रिताको अस्ट्रेलीया जाने गाईगुई हल्ला चल्दै थियो। नेपालको ठाउँ हल्ला फैलिन कति न बेर लाग्छ र। रिताले कसैसाई पनि थाहा नदिई कन आईएलटिएस दिईन्। भनेको जति स्कोर पनि आयो। कागज पत्रहरु मिलाउँदै थिईन्। यत्तिकैमा कसले भन्देछ कोनी एक्लै अस्ट्रेलीया जान लागेको कुरा। त्यसपछि गाउँका नातापर्ने, गोरु बेचेका साईनो लगाएकाहरु गाउँ भरि सल्बलाउन थाले। कहाँ एक्लै जान लागेको मेरो भाईलाई लिएर जाउँ एकदम सजिलो हुन्छ। आधी पैसा उसैले हाल्छ। तिमीलाई आर्थीक बोज पनि हुँदैन। फेरी यस्तो कुरा मिलाउनमा गाउँका काकीहरु खप्पीस पनि हुन्छन्।
अस्ट्रेलीया आउनलाई कम्तीमा पनि १५ देखी २० लाख लाग्ने हुन्छ। कसैको घरमा पनि लौन त २० लाख लाग्ने रहेछ भनेर झ्याप्प झिक्ने सक्ने क्षमता कमैमा हुन्छ। कित ऋणनै खोज्नै पर्छ कि त आफ्नो पुर्जा धितो राख्नै पर्छ। कसैले आधा पैसा हाल्दिने हो भने ईन्कार पनि गरि हाल्दैनन्। यो कुरा सबैमा लागु नहोला तर धेरैले मिले सम्म आर्थीक बोज कम गराउन कसैलाई काल्पनिक डिपेनडेन्टको टिको लगाएर आउने गरेका हुन्छन्।
हुन त स्मार्ट मान्छे हो र साँच्चै आफ्नै मान्छे छ भने यानिकी गर्ल फ्रेन्ड वा ब्याई फ्रेन्ड छ भने दुबैको सल्लाहमा घर परिवारलाई भनेर आउँदा एक्दमै राम्रो हुन्छ। एक अर्काको सहयोग बिदेशमा अपरिहार्य छ। हरेक पलहरुमा साथ चाहिन्छ। एक्लै आउनु भन्दा सकेसम्म मन मिल्ने र कुरा बुझ्ने मान्छेलाई साथमा लिएर आएकै बेश हुन्छ।
रिताको घरमा पनि कोही अपरिचीत ब्यक्तिको कुरो आयो। अस्ट्रेलीया लगिदिन पर्ने मात्र। उसले आधा पैसा हाल्दिने र उता गएर पनि केही सहयोग गर्ने सर्तमा। खासै कसले पो बुझेको हुन्छ र पुगे पछि कस्तो हुन्छ भनेर। सबैलाई जसरी पनि बिदेश छिर्न पाउँ भन्ने मात्र ध्याउन्त हुन्छ। आएपछि आई पर्ने व्यबधानहरु बारे खासै चिन्तीत देखिदैनन्।
तर बुझ्न पर्ने महत्वपुर्ण कुरोनै यहि हो। आएपछि निस्कने तनाबका बाटाहरुमा के उसले साथ दिन्छ कि दिदैन। दशलाख खर्च गरेर आउन त जो पनि चहान्छन् तर आएपछि तितर बितर भएर बस्नलाई अनि सबै तनाबजति एउटैको थाप्लोमा पार्न अपरिचीतलाई डिपेन्डन्ट बनाएर नल्याएकै राम्रो हुन्छ।
रिताको केशमा पनि सोही भयो जे हुन नपर्ने थियो। एक अपरिचीत केटालाई डिपेनडेन्ट बनाएर ल्याईन। अस्ट्रेलीया छिर्न मात्रै खोजेको केटालाई के खोज्छस् कानो आँखो भने जस्तै भयो। यति सम्म कि दुबै बस्ने स्टेट नै फरक थियो। रिता आईन् तर बिधार्थी भिषामा भएकोले काम फुल टाईम गर्न पाईनन्। कलेजनै चार दिन जान पर्ने भयो। कलेजको छ महिनाको फि तिरेर आएकी रितालाई छ महिना पछि $१५००० तिर्न पर्ने भयो तर कहाँबाट जटाउने तनाबले झेल्न थाल्यो। डिपेन्डेन्टलाई सम्पर्क गर्दा उसले पनि दश लाख हालेकै हो अब यहाँ त नसक्ने जस्तो कुरा गर्यो। सम्पर्क गर्दा पनि खासै चासो नदिने गर्न थाल्यो। उ त मस्त काम हानेर बसेको थियो र पैसा पनि नेपाल पठाई रहेको खबर रिताले थाहा पाईन् तर रितालाई कलेजको फि जुटाउन घरमा आमा बालाई भन्नै पर्ने भयो। फेरी ९ दश लाख जटाउन घरमा पनि चान्चुने कुरो थिएन। अहिले आएर रिता अनि रिताको परिवारलाई डिपेन्डेनटमा गएको केटो टोक्नु न बोक्नुको अबस्थामा रहेको छ।
भनेको समयमा कलेजमा फि जटाउन नसके पछि कलेजले सिवई क्यानसिल गर्यो। हतार हतार कन्सल्ट्यान्सीलाई भनेर सस्तो मस्तो कलेजको सिवई निकालेर आफ सेफ साईडमा त बसिन्। तर न त आफुले चाहेको बिषयलाई निरन्तरता दिन पाईन न त भने जस्तै सहजनै भयो अस्ट्रेलीयाको बसाई। उता डिपेन्डेन्टमा ल्याएको केटोले पनि बेवास्ता गर्न थाले पछि डिभोर्स गर्ने कुरा गरिन्। केटाले पनि गर्ल फ्रेन्ड बनाएको र डिभोर्सको प्रतिक्षामै रहेको थियो। दुबैले डिभोर्ष गरे।
केटो डिभोर्ष गरेर उसको गर्ल फ्रेन्डसँग डिपेन्डे्टमा बस्यो। रितालाई पढाई सक्नै गार्हो भयो।
यो त एउटा उधाहरण मात्र हो, नक्कली डिपेन्डेन्ट बनेर आउने र ल्याउनेको सङ्ख्या अत्याधिक छ। धेरैले दुखनै बेसाएका छन्। जो कोहीले पनि यो बुझ्न पर्छ कि अस्ट्रेलीया छिर्दैमा जिन्दगी बन्दैन। छिरे पछि भई परि आउने समस्याहरुलाई पन्साउन प्रमुख कुरा हो। यसमा दुबैको समजदारी हुनै पर्छ अन्यथा मार्का भने बिधार्थीलाई पर्छ। बेलैमा बिचार गरौ र रिताको जस्तो हभीगत कसैले नबनाउँ।
भिषा एप्लाई गर्नु अगाबै बुझौ कि एक माघले जाडो जाँदैन जो पायो त्यहिलाई डिपेन्डेन्ट बनाएर अस्टेलीया नलैजानु होस्।