हिन्दु धर्मावलम्बीहरुको ठुलो महान चाड बडा दशैको पावन अबसरमा सबै नेपाली मनहरुलाई शुभकामना दिदै ANMC ले सामुहिक घटस्थापना र दुर्गा पुजा आयोजना गर्न लागेको छ। घटस्थापनाको दिन बिधीवत जमरा रोप्दै नौ दिन सम्म पुजा पाठ गरि जमरा उमारिने र दशमीको दिन टिका र जमरा वितरण गरिने छ। संस्कार भवन, 69 Wadhurst Drive Boronia Vic 3155 मा हुने उक्त पुजाको लागि हरेक दिन बिहान ७.३० देखि ११ बजे सम्म र हरेक साँझ ५ बजे देखि ८ बजे सम्म दर्शनको लागि समेत खुला रहने छ। संस्कार भवनमा आउन नभ्याउनेहरुको लागि मूल जमरा विभिन्न suburb मा पुर्याउने कोशिश गरिने छ। यसको स्थान र सम्पर्क व्यक्तिहरु को बारेमा छिटै जानकारी गराउने ANMC ले जनाएको छ ।
कार्यक्रम:
२१ सेप्टेम्बर बिहिबार – घटस्थापना को दिन (बिहान ६:३० बजे ) : घटस्थापना (श्री शंकर गौतम ज्युबाट)
२४ सेप्टेम्बर आइतबार (बिहान ७:३० बजे देखि १०.३० सम्म) : पुजा (श्री दिपक पन्त र श्री बहिनि बाबा पन्तबाट)
३० सेप्टेम्बर शनिबार – टिकाको दिन (बिहान ७:३० बजे देखि १०.३० सम्म) : बिसर्जन, टिका र जमरा वितरण
नोटः संस्कार भवनमा माछा मासु अण्डा र मदिरा मनाही छ ।
थप जानकारी को लागि सम्पर्क गर्नुहोला ।
सुरेश छेत्री – ०४०१७७३०२
रंजन बैद्य – ०४१०५४५५२०