केही चलचीत्र र थुप्रै म्युजीक भिडीयो, डकुमेन्ट्री र बिज्ञापनहरुको निर्देशन गरी सकेका जिवन रसाईली जो मेल्बोर्नलाई आफ्नो कर्म थलो बनाएर बिगत केही बर्षदेखी बस्दै आउनु भएको छ, उनै निर्देशक रसाईलीले आफ्नो श्वरमा दुरी बोलको गीत लिएर नेपाली साङ्गीतिक आकाशमा आउनु भएको छ। दुरीमा टङ्क बुढाथोकीको शव्द र सङ्गीत रहेको छ।
करिब दुई सय भन्दा बढि म्युजिक भिडीयो अस्ट्रेलीयाबाट बनाई सक्नु भएका जिवन रसाईलीले नेपाली साङ्गीतिक बृतमा मात्रमा नभएर अन्तरास्ट्रीय कलाकारहरुसँग पनि काम गरि सक्नु भएको छ। आफ्नो बिगतको अनुभवहरुलाई सङ्घाल्दै नेपाली चलचीत्रको माध्यमबाट नेपाली सिनेमालाई अन्तरास्ट्रीय स्तरमा पुर्याउन उनले बिकट भविस्यमा नेपाली चलचीत्र बनाउने जमर्को समेत गरि सक्नु भएको छ।