eNepal

ऋचा शर्मा र भिम न्यौपानेको सयुक्त लगानीमा अस्ट्रेलियामा छायांकन हुदै “सुनकेशरी”

नेपाली कलाकारिता क्षत्रमा त्यस्ता कमै व्यक्ति छन् जसको सुन्दरता संग संगै अभिनय पनि तारिफयोग्य छ | ति कमैमा पर्छिन ऋचा शर्मा | उनि सुन्दरताको हिसाबले मात्र नभई, आफ्नो अभिनय क्षमताले पनि नपाली चलचित्र जगतमा आफ्नो एउटा छुटै स्थान बनाउन सफल भयकि छिन | चलचित्र ‘फर्स्ट लभ’ बाट सिनेमा नगरीमा उदाएकी ऋचा शर्मा, नायिका हुनुका साथ साथै मोडल तथा भिजे पनि हुन् | उनले मेरो लभ स्टोरी, हाईवोय, भिसा गर्ल, लगाएतका थुप्रै चलचित्रमा अभिनय गरेकी छिन | झन् सन् २०१२ मा “लूट” मार्फत उनले धेरै नेपालीको माया पाइन् | उनकों फिल्मी करियरमा इटा थप्न सफल भयो चलचित्र लूट |

अभिनय हुदै अहिले उनि फिल्म निर्माणमा पनि सक्रिय हुदै छिन | उनले पछिल्लो समय चलचित्र आधा लभ मार्फत निर्माण कार्यमा हात हालेकी थिइन् | उनि निर्मित यस चलचित्रले सबैबाट सकारात्मक प्रतिक्रिया बटुल्न सफल भयको थियो | आफ्नो अभिनय क्षमताले दर्सकहरुलाई मोहित बनाउन सफल यिनै ऋचा शर्मा आधा लभ पश्च्यात, अहिले पुन अर्को चलचित्र निर्माणमा ब्यस्त छिन |
अस्ट्रेलिया निवासी भिम न्यौपाने र ऋचा शर्माको सयुक्त लगानीमा, ”सुनकेशरी” निर्माण हुने कुरा गयको सेप्टेम्बेर १७ मा सिड्नीको रकडेलमा गरियको पत्रकार सम्मेलनद्वारा बाहिरीयको हो | भिम न्यौपानेको कुरा गर्नु पर्दा, उनि एउटा सफल ब्यबस्यायी हुन् | सुनकेशरी भन्दा पूर्व उनले बाटो मुनिकों फुल दुई नामक चलचित्र पनि निर्माण गरिसकेका छन् | देशबाट टाढा रहदा पनि उनले नेपालि चलचित्र जगतमा आफुले सकेजति योगदान दिदै आइरहनु भयको छ | चाखलाग्दो कुरा त उनि निर्माण संग संगै अभिनयमा पनि अग्रसर छन् |

हामीले प्रायजसो धेरै बेदेशी हरर चलचित्र देखेका छौ | तर, नेपालमा भने अहिलेसम्म त्यस्तो डरलाग्दो चलचित्र बन्न भ्याएको थिएन | हरर चलचित्र अहिलेका प्राय युवा पुस्ताको रोजाईमा पर्न सफल भयको छ | चलचित्रमा निकै फड्को मारिरहेको हाम्रो नेपाली चलचित्र क्षत्रमा अहिले हरेक नेपाली चलचित्र ब्यबसायिक रुपमा सफल हुदै छन् | अहिले निर्माण पक्ष्यले बनायको गुणस्तरीय चलचित्रले बिदेशी चलचित्रहरुलाई पनि बिस्तारै बिस्थापित गर्दै छ | आसा छ त्यसमा अर्को इट्टा थप्न सफल हुनेछ हरर जेनारमा निर्माण क्रममा रहेको नेपालि चलचित्र “सुनकेशरी” |

भिम न्यौपाने र ऋचा शर्माको सयुक्त लगानीमा निर्माणक्रममा रहेको यस चलचित्रको बिषयबस्तु भुतप्रेत संग जोडिएको हुनेछ | यस चलचित्रको निर्देशन अर्पण थापाले गर्दै हुनुहुन्छ भने चलचित्रको सम्पूर्ण छायांकन अस्ट्रेलियामै हुनेकुरा निर्माण पक्षबाट बाहिरियको छ | यस चलचित्रको अस्ट्रेलियामा छायांकन हुने सम्पूर्ण भाग, सिड्नी स्थित एउटा पुरानो दरबारमा हुदै गरेको कुरा स्रोत मार्फत अबगत भयको छ | सिनेमामा लाग्ने बजेटको बारेमा पूर्ण खुलाशा नभयपनि, निर्माण पक्षले सिड्नी स्थित उक्त दरबारमा सुटिंगका लागि पहिलेनै पचास हजार डलर बुजाएको कुरा समेत जानकारीमा आएको छ | चलचित्र छायांकन सुरु भईसके पनि रिलिज मिति भने ठ्याक्कै तय गरिएको छैन | तर जानकारी प्राप्त भयअनुसार, चलचित्र सन् २०१८ को मध्यतिर प्रदर्शनमा ल्याईने भनियको छ |

कलाकार, निर्देशन र निर्माण पक्ष बलियो देखियको छ चलचित्र ”सुनकेशरी” मा | चलचित्रका निर्देशक अर्पण थापाले सुनकेशरी निर्देशन गर्नु अघिनै चलचित्र ”आधा लभ” मा आफ्नो निर्देशकीय क्षमता प्रस्तुत गरिसकेका छन् | साएद अभिनयमा पनि पोख्त भएर होला, सिनेमाको कथाबस्तुलाई बाँधेर दर्शकको ध्यानाकर्षण गर्न सिपालु छन् उनि | नायिका ऋचा शर्मा जस्तै उनले पनि ”आधा लभ” बाट निर्देशकीय पक्षमा निकै प्रसंसा बटुलेका थिय |

अस्ट्रेलियाको ब्यस्त जिबनशैली हुदा हुदै पनि आफ्नो समय, र पैसा खर्चीयर नेपाली चलचित्र क्षत्रको उत्थानमा प्रयत्नरत हुनु निकै राम्रो कुरा हो | झन् नया परिवेशमा फरक बिषयबस्तु र घटनाक्रमको उठान गर्नु आफैमा कठिन कार्य हो | आशा छ, ऋचा शर्मा र भिम न्यौपानेको यो सहकार्यले सिनेमा नगरीमा एउटा फरक बिषयबस्तुमा आधारित गुणस्तरीय चलचित्र निम्ताउने छ |

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349