eNepal

घरमा ढाटेर तास खेल्न साथीकोमा जान्थ्यौ र पो दशै आएझै लाग्थ्यो

खर ले छाएको-रातोमाटोले लिपेको घरमा माकुरोले लगाएको जालो पन्छाउदै घर पोत्ने चटारो हुन्थो र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै घोर्ले बोको घरको पालिमा बाधिन्थो र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै साचेर राखेको काक्रो थाङ्ग्रामै पाकेर पट्पटी फुट्थो र पो दसै आएझै लाग्थो ।
रोटे पिङ्को लागी माद्लखाबो काट्न गइन्थो लिङ्गे पिङको डोरी बाट्न पाट-बाबियो उठाउदै हिडिन्थो र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै टेको लगाएर राखेको केरा बोट्मै पहेलपुर हुन्थो र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै चिउरा कुट्न रातभरि गाउका ढिकी भक्राइट्याइ भक्राइट्याइ गर्थे र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै गामघरका कुवापदेरो बाटोघाटो सरसफाइमा जुटिन्थो र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै मिठो मसिनो कुट्नु-पिन्नु गर्न ढिकीजातोमा भ्याइ नभ्याइ हुन्थो र पो दसै आएझै लाग्थो ।
दसैमा फलानो आयो ढिस्कानो आउदेन रे नासो पठाएछ भनेर कुरा गर्न पाइन्थो र पो दसै आएझै लाग्थो ।
पोहोरको दसैमा यती दक्षिणा भाथ्यो अहिले कती हुने हो भनेर मनमनै हिसाबकिताब गरिन्थो र पो दसै आएझै लाग्थो ।
बर्ष कुरेर बल्लबल्ल नया लुगा आङ्मा पर्थो र पो दसै आएझै लाग्थो ।
अघिपछी एक फिर्को मासुसँग कचौरो भरि झोल खाने बानी परेको मान्छेलाई आफ्नै घरमा सिङै खसी ढालिन्थो र पो दसै आएझै लाग्थो ।
मुग्लानीहरु हररर अत्तर बासआउदै भरियालाई भारी बोकाएर खाङग्रे डोकोमा खत्राक्कखुत्रुक सामन हालेर टेप रेकर्डर घन्काउदै गाउ छिर्थे र पो दसै आएझै लाग्थो ।
घरमै आफ्नो मात्रै मनमौजी गर्नेगरी प्राइभेट पिङ हालिदिनु पर्छ भनेर आमाबासँग माग राखेर लडिबुडी खेल्दै अनसन बसिन्थो र पो दसै आएझै लाग्थो ।
सधै निख्लो ढिडो मकैको भात पाक्ने अगेनामा एक्कासी धानको भात पाक्दा अचम्म लाग्थो र पो दसै आएझै लाग्थो ।
निधारले नपुगेर गालासम्म रातो अक्षता लगाएर दक्षिणामा पाएको सिक्का पैसा झिल्झिलेमा हालेर छन्द्राङछन्द्राङ पार्दै हिड्न पाइन्थो र पो दसै आएझै लाग्थो ।
टिका लगाउदै हिड्दा कोहिकोही मान्यजनले यो बज्जिया त छोरोमान्छे पो हो त । छोरो मान्छेलाई त दक्षिणा दिनु पर्दैन भन्दै पैसा नदिएर जमरा मात्रै हातमा राखिदिदा छोरी भएर नजन्मेकोमा पछुतो मानिन्थो र पो दसै आएझै लाग्थो ।
_ _ _ तर खै त अहिले त्यो दसै ??????? उफ्स सम्झिदापनी बैराग लाग्छ्; त्यसैले मागेर पाउने भए म मेरो त्यो बेलाको दसै माग्थे । नागरिकतामा उमेर घटाएर फेरी त्यो “बालापन ” फर्कने भए म जुनसुकै मुल्य चुकाएर पनि त्यो “बालापन ” साट्थे तर अपसोच नियती सामु म निरिह छु ।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349