eNepal

चाडबाड काल बनेर कसैलाई पनि नआहोस्: सन्दर्भः मेल्बोर्नमा लक्ष्मी पुजाको साँझ घटेको अप्रीय घटना

आफ्नो परिवारसँगको दुरीले पक्कै पनि जो कोहीको मन पनि कुडीन्छ। बाध्यताबश हजारौ युवा आफ्नो भविस्य सुनिश्चित बनाउन परदेशिन्छन् चाहे पढ्ने बहानामा अमेरीका, अस्ट्रेलीया र जापान अनि मजदुरीको नाममा दुबई, साउदी, कतार। अरु बेला गाउँघरको याद नदिलाए पनि बिशेष गरेर चाडबाडको बेला आफु जन्मेर हुर्केको ठाउँ, गाउँमा गरिएका रमाईलो क्षण, चक्चक र उरन्ठेउला प्रयासहरुको बिशेष याद आउँछ।

परदेश कसैलाई पनि सहज पक्कै हुँदैन। सोच्नु, कल्पना गर्नु र अन्दाज गरे जस्तो रमाईलो, मोजमस्ती कमै हुने परदेशी जिवनमा सबैले आफ्नो जिन्दगीलाई सहज बनाउने क्रममा समयलाई आत्मासाथ गर्दै लड्दा लड्दै जिन्दगीका कतिपय महत्वपुर्ण पलहरु बिर्सी रहेका हुन्छन्। कामलाई मुख्य ठान्न पर्ने यी व्यस्त शहरहरुमा बर्षेनी आउने चाडबाडले आफ्नो सँस्कार अनि परम्परालाई व्युँताने काम गरि रहेको हुन्छ।

आज म यो सन्दर्भ यस मानेमा जोड्दै छु कि उच्च शिक्षा अध्ययन गर्न बर्षेनी हजारौ युवाहरु बिदेशीन्छन्। आलाकाँचो उमेर, नेपालमा बार्ह सक्दै गर्दाका कलिला युवाहरु बिदेश हामफाल्नु सामान्य भएको छ। नेपालको अन्तरास्ट्रीय बिमानस्थलमा हेर्यौ भने दैनीक हातमा हरिया पासपोर्ट अनि कलेजको सिवई र नो अब्जेक्सन लेटर बोकेर कैयौ युवा अस्ट्रेलीया, अमेरीका, जापान लगायत विश्वका कैयौ मुलुकमा हिडेका भेटीन्छन्। सबैको एउटै लक्ष्य हुन्छ पढेर पैसा कमाउने अनी रमाईलो जिन्दगी बिताउने।

बिदेश भनेको सजिलो पक्कै छैन। पैसा कमाउन दुख गर्नै पर्छ। त्यो भन्दा अगाडी जुन देशमा जाँदै हुनुहुन्छ त्यहाँको बस्तु स्थिती, रहनसहन, निती नियम बुझ्न एकदमै जरुरी हुन्छ। पढ्न जान्छु अनि काम गर्छु पैसा कमाउँछु सवैले यहि सोच्छन् तर के म काम गर्न सक्छु,कति घण्टा सम्म गर्न सक्छु, के त्यहाँ मलाई कति घण्टा सम्म काम गर्न अनुमती छ भनेर पनि सोच्न अनिबार्य छ।

अस्ती लक्ष्मी पुजाको साँझको मेल्बोर्नमा घटनाले मन त्यसै भावविहल भएर आयो। एकजना नेपाली बिधार्थीको घरमा आगो लागेको कारण मृत्युबरण भयो। बिदेशको ठाउँमा त्यसरी अकालमा ज्यान जाँदाको पिडा पक्कै पनि परिवार माझ सहनीय त हुँदैन। तर यस्तो घटनाले कमसेकम अरुलाई शिक्षा चाँही पक्कै दिन्छ। त्यो दिनको आगो लाग्नुमा कतै लक्ष्मी पुजा गर्नको लागि बालीएको मैनबत्ती पो थियो की। अक्सर हामी बस्ने घर केबल काठको हुन्छ र यसमा आगो सल्किन कुनै समयनै लाग्दैन। प्रहरीको बयान अनुसार घरमा फाईर अलार्मले पनि काम नगर्ने अवस्थामा थियो भन्ने सुनीएको छ। हो यस्ता सामान्य कुरामा गरेको हेलचेक्राईले नै हामी माझ अप्रीय घटना घटाउन सक्छ।

मैले यो भन्नै पर्छ हामी नेपालीहरु भरिसक यस्ता नियमहरुको खासै पालना गर्दैनौ। प्राय नेपालीहरुको घरमा फाईर अलार्म डिएक्टीभ हुन्छ। घर भित्र चुरोट खान मनाही रहेको देशमा फाईर अलार्म हटाएर घर भित्तै चरोट खान लाचार हुन्छौ। नेपालमा बर्षेनी लक्ष्मी पुजाको साँझ बालीएको बत्तीको कारण आगलागीको समाचार सुन्दै आएका हामीले यस पाली अस्ट्रेलीयामा उही समाचार सुन्न पर्यो र एकजना बिधार्थीले अकालमा ज्यान गुमाउन पर्यो।

हुने हार दैव नटार, जे नहुनु थियो त्यो भई सक्यो तर अव यस्ता घटनाहरुबाट पाठपो सिक्न पर्ने होकी जसले गर्दै फेरी यस्ता अप्रिय घटनाहरु नदोहोरीउन। कमसेकम फाईर अलार्म सुचारु भएको भए यस्तो अप्रीय घटना नघट्न सक्थ्यो कि! हामीले साँझ बालेको बत्ती एकछीन कुरेर पुर्ण रुपमा निस्तेज बनाएको भए कतै आगो नलाग्नपो सक्थ्यो कि। हेर्दा सामान्य कुरा लागे पनि यस्तै सामान्य लागेका कुराले बिकराल परिस्थीतिको सृजना गराउँछ।

घटना भएर झ्या हुनु भन्दा घटना नघटाउनु मुख्य कुरा हो। सदैव आफु चनाखो बनौ। नियम र मापदण्ड बिपरीत कुनै काम वा कार्य नगरौ। अझ मुख्य कुरा यो बिदेश हो र यहिको निती र नियमको पालना गरौ। आफु बचौ र अरुलाई पनि बचाऔं।

Photo courtesy: Patrick Herve

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349