सामाजिक संजाल हिजोआज हरेक कोहिका लागि आफ्नो प्रतिभा पस्कने माध्यम बन्दै आइरहेको छ | एसको बढ्दो प्रयोगले संसार हातमा अटायको छ | समाजमा एसको प्रभाब अहिले बढ्दो क्रममा पाईन्छ | फेसबुक, त्विटर, इन्स्टग्राम, युटुब ईत्यादी अहिलका चर्चित सामाजिक संजाल हुन् |
हिजो आज एस्ता सामाजिक संजालहरुले युवाहरुमा सकारात्मक संगसंगै नकारात्मक प्रभाब पनि छाड्दै आयको छ | तर सरसर्ती हेर्ने हो भने सामाजिक संजालले प्राय युवा पिढीलाई विभिन्न अवसरहरु प्रदान गर्दै आइरहेको छ | झन् युटुब त अहिले प्रतिभावान व्यक्तिहरुका लागि आफ्नो प्रतिभा देखाउने दरिलो साधनका रुपमा बिकसित हुदै छ |
यिनै सामजिक संजाल मार्फत तात्तातो चर्चामा रहेका दुई प्रतिभावान युवा; अमृत न्यौपाने र हरिश क्षत्री | यी दुई साथीले यक अर्का संग सहकार्य गरेको छोटो समयमानै युटुब मार्फत दर्शकहरुको मन जित्न सफल भईरहेका छन् | समाजमा घटिरहेका गतिबिधिहरुमा चित्त नबूजेको खण्डमा व्यंगात्मक शैलीका कमिड़ी भिडियो बनाउदै आयका यी दुईको हरेक भिडियोले अहिले सामाजिक संजालमा दर्शकहरुलाई मज्जाले हसाउछ |
सुरुमा यी दुईले छुट्टा छुट्टै भिडियो बनाउने गरेको र केहि समय अन्तरालको भेट पच्यात यी दुई संगै मिलेर भिडियो बनाई क्षत्री रक्स नामक युटुब यकाउँट मार्फत अपलोड गर्दै आइरहको कुरा कुराकानी पश्च्यात बाहिरियको छ | आजभन्दा चार महिना अघि मात्र ५९२ सस्क्रैबर रहेको यी दुइको युटुब यकाउँटमा अहिले उन्नाइस हजार सक्रैबर भैसकेको छ |
झट्ट हेर्दा यी दुईलैइ व्यंग्यात्मक शैलीका युटुबर भन्दा पनि फरक पर्दैन | यी दुई निर्मित भिडियोले दर्शकहरु हाँसो थाम्न नसकेर उफ्रिन्छन | यी दुई झिल्के देशको हरेक क्षत्रमा भईरहेको कुराहरुलाई आधार बनायर फरक किसिमले रमाइलो ढंगबाट मनोरन्जनात्मक भिडियो बनाई प्रसंसा बटुल्दै आइरहेका छन् | बिषेशत यिनीहरुलाई दर्शकले झिल्केको गफ र क्षत्री रक्स मार्फत बढी चिन्ने गर्दछन
आसा छ , युटुब बाट उदाएका यी दुई नेपाली झिल्केको यात्रा निरन्तर रहनेछ |