प्रिय प्रताप,
तिमीलाई मायाँ गर्ने, आफ्नो ठान्ने सम्पूर्ण सङ्गीत प्रेमीहरुको तर्फबाट नमस्कार तथा न्यानो मायाँ
सुमधुर स्वरका धनि, लगनशिल, मिहिनेती, आलापको राजा र यति छोटो समयमानै साङ्गितिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल प्रताप दास तिमिलाई धेरै धेरै बधाइ छ नेपाल आइइडलमा सेकेण्ड रनर अप भएकोमा।
जुन दिनबाट तिमिले नेपाल आइडलको त्यो स्टेजमा ‘लोलाएका ती ठुला ….तिम्रा दुई नजरले’ गुलाम अलिको त्यो स्वरलाई जुन भावनामा बगेर गायौ नि, त्यसै दिनदेखि त्यहि दिनबाटै नै तिमिले हामिजस्ता धेरै फ्यानहरु कमाईसकेका थियौ । हो, प्रताप त्यहि दिनबाट हामी जस्तो सङ्गीत प्रेमिलाई दुँनिया पहिला भन्दा पनि ज्यादा सुन्दर भएको महशुश भएको छ । त्यसैगरि तिमिले अग्निपरिक्षा, थिएटर राउण्ड अनि गला राउण्डमा उत्कृष्ट भन्दा उत्कृष्ट स्वरको जन्म गराई हामि जस्ता सम्पुर्ण फ्यानहरुको मन मष्तिष्कमा गुञ्जिन सफल भयौ। तिमी त्यो स्वरको सुन्दरतामा ,मुस्कानको बासले तिमी र हामिबिचको प्रेम गाढा लठ्याउने वस्तुझैँ हामी सबको आत्मामा भिज्दै गएको थियौ । हो; त्यहि दिनदेखि हाम्रो मन मष्तिष्कको कुना कुनामा तिम्रा आवाजले तिम्रै नाम धड्काउँदै छुट्टै स्वरको आभाष दिईराखेको थियो ।
‘बिस्तारै छायो आँखामा अध्याँरो भन्ने गीतमा ‘पफर्मर आफ् दि डे ‘को उपाथि पाएर तिमिले आफुले आफुलाई प्रमाणित गर्न कुनै कसर बाँकी राखेनौ। लगातार ४ पटक डेन्जर जोनमा परेर पनि हिम्मत नहारि नेपाल आईडलको टप३ मा पुग्नलाई जुटाएको साहसलाई तिमिले गरेको सङ्घर्षलाई सलाम छ ।
लगातार डेन्जर जोनमा पर्दा यो फिक्स आउट हुन्छ भनेर आलोचना गर्नेहरुको गतिलो जवाफ बनेर सेकेण्ड रनर अपको उपाधि प्राप्त गर्यौ जुन निकै नै प्रशंसनीय छ
प्रताप दास तिमिलाई जिन्दगीले जहाँ डोहोराए पनि तिम्रो त्यो मनलाई पृथ्विभन्दा पनि उर्वर र आकाश भन्दा फराकिलो अनि समुन्द्र भन्दा पनि गहिरो बनाउनु र हिम्मत नहारि अघिअघि पाईलालाई लम्काउनु र तिमी त्यो हिरा बन्नु कि जहाँ तिम्रो चम्काईले अरु टल्कने वस्तुहरुको नाश होस्। लाखौँ ताराहरुको बिचमा एउटा उजेलि जुन बन्नु तिमि जसले ताराहरुको बाबजुद पनि यो धर्तिलाई मोतिका किरण छरिएको आभाष गराएको छ। जिन्दगिमा कहिल्यै हिम्मत नहारि अगाडि बढ्नु किनकि त्यो नेपाल आईडल तिम्रो हार नभई जितको सुरुवात हो।
पहिला १०० जनाले नचिन्ने ती मानिसहरुको सामु करोडौँ फ्यानहरुको माझमा आफ्नो छुट्टै पहिचान लिएर अगाडि बढिरहेको छौ । नेपाल आइडलको को उपाधि नभएर के भयो त तिम्रो सामु करोडौँ फ्यानहरुको माया, साथ र सम्मान छ यसलाई नै तिमिले जिन्दगिको ठुलो उपलब्धि ठानेर आफुमा गर्व महशुस गरेर लगाडि पाईला लम्काउँदै जाउ। अब हिम्मत छैन कसैको तिमिले करोडौँको बिचमा चालेको साङ्गितिक पाईलालाई रोकेर देखाउने। पहिला को हो प्रताप दास कस्तो गाउँछ भनेर थाहा नहुने मान्छेहरु आज तिम्रा ति गितहरु युटुब र आफ्नो मोबाईलको प्ले लिस्टमा राखेर गुञ्जाईरहेछन। यहि नै तिम्रो यात्राको सुरुवात हो र तिमी करोडौँको मन र मुटुमा सम्हालिएर बस्न सफल भएका छौ र अब कसैले नि त्यो मुटुबाट झिकेर मुटु बिनाको धडकन बनाउन सक्दैनन्। धेरै अनौठो र अपरिचित साङ्गितिक जिवनको यात्रामा तिमी हाम्रो जिन्दगिको एकमात्र आईडल भएका छौ।
नभिजाउ ती आँखा परेलीहरु अब; सङ्गीत हो तिम्रो बाटो जहाँ डोहोराउँदै लैजान्छ त्यहि पुग्नु तिमी; तिम्रो त्यो थकाईलाई बिर्सिदेउ अब समर्थन गर्नेहरुको कमि छै्न यहाँ। हो, प्रताप तिमिले त्यो उपाधि त जितेनौ तर पक्कै पनि सम्पुर्ण सङ्गीत प्रेमि नेपालिको ढुकढुकि बनेर बस्न सफल भएका छौ। अब त्यो ढुकढुकिमा सास थप्न सक्नुपर्छ तिमिले र यो साङ्गितिक क्षेत्रलाई आप्नो मुठिमा लिएर अगाडि बढ्नुपर्ने छ र शानका साथ साङ्गितिक क्षेत्रबाट सगरमाथाको चुचुरो भन्दा उचो भएर नेपाली मन मुटुमा छाउनु पर्ने हुन्छ तिमी।
त्यो मुहार बाट निस्कने मुस्कानलाई कहिल्यै पनि ओझेलमा पार्न नदेउ। कुनै दिन तिमिलाई कुनै साथ र सहयोगको खाँचो परेमा आँखा बन्द गरेर त हेर त्यहाँ तिम्रा फ्यानहरुको साथ अवश्य पाउनेछौ। धेरै छ गर्नु जिवनमा तिमिले, अझै लड्दै जाउ सङ्घर्ष गर्दै जाउ, साङ्गितिक यात्रामा कदम चाल्दै जाउ, तिमी अवश्य तिम्रो जिवनको बिन्दुमा पुग्नेछौ र आफ्नो जित भएको आभाष पाउनेछौ। तिमिलाई आगामि दिनहरुमा आउने साङ्गितिक यात्राको सुरुवातको लागि अग्रिम बधाई तथा शुभुभकामना । र अन्तिममा यति भन्न चाहान्छु कि यो हाम्रो माया र साथलाई मुटुमा राखेर त्यहि लगनशिल र मिहिनेतले अगाडि बढ तिम्रो ती अनगिन्ति सपनाहरु अवश्य विपनामा छाऊने छन् ।
उही तिमिले करोडौँको माझमा कमाएका फ्यानहरु मध्येका दुईजना
सबिन सापकोटा
मन्सा बास्तोला