eNepal

म अस्ट्रेलीया पढ्न पो जान आट्या त पोईला त जान लाग्या होईन नि

घरका परिवार र रिताको केही हप्ता देखी ठाक्ठाक ठुकठक पर्दै थियो। घरमा भने हुर्केकी छोरी बा आमा चिन्तामा पर्नु स्वभाबिकै थियो। हुर्केका छोरीबेटी बेलैमा जिम्मा लाउन पाउन पाए ठुलै भारी बिसाएको आभास हुने परम्परा आज पनि कहाँ हराएको छ र। कसैसँग हाँस्दैमा लौ बर्बाद भई सक्यो अव नाक काट्छे भन्ने प्रबृती जतिनै आधुनिकीकरणको ढोल पिटेपनि हटेर कहाँनै गएको छ र।
छोरोले बिदेश जान्छु भन्यो भने केही नसोची हुन्छ नि त जा भन्ने समाजले छोरीले बिदेश जान्छु भनि भने के, कहाँ ,किन, कसरि भनेर नालीबेली सोध्ने परम्परा अझै पनि मेटीएर गएको छैन। गएको साल राम जाँदा बोरु केटी साथी छ र मिल्छ छ भने डिपेन्डेन्टमा लैजा भन्ने तिनै बा आमाले छोरीलाई बिदेश मात्र जान्छु भन्दा दशवटा प्रश्न तेर्साउँछन्।

रितालाई पनि अस्ट्रेलीया जाने ईच्छा जाग्यो। दाई भन्दा उ केहीमा पनि कमि थिईन। पढ्नमा उत्तिकै मेहिनेती, लगनशील त्यतिकै। काम गर्नमा कत्तिपनि हिच्कीचाउँदै थिईनन्। उसले बिदेश जान्छु भनेर घरमा के प्रस्ताब राखेकी थिईन्। घरले सोझै अस्विकार गरेको थियो। बोरु बिहे गर्न उक्साउँदै थिए तर उसले सोझै बिहेलाई अस्विकार गर्दै आफ्नै बलबुतोले अस्ट्रेलीया आउने अठोट गरिन् र कागजपत्र जम्मा थालिन्।

आमा बालाई पनि बिस्तारै आफ्नो पगढमा पारिन् तर कति सम्म फरक भने छोरालाई बिदेश जाँदा केही पनि नबुझी पैसा मात्र दिएर पठाएका बा आमाले छोरीका हरेक कुरामा नजरअन्दाज गर्न थाले। के गर्छिन कहाँ जान्छिन् सबै निगरानी गर्न थाले।

छोरीको भिषा लाग्यो। छोरोलाई समयको ख्याल नराखी पुग्ने समयको वास्ता नगरी टिकट काटि दिएका बा आमाले छोरीलाई भने बिहान पुग्ने टिकट काटी दिए कारण एउटै थियो उ छोरी परिन् र राती पुगी भने कहाँ के र कसो होला डर र चिन्ता थियो।

उडेर छोरी अस्ट्रेलीया आईन्। आफ्नो बलबुतोले मिले सम्म काम खोजीन्। भनेको समयमा काम पाउन गार्हो भयो। जुनै समयको पाए पनि गर्न तत्पर भईन्। साँझको काम सकेर फर्केर आउँदा घरमा बस्नेहरुले पनि अन्यथा सोच्ने गर्थे। एकरात साथीकोमा बास बस्न जाँदा कहाँ न गएर रात बिसाए जस्तो गरि हेर्थे। आखिरी सोचनै कु परे पछि कस्को के लाग्थ्यो र। राती कामबाट हस्याङ फस्याङ गर्दै ट्रेन छुट्लाकी भन्दै दौडदै आएर ट्रेनमा बस्दा पनि छेउका नेपाली केटाहरुले अर्कै नजरले हेर्ने गर्थे। आखिरी कुसँस्कारमा हुर्केका न परे।

छोरोको बिहे गर्नलाई यत्तो गर्धन तेसार्दै केटी खोज्दै हिड्ने घरका अनि समाजको जोरी पारीहरु रिता माथी चाँही सङ्का गर्थे। एक्लै बसेकी छ कि कोहीसँग पो बस्छे भन्दै लौन खासखास खुस्खुस गर्छन् रे। किन होला यो समाजले अहिले पनि छोरी चेलीलाई नराम्रो नजरले हेरेको।त्यहि घरको छोरो बिदेश जाँदा भने यत्रो नाक फुलाउने समाजले उही घरकी छोरी बिदेश गएर आफ्नो धर्म नछोडी पढ्दा पनि नानाभातीका कुरा गर्ने। आखिकी किन र कहिले सम्म। रितालाई यी कुराले सार्है असहय हुन्छ र भन्छिन् आमा म पनि पढ्न र आफ्नो करियर बनाउन पो अस्ट्रेलीया गएको त पोईला त गएको होईन नि।

 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349