eNepal

रमाईलो गर्ने बेला अस्ट्रेलीया आएर नपछुताउनु होस्

राम काकाको छोरो पोहोर अस्ट्रेलीया गएको हेर्त क्या पैसा कमाएछ। गाडीमा हिड्छ रे आजकाल त। ऋण पनि आधा उधी त तिरी सकेछ। क्या बरालेर हिड्थ्यो। घरमा बा आमा वाक्क दिक्क भएका थिए त्यसको खर्च धान्न नसकेर। बाउ आमाको पैसो छ भन्दैमा पैसोको खोलोनै बगाउँ थियो। सहि सलामत घर आएको कुनै दिन देखिएन। सधै लर्बराउँदै आउथ्यो। सधै घरमा रडाको मच्चाउँथ्यो। वाक् दिक्क भएका थिए छोरोको बानी बेहोरा देखेर। कताबाट अस्ट्रेलीया छिरेको थियो। एकाएक सप्रेछ। बुद्दीमा बिकाश पनि भएछ र स्वाभलम्बी पनि भएछ।

आजकाल अक्सर धेरै नेपालीका घरहरुमा यस्तै अरुका प्रगती अनि चुरीफुरीका कुरा बढि हुने गर्छ। देखाउने र उचाल्ने होडबाजीमा कैयौ घरका अभिभावकलाई आफ्ना छोरा छोरी बिदेश पठाउनु परेको छ अनि युवाहरुलाई कसरी हुन्छ बिदेशीनु परेको छ। फलानोले क्या प्रगती गरेछ। उ हेर्त अस्ती सम्म निदौरो मुख पारेर हिड्ने आमाको चुरीफुरी। के बिदेश गएको थियो छोरो ठिम् ठिम् पर्दै हिड्छे। तपाईको छोरा वा छोरीले कसरी पैसा कमाउँदै छन् अहँ सोधिन्न। उसको फेशबुकको फोटो हेरेर यतिपो कमाए छ है र मोज गरेको भनेर अन्दाज लगाईन्छ।

कविता (एक प्रतिनीधी पात्र)को उमेर सोर्ह बर्ष मात्रै टेक्दै थियो। बार्ह सकेर अब के गर्ने होला भनेर भविस्यको बारेमा केही चिन्तीत हुँदै थिईन्। पढाईलाई नेपालनै बसेर निरन्तरता पो दिउँकी भन्ने मनमा नभएको होईन। उसलाई नेपालमै नर्सिङमा ब्याच्लर सक्ने ईच्छा थियो। तर नेपालमा ब्याच्लर पढ्नको साटो घरमा आमा बाबाले बोरु बिदेश गएर पढे पैसा पनि कमाईने र भविश्यपनि सुनिस्चित हुने कुरा बताए। उसलाई बिदेश जाने भुतले नछोएको भने होईन। आफ्ना गाउँका साथी भाईहरुको कुरा अनि फेशबुकका फोटो हेर्दा व्हा बिदेशमा त क्या मोज हुने रहेछ। पैसा कमाउन सके त जिन्दगी फिलीली हुने रहेछ भन्ने नलागेको होईन्।

बिदेश उढ्नु ठुलो कुरा होईन। जसोतसो छिर्नु त हो भन्ने सोच धेरैको हुन्छ र यहि सोच कविताको अनि कविताको बा आमाको पनि नभएको होईन। उमेर नपुगे पछि कोही अभिभावकको निगरानीमा बस्न पर्ने नियमले कबितालाई पनि बन्देजमा पार्यो। लगभग २० लाख खर्च गरेर पठाएको छोरीले काम पाउने त परैको कुरा राम्रो सँग खान पनि पाईन। कोही अपरिचीत मान्छेलाई अभिभावकको जिम्बेवारी दिएर पठाउँदा न उसको खानपाननै मिल्यो न उसको रहनसहन न धर्म र सँस्कृती। दाल भात र मासु खान बानी परेका कैयौ कविताहरु कोही अफ्रिकनहरुसँग त कोही ब्रिटीसहरु सँगको बस्न बाध्य भए।

