै केही रकम बुझाएपछि बल्ल भेटाउन कुरा भयो। बुझ्दै झाँदा यस्ता बिज्ञापन राखेर युवाहरुलाई फसाउने गिरोहको पुरै चल्खेल रहेछ काठ्माण्डौमा।

अस्ट्रेलीया लैजाने प्रलोभन देखाएर युवाहरुसँग पैसा असुल गर्ने अनि फस्ल्याङ फुस्लुङ पारेर सजिलो तरीकाबाट अस्ट्रेलीया लैजाने बिज्ञापन राखेर कमिसन खाने केही कन्सल्ट्यान्सी लगाएत केही युवाहरुको गिरोहनै सल्बलाएका रहेछ। राम नराम्रोसँग त्यो घिरोहको फन्दामा फस्यो। उसले केही रकम पनि अस्ट्रेलीया जाने चक्करमा दलालीहरुलाई बुझायो। राम त यस्ता दलालबाट फसिने एउटा पात्र मात्र हो। यस्ता राम जस्ता सैयौ युवाहरु अस्ट्रेलीया जाने बहानामा दैनिक जसो दलालीहरुको सन्जालमा फसि रहेका छन्।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349