भाईले ओपेरा हावसको छेउबाट सिड्नीको हार्बर ब्रिज पनि देखिने गरि फेशबुकमा फोटो हाल्छ। एकछिनमा लाईक, व्हा, हाँसेको अनि कोही रिसाएको ईमोजीहरु आउँछ। कमेन्ट आउँछन् व्हा क्या मोज छ है तलाई, तेरै दिन छ, मोज गर्या छस्, बिदेशी भाछस्, वई मलाई पनि तान्न हो तेतै, डलर छाप्या छस् है। म्यासेन्जरमा घुर्र गर्छ, वई छ भने पैसा पठाई देन। कति राख्छस् हौ पैसा कुहाएर साथीहरुलाई पनि सम्झिन, अर्कोले म्यासेज पठाउँछ वई कलेजको फि तिर्न पर्ने भो छ भने सापटी देन।
हप्ता भरि काममा धसिएर एकदिनको फर्सदिलो समयको सदुपयोग गर्न के सिटी गएर फोटो अपलोड गरेको हुन्छ उसको स्ट्याटसको कपोकल्पीत मुल्याङ्कन गरेर नाना भाती भ्रमको खेती गरिन्छ। छिमेकीले घरमा गएर प्याच्च भन्छ, छोरोले त बेपत्तै प्रगती गर्या होला, कति पठाई सक्यो नि। आमा बजार के गएकी हुन्छिन्, उसलाई फलानोले त यत्तिपो पठाई सक्यो,तपाईको छोरोले कति पठायो हौ भनेर सोध्ने बगरेल्ती भेट्छिन्। आजकाल आमा त्यहि भएर बजार त्यति जाँदिनन् पनि। किनकी छोरोको अवस्था केवल आमा बालाई मात्र थाहा हुन्छ जोरीपारीलाई के थाहा हुन्छ र बास्तबिक्ता। प्याच्च बोल्न र फलानो र चिलानाको खोजी निन्दा गर्न मात्र आतुर हुन्छन्।
सबैको ब्याथा एउटै हो जहाँ गएनि काम गरे माम पाईन्छ। छ दिन काममा जोतीएर एकदिन रमाईलो गर्नलाई कुनै आईतबार कुर्नै पर्दैन। पैसा नकमाउने होईन तर पैसाको जोहो हुन भने हम्मे हुन्छ। मानिस यसरी झेलीएको हुन्छ कि उसले काम गरेको कमाएको पैसाले आफ्नो दैनिक जिन्दगीमा आएका अनगिन्ती उदारोहरु टाल्दा टाल्दै कमाएको पैसाको १० प्रतीसत जोगाउनपनि हम्मे हम्मे हुन्छ।
बिधार्थी जिवन कस्टकर छ तर कस्टकर हुँदा हुँदै रमाईलो गर्न भने चक्दैनन् बिधार्थीहरु। कलेजका दिनहरुबाट मिलेसम्म र पाएक परे सम्म काम गर्न आतुर हुन्छन्। कतिले भन्ने बित्तीकै काम पाउँछन् त कतिले धेरै प्रयास गर्दा गर्दै पनि काम नपाई रहेका हुन्छन्। काम नपाए पछि अनेक तनाबका सात घुम्तीहरुले पछ्याउँदै जान्छन्।
धेरैले काम, पैसा र रमाईलोपनलाई व्यालेन्स गर्दै जान्छन् र जिन्दगीलाई सहज बनाउदै जान्छन्। कतिको जिन्दगी सोचे जस्तो सहज बन्दैन अनि तनाबका खात लाग्दै गर्दा डिप्रेसनको सिकार बन्ने, धुम्रपान र मध्यपान अधिक मात्रमा गर्ने, एक्लो भएर सोचमा डुबेर बस्ने। नैरश्यताको भुमरीमा फस्ने आदि हुन्छ।
आजकाल बिदेशमा बिधार्थीहरुले अत्याधिक मात्रमा मृत्युबरण गरेको समाचार सुन्न पाईन्छ। कतिले आत्महत्या गरेको समाचार सुन्नमा आउँछ। कारणहरु सबैको फरक फरक होलान् तर अक्सर सोचे जस्तो आफ्नो जिन्दगी नभएर यस्ता घटनाहरु घटेका हुन्छन्। कलेजको फि तिर्न गार्हो, घरबाट समय समयमा पैसा पठाउन तारेतार, बिभीन्न रोगहरु अनि मायाँ प्रेममा घात मुख्य हुन्छन्।
हामी यस्तो समाजबाट आएका छौ कि हामी आफ्नो भन्दा बढि अरुको चिन्ता गर्छौ अनि आफ्नो जिन्दगीलाई अरुको जिवन शैलीसँग दाज्न थाल्छौ। मैले त्यसको जति गर्न सकिन, त्यसले यति गर्यो मैले गरिन। कहिलै पनि आफ्नो जे छ त्यसमा चित्त बुझाउँदैनौ अनि उनिहरुको रिस डाह गरेर अझ भएका तनाबमा झन् लिस्नो लाउने प्रयास गर्छौ।
खैर देश छोडेर सात समुन्द्र आए पछि आफ्नो पाराको जिवन शैली ज्युन पर्छ। मेहिनेत गर्नेहरुको लागि जहि गएनी रमाईलो छ।
एउटा सिङ्गल आएको बिधार्थीले पनि आफ्नो शैलीको जिवन जिएको प्रसस्तै छन् यो समाजमा । दुख गर्न सक्नेको लागि रमाईलो छ अस्ट्रेलीया तर दुख गर्न नसक्ने र मात्तिएर पुल्पुलीएर बसेकाहरुका लागि कस्टकरपनि हुन सक्छ। गराई अनि भोगाई र देखाईमा फरक छ बिदेशको जिन्दगी। एउटा फेशबुकमा राखेको फोटोले कसैको जिन्दगीको मुल्याङ्कन गर्न सक्दैन तर त्यहि फोटो हेरेर नानाभातीको शङ्का र उपसङ्काको जालो नबुनेकै बेस हुन्छ।