गाईको स्टेक पाक्ने चुलोमा न भात पाक्थ्यो न त चिया। न बिहानको खाना हुन्थ्यो न त साँझकोनै। कविता झन् झन् तनाबमा फस्दै गई। त्यहाँबाट कसरी मुक्त पाईन्छ भन्ने सोच्न थाली। घरमा आमा बाबालाई पनि झन् दिन प्रतीदिन तनाबका बोजहरुले डस्दै गयो। बुझ्दै नबुझी अरुको लह लहैमा छोरीलाई नर्सिङ पढ्न पठाउँदा जिन्दगी देखेर निल्नु न ओकल्नुको दोसाँधमा आमा बा परे। काम पनि भन्ने बितीक्कै नपाईने यि शहरहरुमा नेपालबाट ल्याएको पैसा सकिदै गयो।

कलेजको फिको बारेमा राम्ररी नबुझ्दा गएको छ महिनामा फेरी १२ लाख पठाउन पर्ने भयो। तर फि पाउने हैषियतमा थिएनन् बा आमा। हचुवा तालमा बुझ्दै नबुझी अरुको देखासिकीमा होसीएर अभिभावकहरुले छोरा छोरीलाई पैसा कमाउने सजिलो बाटो बिदेश ठानेर पठाउँदा आज कैयौ कबिताहरुको बिच्ल्ली भएको छ भने बा आमा अनाहकमा तनाबमा झेलीनु परेको छ।

अभिभाबक र पढ्न आउने भाई बहिनीहरुले बिदेश भनेको हेर्दा भव्य देखिए पनि यथार्थमा पृथक छ भनेर बुझ्न जरुरी छ। उमेर नपुगी पठाउँदा हुन सक्ने तनाबहरु बुझ्न अत्यन्त जरुरी छ। कस्तो कलेजमा पठाउँदै छु र फि कति हो त्यो पनि बुझ्न एकदम महत्वपुर्ण हुन्छ। काम नपाएको खण्डमा के अभिभावककहरुले आर्थीक सहयोग गर्न तत्पर छन् यो बुझ्न एकदम जरुरी छ। अन्यथा दुःख बिसाउन उमेरनै नपुगी कदापी बिदेश नपठाउँ।

कविताले जसोतसो कोही पिआर भएको मान्छेसँग कुरा मिलाएर त्यस घरबाट छुट्कारा पाईन् तर आएको पाँच महिना सम्म पनि काम नपाएर अन्ततः कलेज र बिषयनै परिवर्तन गर्ने सोच बनाईन्। त्यति धेरै लगानी गरेर नर्सीङ पढ्न आएकी कबिताले बिजनेशमा फेरी अर्को सिवई निकालीन् र हाल बिजनेसमा आफ्नो पढाईलाई अगाडी बढाउँदै छिन्। उनी आफ्नो भविस्य प्रती अहिले ढुक्क हुन सक्ने अवस्थामा छैन। उनलाई नर्सीङबाट पिआर हुन्छ भन्ने लागेको थियो तर बिजनेस पढेर पिआर हुनेमा कत्ति पनि बिस्वास छैन। कविता भन्छिन् उमेरनै नपुगी अरूको देखासिकीमा कदापी बिदेश नहोमिनु। बिदेशनै जाने भए बझेर आफु पनि परिपक्क भएर गएको राम्रो। कहिले काँही त लाग्छ रमाईलो गर्ने उमेरमा के के न पाईन्छ भनेर बिदेश आउनु भनेको हतारको निर्णयले जिन्दगी भरि पछुताउनु सिबाय अरु केही होईन।त्यसैले बिदेश आउँ तर यथेस्ठ जानकार भएर मात्र आउ अन्यथा नर्सीङ पढ्ने र सुनौलो भविस्स बनाउने सपना कविताको जसरि त्यसै तुहीएर जान्छ यो बिरानो माटोमा।

नोट: कथामा भएकी पात्र काल्पनिक हुन तर कोही कसैको कथासँग मेल खान गएमा त्यसलाई सँयोग ठान्नु होला।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349