सवै भन्दा बढि अस्ट्रेलीया आउने बिधार्थीहरुमा एकाउन्टीङ र सुचना प्रविधी पर्ने गरेको बिगतका केही तथ्याङ्कहरुले देखाएको छ।हरेक बर्ष अस्ट्रेलियाको ईमिग्रेसनले एकाउन्टिक समुहहरु जस्तै सि पि ए अनि आई पि ए लगाएतका समुहसँगको सहकार्यमा आगामी सैक्षिक सत्रको लागि कति कोटा छुटाउने भनेर उनिहरुसँग धारणा माग्ने गर्छ। हामी नेपाली अलिक बडि मान्छेको लहैलहैमा अनि स्यालले खुट्टा लग्यो भन्दैमा स्यालको पछि लाग्ने तर खुट्टा नहेर्ने बानीले हतोत्साही हुन्छौ।
भर्खरै मात्र एकाउन्टिङ बडिज् अन्तर्गत सि. पी. एले आफ्नो धारणा अगाडी ल्याएको छ जस अनुसार निम्न लिखीत कोड भएका एकान्टीङ बिषयहरु नहटाउन अस्ट्रेलियन ईमिग्रेसनलाई सुझाव दिएको छ।
221111 Accountant (General)
221112 Management Accountant
221113 Taxation Accountant
221212 Corporate Treasurer
221213 External Auditor
132211 Finance Manager
साथ साथै गएको बर्षको जुन कोटा थियो २५२५ त्यो पनि बडाउन आग्रह गरिएको छ। यसबाट के आंकलन लाउन सकिन्छ भने आउँदो शैक्षिक सत्रको लागि जुन बजारमा हुईया फैलिएको थियो एकाउन्टीङ हटाउँदैछ भनेर यो हदसम्म कम भएको छ जसले गर्दा एकाउन्टीङका बिधार्थीलाई केही भएपनि राहत मिलेको छ।यो सबै नेपाली एकाउन्टीङका बिधार्थीहरुको लागि शुभसमाचार हुन सक्छ। बाँकि सबै ईमिग्रेसनको नतिजाले देखाउँछ जसको लागि जुलाई कुर्नै पर्छ।