eNepal

केटाले त्यहि काम गर्दा वो हो भन्ने समाजले केटीलाई भने किन गिद्दे नजरले हेर्छ

राती हस्याङ् फस्याङ गर्दै एउटी बहिनी ट्रेनमा चडीन्, म पनि थाकेर थकित मुद्रामा ट्रेन चडे। जाडो मौसम कालो आकाश, मडारिएका बादलहरु। हेर्दा लाग्यो कामबाट थकित मुद्रामा कानमा एयरफोन घुसारेर ट्रेनको एक कुनामा आखाँ चिम्लेर गीतको मज्जा लिदै थिईन्। एक्कासी फोनमा बोलेको आवाजले मलाई झस्कायो। हेल्लो ममी म कामबाट घर फर्कदै छु। शायद उताबाट आमाले के खाईस भनेर सोध्नु भएको थियो होला। उसको उत्तर थियो छैन खाएको अव घर गएर खान्छु शायद साथीले पकाएकी होली। कति बज्यो र रात परेन छोरी शायद अर्को प्रश्न यहि थियो होला। उसले भन्दै थिई रात त भई सक्यो नि आमा लगभग १२ बज्न आट्यो। भर्खर काम सकियो दौडीएर आएर ट्रेन समाएँ। अब आधा घण्टामा घर पुगी हाल्छु नि। ल ल चिन्ता नलिस्यो म घर पुगेर कुरा गर्छु नि भन्दै फोन राखिन्।

म पनि एक्लै थिएँ। विकेन्ड भएर जाँड खायर होहल्ला गर्नेहरु मात्र थिए। आखिरी पाँच दिन काम गरेर विकेन्डमा रमाईलो गर्ने सँस्कारमा हुर्केका न परे। क्लब र डिस्को अनि पब र बार त यहाँका रैथानेहरुको लागि कुनै नौलो भएन। घरी घरी मात्रृभाषामा गाली गर्दै हातमा बियरका बोतल बोकेर ट्रेनको एउटा डव्बाबाट अर्को डब्बामा हिड्दा केही पो गर्छन् कि भन्ने कता कता डर नभएको होईन। म केटालाई त डर लाग्यो भने बिचरा ति केटीलाई डर लाग्नु स्वभाविकै हो। सँगै गएर बसौंकि जसो लाग्यो। फेरी नराम्रो पो सोच्ने हुनकी जस्तो पनि लाग्यो। आखिरी नेपाली चेली हुन् बोल्दैमा केनै पो हुन्छ र भन्दै उ बसेको सिटतिर गएँ। उ आँखा चिम्लेर बसेकी थिईन शायद गीत सुन्दै थिईन होला एकोहोरीएर। मेरो झोलाले छस्स उसको घुँडालाई छुन पुग्यो। आँखा पिलीक्क खोलीन्। मैले सरी है भने। उसले नो वरीज भन्दै प्रतिक्रिया दिईन्।

के भनेर बोल्ने, कस्ती स्वभावकी छन्। कोही त फेरी टिमुर्केका नि हुन्छन्। भाउ दिने खालका नि हुन्छन्। मै खतरा मै राम्री मै ठुली भन्ने खालका हुन्छन्। नबोलौ भने एउटी नेपाली चेली छेउमा बस्दा किन नबोल्ने। पक्कैनि कुटी त हाल्दिनन् होली। नबोल्ने र एटिच्युड देखाउने खालकी रहिछन् भने मपनि चुपचाप बसौला भन्दै जे परोस परोस भन्दै बहिनी पनि नेपाली रहेछौ। कहाँ हो नि बस्ने भन्दै प्रश्न तेर्साएँ। उसले ए दाई म क्रेगीबन तिर बस्छु। काम चाँही रिचमन्डमा गर्छु। सधै हेर्नुन ढिला हुन्छ। फेरी हामी नेपालीलाई अर्काको व्यक्तिगत चासो बढि हुन्छ। अनि हामी सोध्छौ कहाँ काम गर्छौ, कति पैसा कमाउँछौ, एक्लै बस्छौ कि कोहीसँग। सिङ्गल छौ कि बिहे भयो। तर मैले यी रास्ट्रीय प्रश्नहरु स्किप गरे।

उसैले भनिन हेर्नु न बस्ने कोठा नपाएर एकातीरको बसाई अनि काम अर्को तिर छ। जान आउननै डेढ दुई घण्टा लाग्छ। अनि कोठा पाईन एता। एक्लै कोठा भाडा तिर्न गार्हो हुने, अहिलेकी रुम पाट्नर मजाकी छ, कुरापनी मिल्छ। त्यहि भएर टाढै भएपनि कम्प्रोमाईज गर्दै छु। अनि उसैले भन्न थालीन कस्तो समाज है दाई हाम्रो। बिदेशको ठाउँमा पढेलेखेको भने पनि केटीलाई हेर्ने दृस्टीकोणमा दसमा नौपनि कम नभएको। राती अबेर कामबाट आउँदा पनि किन यति राती कहाँ गएको थियौ भन्दै नराम्रो नजरले हेर्ने। राती राती कस्तो काम गर्छौ हौ भन्दै गिद्धे शोच राख्ने।

काममा स्टाफहरुसँग हाँसेर बोल्दा पनि यदि नेपाली दाजुभाई पनि त्यहाँ काम गर्छन भने उ त्यसको त फलानोसँग लसपस छ भनेर हावादारी कुरा फैलाउने। थकित मुद्रामा दौडदै आउँदा कपाल बिग्रेको देखे पनि नराम्रो नजरले हेर्ने। त्यहि काम केटाले गर्दै ओहो भन्ने अनि हामीले गर्दा चाँही मुखामुखा गर्ने कस्तो कुसङ्कोच शोच भएका मान्छे भेटीन्छन् है। यदि केटाहरु जाँड खाएर साथीका बसे भने वास्ता हुँदैन तर हामी एक रात साथीकोमा गएर बस्यौ भने लौ न कहाँ हरायौ हिजो त आएनौ त भन्दै अर्कै नजरले हेर्ने। सार्है दिक्क लाग्छ हाम्रो सँस्कारलाई देखेर। देश न परदेश छोराले त्यहि काम गर्दै वोहो भन्ने अनि छोरीले त्यहि काम गर्दा जिब्रो निकालेर मुखामुख गर्ने हाम्रो समाजमा कहिले चेतना आउने हो कुन्नी। चिटीक्क परेर हिड्दा नि कता हौ आज डेटीङ छ कि क्या हो भन्ने अनि त्यतिकै फुस्रो भएर बस्दा नि नराम्रो नजरले हेर्ने समाजलाई देखेर दिक्क लागेर आउँछ।

म त उसको मनमा भएको उकुसमुकुस सुन्नलाई उसको छेउमा गएको जस्तो भयो। दाई सम्झेर तपाईलाई भने जो कोहीलाई भन्दै हिडीन्न पनि। मान्छेले हामीलाई हेर्ने दृष्टीकोण तपाईसँग सेयर गरेको मात्र हुँ। लौ मेरो झर्ने ठाउँ भयो। पछि भेटौला है भन्दै त्यहाँबाट हिडीन्। मैले नाम सम्म सोध्ने मौका पाईन। नाम थाहा भएको भए पनि फेसबुकबाट साथी बन्न हुन्थ्यो। उसको कुराले मन त्यसै भारी भयो। उसको कुरामा पुर्ण सहमती जनाउँदै युवा हो शोच बदलौ भन्दै फेरी भेट भयो भने साथी पक्कै बन्छु भन्दै मध्यरातको सुन्सान यात्रामा गिद्दे यात्री सरह अघी बढे।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349