eNepal

कसैको नभएको देश रहेछ तेरो अस्ट्रेलीया लोभ देखाएर फसाई रहने: सन्दर्भ दशैं

बिहानै पारीलो घामले मेरो कोठा नियाल्दै थियो। बाबा घरमा रङ लगाउन पोहोर राखेको रङको भाँडा खोज्दै थिए। आमा हतार हतार अगेना तिर लागीन्। दशैको लागि भनेर दाउरा पहिलै जोहो हुन्थ्यो घरमा। बुईकलमा सुकाका दाउरा लिएर भाई झर्यो। भाई बडो हतार गर्दै थियो किनकी आझ पिङ हाल्ने कार्यक्रम छ रे। आमा चिया खाएर जा भन्दै कराउँदै हुनुहुन्थ्यो। अँगेनामा आगो सल्काएर आमा गोठ तिर पस्नु भयो। माली गाई भर्खर व्याएकी थिई। गाई दुहुन बढी आमानै अघी सर्नु हुन्थ्यो।

बाटामा बटुवाहरुको चहलपहल बड्न थाल्यो। जागीरेहरु पनि धमाधम घर फर्कीन थालेका थिए। काठ्माण्डौ पढ्नेहरु दशैमा घर फर्किने क्रममा थिए। लागेको पारीलो घामलेनै दशै आएको आभाष हुन्थ्यो। बाल्टीन भरी दुध लिएर आमा अँगेना तिर लम्कनु भयो। बाबा बाँसको भर्याङ लिएर रङ लगाउन घरको धुरी चड्न लाग्नू भयो। एकहुल केटाहरु परबाट हल्ला गर्दै हाम्रो घर तिर लम्कदै थिए। भाई पनि तयारी अवस्थामा थियो किन कि आझ लिङ्गे पिङ हाल्दै थिए। फुर्को टिप्ने होडबाजीमा होस या दोहोरी खेल्न होस् खुब जोसीन्थे केटाहरु।

बाबाले भर्याङ राखेर भण्डार कोठा छिर्नु भयो। सङ्खको घनिभुत आवाजले घरनै पबित्र भयो। हुन त यो हरेक दिनको नित्यकर्म थियो। बाबाको। घण्ट पनि बज्न लाग्यो। अब जमरा रोप्ने काम सकियो। आमा पनि चिया पकाएर कुरी रहनु भएको थियो। चियामा भुटेको मेथी हालेको स्वादनै अर्कै आउने। आगेनाको वरिपरी बसेर चिया खादै बहिनी भन्दै थिईन्, यस पाली त म कुर्था सुरुवाल लाउने। स्कुलको ड्रेस नकिन्दिनु है बुवा। बिचरा बहिनीलाई दशैमा स्कुलको कपडा किन्दिने बानीले हैरान भएकी रहिछन्। उता खसीको म्याँ म्याँ ले झन् दशैको असली गन्ध आएको थियो।

खसी कराउँदै गर्दा मोबाईलमा घण्टी बज्यो। झल्याँस्स ब्युँझिएँ। रिसले चुर भएर मोबाईलनै फाली दिए। कत्ति मिठो सपना देख्दै थिएँ। फेरी फोन आयो आमाको रहेछ। छोरा के भयो तेरो छुट्टी मिल्यो कि मिलेन। आज त घटस्थापना। जमरापनी रोप्नु भयो बाबाले। तँ आउने भनेकोले बिस् धार्नीको खसी ल्याएका छन् बाबाले। टिकट काटीस्।

खै आमा छुट्टीको लागि साहुलाई भनेको छु। अर्को सेफको नि बाउ मरेर बिदामा बसेको छ। दशैको टिका नलगाएको नि पाँच बर्ष भएछ। सधै अर्को दशैमा पक्का आउँछु भन्दै टार्दै गएँ। एकछिन है ममी फोन आयो। शायद साहुको होला म पछि फोन गर्छु। साहुको फोन उठाएँ। साहु त बिच्केर अहिले जान मिल्दैन। अर्को सेफ आए पछि जालास् होईन भने कामनै छोड्दे पो भन्छ। चार बर्ष देखी गरेको काम छोडेर जाउँ फर्केर आएर फेरी के गर्ने। दशैमा नगए पछि अरुबेला घर गएर पनि केनै महत्व भयो र। सम्झे पैसाको जिन्दगी रहेछ। यसरी टार्दै टार्दै आमा बाबालाई नि गफ हानेर झुक्काए जस्तो भयो।

आमालाई फोन गरे साहुले यस्तो भन्दैछ भनेर। आमा पनि खिस्रीक्क पर्नु भयो। कही नभएको देश गएको रहेछस्। बोरु साउदीका भाईहरु बर्षेनी आउँछन् दशै मान्छन् अनि जान्छन्। कसैको नभएको देश रहेछ तेरो अस्ट्रेलीया लोभ देखाएर फसाई रहने। लौ जे सुकै गर। फोन राख्दिनु भयो। मन सार्है भारी भयो। नमज्जा लाग्यो अनि रिस उठ्यो। फेरी साहुलाई फोन गरे ठिक छ म काम छोड्छु तर यो दशैमा नेपाल जानै पर्छ।पाँच बर्ष भयो मैले यो महान चाड नमानेको आफन्तहरुसँग। साहु पनि बिच्केर नो वरीज् माईट भन्दै फोन राख्यो। सिधै ट्राभललाई फोन गरे। टिकट बुक गरेर हल्का सपीङको लिस्ट तयार पारे। पुन: आमालाई फोन गरे। आमा काम छोडी दिएँ। फुलपातीको दिन घर आई पुग्छु। गाउँमा सवैलाई ठुले आउँदै छ भनेर सुनाई दिनु। आमा पनि खुसीले बाबालाई सुनाउन थाल्नु भयो। पछाडी दशैको मङ्गलधुन बज्दै थियो।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349