अस्ट्रेलियामा बसोवास गर्ने नेपालीहरुको संख्यामा वृद्धि भय संगसंगै स्वोदेसी कला र सांगीतिक क्षत्र अझै बिस्तारित हुदै गईरहेको छ | पहिलाको तुलनामा अहिले एवेंट्स कम्पनीहरुको संख्यापनि बढ्दो पाईन्छ | हरेक समय कुनै न कुनै एवेंट्स कम्पनिले हाम्रो नेपाली कला क्षत्रसंग सम्बन्धित व्यक्ति र बिषयवस्तु दर्शक सामु लाउदै आइरहेको छ |
यसै क्रममा कंडेल कन्सलटेंसी यजुकेशन यन्ड माईग्रेसनको पूर्ण समर्थन र सक्रियतामा सहि हो एवेंट्स यन्ड इन्टरटेनमेन्टले आगामी नोभेम्बर ५ तारिखका दिन गित संगीतलाई माया गर्ने दर्सकश्रोताहरुलाई लक्षित गरि अकोस्टिक नाईट आयोजना गरेको छ | उक्त अकोस्टिक नाईटका मुख्य स्पोन्सर कंडेल कन्सलटेंसी यजुकेशन यन्ड माईग्रेसन हो भने अन्य थुप्रै स्पोन्सरहरुलेपनि यस एवेंट्सलाई साथ दिनुभएको छ |
यस अकोस्टिक नाइटमा नटु शाह, हेमन्त राना, स्वोपना सुमन, प्रयत्न श्रेष्ठ र अल्फा भट्टराई लगायतका कलाकारहरु आमन्त्रित गरियको कुरा जानकारीमा आयको छ | नेपालबाट आमन्त्रित गरियका सम्पूर्ण कलाकारहरुको भिषा पारित भैसकेको कुरा समेत स्रोतले खुलायको छ | जानकारी प्राप्त भएअनुसार कार्यक्रमको मिति, स्थान र अन्य विवरण निम्न उल्लेख गरियको छ;
Date (मिति): नोभेम्बर ५ (November 5)
Venue (स्थान): स्टुडियो ३, क्राउन (Studio 3, Crown)
Presale Ticket price: $30
Doorsale Ticket Price: $35
थप जानकारीका लागि “Sahi Ho Events and Entertainment”नामक फेसबुक पेजमा सम्पर्क गर्न सक्नुहुनेछ |