एकजना बाले फेशबुकमा यस्तो स्टाटस लेखेको पाईयो- यहाँ मैले ४ हप्ता बिताए ! ब्रीस्बेन, सिड्नी, मेल्बोर्न घुमे ! धेरैसँग भेट भयो ! यहाँ मैले सामाजिक अड्चन सुरु भएको पाए ! एक्लो पढ्न आएकाले पढ्न्, फि तिर्न नसकेको, नकमाएको, राम्रोसँग बाच्न नसकेको, आउँदाको बाउको रिण नतिरेको भेटेको छु ! याबत कारणले गर्दा तिनिहरु लिभिङ टुगेदर भन्दै अबिबाहित जोडीसँग बसेको धेरै भेटियो ! नेपालमा बाउ आमालाई यो कुरा थाहा छैन ! पैसा तिर्न नसकेर PR वाला लेबनानी मुस्लिमहरुसँग हिंड्न बाध्य नेपाली केटीहरु पनि रहेछन ! यो क्रम बढ्दो छ ! सस्तो रक्सी अत्यधिक पिउनेहरु पनि उत्तिकै छन ! ब्यभिचार ब्याप्त छ ! ढुकुटी खेल्नेहरु अत्यधिक छन ! क्यासिनोमा पनि उत्तिकै देखिन्छन ! यसले सामाजिक बिचलन ल्याउछ ! यहाँ चर्चले नैतिकतामा डोर्याउने हो ! तर यहाँका चर्चहरु कोरियाको जस्तो जागृती मुलक छैनन ! कुल २० वटा जती मात्र नेपाली चर्च छन ! तर करीब एक हजार भन्दा बढी घरेलु सँगतीसुरु गर्नु जरुरी छ ! पढ्न आए पनि कामको निम्ती अदक्ष मानिन्छ ! साप्ताहिक २० घन्टे कामले खान, लाउन र बस्न रु १ लाख तिर्न धौधौ हुदो रहेछ ! फेरी पढ्न शुल्क तिर्नै पर्छ ! यहाँ बर्षको रु ३० लाख कमाउनै पर्छ ! नत्र विद्यार्थीले जिउन सक्दैन ! Job मिसन कमजोर छ ! रिस्की लाईफ ! नेपालमा झुपडीको जिन्दगी बिताएकाले यहाँ अत्यधिक कमाउदा सम्हली नसक्नु भएका र कुलतमा फसेका पनि छन !
यसले सामाजिक बिचलन ल्याउन सक्छ ! त्यसैले नेपालबाट अस्ट्रेलिया पठाउदा बिहे गरेर मात्र जाउ, एक जनाले पढ अर्कोले कमाउ सिधान्त लागु गर्नु जरुरी देखिन्छ।
यी बाले लेखेको कुरामा म पनि केही हद सम्म सहमत छु। जति ठुला गफ दिएनी व्यबहारमा पुरै फरक बिदेशी जिवन शैली। भोग्नु र सुन्नुमा फरक छ। कसैले पनि आफ्नो बास्तबिकता भरिसक अरुलाई देखाउन खोज्दैन। सकेसम्म आफैले कोशीस गर्ने नसके घरमा भन्ने घरबाट पनि कुनै सहयोगको आश मरेपछि बिदेश आएका युवाहरु आजकाल रिलेसनशिपमा हाम्फाल्ने गरेका प्रसस्तै छन्। जव कुनै उपाय लाग्दैन अनि टिक्नको लागि लिभीङ टुगेदरमा बस्नेको जमात बाक्लिदै जान थालेको छ।
कलेजको फि तिर्न आफुसँग मनग्य पैसा हुँदैन, घरमा खबर गरौ घरको आर्थीक स्थिती दयनिय छ अझ सिदै भन्नु पर्दा आउँदा लागेको ऋण समेत तिर्न हम्मे हम्मे परेको हुन्छ। आएको छ महिनामा १४-१५ हजार कलेजको फि कहाँबाट जुटाउने। त्यसको अलाबा दैनिक खर्च आफ्नै छुट्टै ठाउँमा छ। कलेजको फि नतिरे कलेजको परिक्षामा बस्न पाईदैन। अझ कलेजले यमयमा फि नतिरे सिवई क्यान्सील हुने र भिषामा समेत असर पर्ने जानकारी दिन्छ। आर्थीक तनाब त छँदै छ मानसिक तनाबले अझ आक्रान्त पारेको हुन्छ। बिकल्प भनेको केही हुँदैन अनिबाध्य भएर लिभीङ टुगेदरमा बस्न बाध्य हुन्छन् धेरै युवाहरु।
पैसा कमाउन सकिन्छ तर पैसा जोगाउनेहरु कमै हुन्छन्। देश अनुसारको भेष बदल्न कुनै समयनै लाग्दैन। साथी भाईसँग बार र क्लब जाने, रक्सी खाने त यहाँको कल्चरनै हो। बिस्तारै त्यहि कल्चरको सिको गरेर धेरै युवाहरु विकेन्डको नाममा रक्सीमा डुब्ने, सेक्स फ्रि देश भएकोले ईजाजत वेश्यालयहरुमा जाने रमाईलो गर्ने र हप्ता भकि कमाएको पैसा स्वा बनाउनेहरु बगकेल्ती भेटीन्छन्।
सबै भन्दा ठुलो तनाबमा उमेर काटेका अधबैशेहरुलाई हुन्छ। नेपालमानै राम्रो र मनग्य आम्दानी हुने जागीरलाई लात मार्दै साथीहरुको उक्साहट र एक्कै चोटी धेरै कमाउने मिठो सपनामा बिदेश आएर पछुताउने पनि नभेटीएका होईनन्। हुँदा हुँदा नेपालमै बर्षको एकलाख राम्ररी कमाउनेहरु अस्ट्रलीया आएर क्लिनीङको काम गर्दा जिन्दगी देखीनै आत्मग्लानी भएर पछुताउनेपनि यदाकदा भेटीएका हुन्छन्। अझ पिआरनै नभएका बिषयमा साथीको बहकाउमा लागेर पढ्न आएर उमेरले नेटो काट्दै गरेकाहरु पछुताएको पनि भेटीन्छन्।
यति लेख्दै गर्दा नकरात्मक कुरा मात्र लेख्छ भन्नु हुन्छ होला तर अस्ट्रेलीयाको बास्तबिकतानै यहि हो। यहाँ पैसा कमाउन सजिलो छ र जिवनशैली पनि अब्बल छ तर अरुको लह लहैमा वा कसैको बहकाउमा लागेर आफ्नो भविस्य प्रती पुर्ण जानकार नभईकन आउँदा घरको न घाटको अवस्थामा पुगीन्छ। गफ लाउने धेरै हुन्छन् तर यथार्थ के हो थाहा पाउन अपरिहार्य हुन्छ। थाहा पाएर सबै कुराको जानकारी लिएर आउँदा रमाईलो छ अस्ट्रेलीया, नबुझी हाम्फाल्दा कहाली लाग्दो छ अस्ट्रेलीया।