मेल्बोर्नको पश्चिममा बसोबास गर्ने नेपालीहरुको समाज विन्डम नेपाली समाजले २२ अक्टुबर, २०१७ का दिन एक कार्यक्रम आयोजना गरेर रक्तदान गरेको थियो। व्यरेबी डोनोर सेन्टरमा करिब १० बजेबाट सुरुवात भएको कार्यक्रममा १० जनाले रक्तदान गर्नु भएको थियो। रक्तदान पछि गरिएको बार्बेक्यु कार्यक्रममा ३५ जनाको उपस्थिती रहेको थियो।
राजीव अर्यालबाट करिब ११:३०मा रगत दानको कार्यक्रम शुरुवात भएको थियो भने २:३० मा शरद अर्यालद्वारा रक्तदान गरेर समापन भएको थियो। रगतको अभावमा दैनीक कैयौं मान्छेहरुले मृत्यबरण गरि रहेका हुन्छन् र यस्ता कार्यक्रमले कमसेकम रगतको अभाबमा मृत्युको मुखमा पुगेकाहरुलाई केही हदसम्म सहयोग गर्न सक्छ भन्ने हेतुले रगतदानको कार्यक्रम सम्पन्न गरिएको थियो।साथसाथै मेल्बोर्नको पश्चिममा आई बसोबास गर्ने नेपाली समुदायलाई एकैठाउँमा जुटाउने प्रयास पनि थियो।
बार्बेक्यु कार्यक्रमलाई एमएनएसी वेस्ट र स्मार्ट एक्सिस मिडीया एण्ड ईन्टरटेनमेन्टले सहयोग गरेको थियो।