एनआरएनए भिक्टोरीयाले आगामी २६ नोभेम्बरका दिन यान यिन रिजर्भ्योर पार्क भिक्टोरीयामा अभिभावकहरुलाई निशुल्क बनभोजको कार्यक्रम आयोजना गर्न लागेको छ। अस्ट्रेलीयामा नेपाली समुदायको अस्थाई वा ईस्थाई रुपमा बसोबास गर्ने क्रम बढ्दो क्रममा रहेको छ। ग्रेजुएसन देखी चाड पर्व मनाउन होस या बच्चाहरुको रेखदेख देखी घुमाउने लगाएत बिभीन्न प्रायोजनमा आफ्ना अभिभावकहरु अस्ट्रेलीया ल्याउने क्रम पनि उत्तिकै रुपमा रहेको छ।
यसरी आएका अभिभावकहरुलाई एकै साथमा राखेर भेटघाट गराई रमाईलो गराउने हेतुले यो कार्यक्रम आयोजना गरिएको हो।
बनभोज आयोजक: एनआरएनए भिक्टोरीया
मिती: २६ नोभेम्बर २०१७
स्थान: ४० रिक्रीएसन रोड, यान यीन भिक्टोरीया
प्रवेश: निशुल्क