eNepal

यो अस्ट्रेलीया हो, यहाँ कोही पनि घरवाला र भाडावाल भएर बस्ने हुँदैनन्, एकले अर्कालाई लुट्ने र धोका दिने प्रबृती नगरौं

एक जना भाईले रिसले फेशबुकमा स्ट्याटस लेखे। म बसेको घरवालाले पैसा खायो। घरको बोन्ड पनि फिर्ता दिएनन्। अनि मैले सोधे के तिनको आफ्नै घर हो की उसले पनि भाडामा लिएको घर हो। भाईले भने उसले रियल स्टेटसँग लिएका रहेछन्। हामीसँग बोन्ड मागे जुन सबैले माग्छन्। हामीले बोन्ड पनि दियौ तर छोड्ने बेला बोन्ड दिएनन्। अनि कहिले जानकारी दियौ त घर छोड्ने भनेर। एक हप्ता अगाडी मात्र। हो तिमी यहि निर चुक्यौ। यो अस्ट्रेलीया हो र यहाँ न कोही घरवाला हुन्छ न कोही कोठावाला।

तिमीले एक हप्ता अगाडी घर छोड्छु भन्दा उसले त्यो कोठामा बस्ने अर्को मान्छे कताबाट रातारात पाउँछ। अनि के रियल स्टेटले कोठामा मान्छे छैन भनेर एउटा कोठाको भाडा मिनाहा गर्दिन्छ र। बुझ्न पर्ने कुरा यहि हो। जसले रियल स्टेटबाट घर भाडामा लिएको छ उसले आफ्नो सारा जानकारी र कागजपत्र बुझाएर घर लिएको हुन्छ। घरको भाडा समयमा तिर्छु अनि घर सहि सलामत राख्छु भनेर जति भाडा हो त्यतिनै बोन्ड मार्फत बुझाएको हुन्छ जुन घर छोड्ने बेला घर सहि सलामत छ भने फिर्ता हुन्छ।

अव अपर्झट कोठा छोड्छु भनेर २८ दिनको सुचना नदिई घर छोड्दा मार्का जसले घर लिएको हो उसैलाई पर्छ जसको कारण बोन्ड नपाउनु स्वभावुकै हो। अस्ट्रेलीयाको नियम अनुसारनै घर छोड्ने मनसाय भएमा कम्तिमा २८ दिनको सुचना दिन पर्छ ताकि त्यो समयमा अरु कोही मान्छे खोजेर खाली हुने कोठामा राख्न सकियोस्। यो कुरा कोठामा बस्नेले पनि बुझ्न जरुरी छ।

घरमा नभएको बेला जसले घर लिएको हो सो मान्छे छैन भनेर मनपरि गर्ने घरमै चरोट खाएर कार्पेट डडाउने, साथीहरु बोलाएर पाटी गरेर फोहोर बनाउने, सफा गर्दै नगर्ने अनि घर छोड्ने बेला उल्टै गाली गर्ने प्रबृती पनि नदेखिएको होईन।

घरवाला बन्ने प्रबृती पनि अस्ट्रेलीयामा नदेखिएको होईन। मैले घर लिएको छु भन्दै मन परि भाडा लिने बिशेष गरेर नयाँ भाई बहिनीहरुबाट घरको खास भाडा भन्दा बढि छ भनेर आफु चाँही कम्ती पैसा तिरेर बिधार्थीहरु शोषण गर्ने प्रबृती प्रसस्तै रहेको छ। बिधार्थीहरु आफै त कलेजको फी लगायत आफ्ना अति आवस्यकीय बस्तुहरु कसरी व्यबस्थापन गर्ने भन्ने तनाबमा अल्मलि रहेको बेला स्वम् नेपाली जो घर लिएर बसेको हुन्छन् उनैबाट पिडीत हुनु पर्दा झन् कति तनाब हुन्छ। बत्ती, पानी, ग्याँस लगायतका बिलहरु के कति आयो नदेखाई कन यति आयो भनेर मौखिक जानकारी दिने अनि त्यहाँबाट पनि फाईदा लिने प्रबृती रहेको पनि सुन्नमा आएको हुन्छ। कोठामा बस्न आउनेहरुले पनि समयमा घरको भाडा नदिने अझ नेपालको जस्तो उधारो राख्ने प्रबृतीले गर्दा जसले घर लिएका हुन्छन् उनीहरु मार्कामा पर्ने गरेका छन्।

घरमा बसे पछि अरु बस्नेलाई असर पर्छ भन्ने नसोचीकन हो हल्ला गर्ने, जाँड रक्सी खाएर तथानाम बोल्ने जस्ता पनि प्रसस्तै हुन्छन्।
पहिलो ध्यान दिन पर्ने कुरा यो बिदेश हो ।आफुले गरेको व्यवहारले अरुलाई असर पर्छ वा पर्दैन बुझ्न एकदम जरुरी छ। काम सबैको एउटै समयमा हुँदैन। कामको प्रकार अनुसार एउटै घरमा बस्ने सबै सदस्यको कामको तालिका फरक हुन्छ। कसैको दिनमा हुन्छ त कसैको रातमा पनि हुन सक्छ। कुन बेलामा हो हल्ला र रमाईलो गर्दा कसैलाई असर पर्दैन सबैले बुझ्न जरुरी छ। मैले लिएको घर हो र यस घरमा मेरो हैकम चल्छ भनेर अरु कोठामा बस्नेलाई बेवास्ता कदापी गर्नु हुन्न। कोठामा बस्नेहरुले पनि आखिरी आफुले लिएको घर होईन क्यारे भन्दै मनलागि गरेर घर लिनेलाई असर पर्ने गरि कार्य गर्न हुन्न। मुख्य कुरा यो बिदेश हो र यहाँ कोही घरवाला र कोठावाला हुँदैनन्। सबै मिलेर बस्नु जरुरी हुन्छ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349