मेल्बोर्नको नेप्ले ईभेन्ट्सले प्रदर्शन गरेको यो बर्षको सफल चलचीत्र छक्का पन्जा दुईको आज अन्तिम शो चाईना टाउन सिनेमामा साँझ ७:३० मा लाग्दैछ। पाँच शोहरु सफलता पुर्बक सम्पन्न गरेको छक्कापन्जा दुईलाई दर्शकहरुले अत्याधिक रुपमा मन पराई दिनु भएको छ। बिशेष तह नेपालबाट आउनु भएका अभिभावकहरुको लागि $१५ र १५ बर्ष मुनीको लागि निशुल्क प्रबेश राखिएको आजको शोनै अन्तिम शो रहने छ।
पुर्ण पारिबारीक चलचीत्र छक्का पन्जा दुईमा दिपकराज गिरी, जितु नेपाल, केदार घिमीरे, प्रियङ्का कार्की, स्वस्तीमा खड्का लगाएत दर्जनौ लोकप्रीय कलाकारहरु रहेका छन् भने यस चलचीत्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन्।