eNepal

अठार बर्ष नपुग्दै डिपेन्डेन्ट भिषामा नआउनु होस्, हेराई र भोगाईमा फरक छ अस्ट्रेलीया

अस्ट्रेलीया उच्च शिक्षा अध्ययन गर्न आउने बिधार्थीहरुको लागि प्रमुख गन्तब्य बन्दै आएको छ। पछिल्ला बर्षहरुमा नेपाली बिधार्थीहरु अस्ट्रेलीया आउने क्रम अत्यधिक मात्रामा रहेको बिभीन्न तथ्याङ्कहरुले देखाउँछ। गएको बर्ष मात्र लगभग १५००० बिधार्थीहरु अस्ट्रेलीया भित्रीएको बिभीन्न श्रोतको दाबी रहेको छ। साउथ एसीयाका अन्य देशहरुको तुलनामा नेपाल प्रती अस्ट्रेलीयन सरकार केही लचिलो पनि पक्कै भएको देखिन्छ। गएको बर्ष सम्म एसिसमेन्ट लेभल ३ मा रहेको नेपाल अहिले लेभर २मा आएको छ जसलाई सकारत्मक पक्ष लिनु पर्छ जसको ज्वलन्त उदाहरण हो धमाधम भिषा दिनु।

सुबीधा सम्पन्न बिकर्सीत देश अस्ट्रेलीया आउन जो कोही पनि आतुर हुन्छ तर आउनु मात्र ठुलो कुरा पक्कै होईन। आईसकेपछि आई पर्ने झमेलाहरु के के छन्, चुनौतीहरु के के छन् यस बिषयमा खासै बिधार्थीहरुले बृस्तित रुपमा नबुझ्दा भैपरि आउने तनाबले बिभीन्न घटनाहरु जस्तै डिप्रेशनको शिकार बन्ने, घरेलु हिङ्सा बढ्ने, डिभोर्ष हुने लगाएत आत्महत्याका समाचारहरु पनि हामीले सुनेका छौ।

अस्ट्रेलीया आउनु सबैलाई आग्रह गर्दछु तर बुझेर कसरी आउँदा राम्रो हुन्छ, म किन जाने पढेर डिग्री लिन वा फर्केर नेपालमै त्यहाँको शिपलाई परिमार्जीत गर्न, के म कलेजको फी तिर्न सक्छु, के मैले भोली कदमकदाचीत केही महिना काम गर्न पाईन भने के मेरो घरले आर्थीक सहयोग गर्न सक्छ, मैले कसलाई सोधेर जिन्दगीको महत्वपुर्ण निर्णय गर्दैछु, के कन्सल्ट्यान्सीको भरमा मात्रै परेर जानु ठिक हो, के छ त अस्ट्रेलीयामा आप्रवासीहरुको लागि निती नियम, के मैले पिआर पाउन सक्छु वा मेरो रोजाईको बिषयले पिआर पाईने सम्भावना कति छ। पिआरको लागि के कस्ता चुनौतीहरु छन्। यस्ता यावत बिषयहरु नबुझी त्यसै कसैको लहलहैमा हाम्फाल्दा धेरैले दुख पाएका घटनाहरु प्रसस्तै छन्।

आजकाल त अझ अठार बर्ष पनि नपुग्दै डिपेन्डेन्ट बनेर वा बनाएर आउनेको जमातनै छ। भर्खर अठार बर्ष पुग्दै गरेका भाईबहिनीहरुले जिन्दगीको महत्वपुर्ण फैसाला एक कागजको पन्नामा ल्याप्चे लगाएको भरमा बिदेश होमिन्छन्। हुन सक्छ आर्थीक सहयोग हुन्छ भनेर हो वा अन्य कुनै भित्री स्वार्थ तर जिन्दगीलाई राम्रोसँग सम्म नबुझेका भाई बहिनीहरु एउटा लोग्ने स्वास्नी भएर आउँदा भोली यसले के रुप लिन सक्छ, कहिलै सोच्नु भएको छ। एउटा परिवारको नियन्त्रण र नजरमा बसेका टिन एजर्स केटा केटी यहाँको स्वतन्त्र समाजमा आफुलाईपनि स्वतन्त्र भएर हिडडुल गर्न चाहान्छन्। जवकि राम्रोसँग चिनजानपनि नभएको व्यक्तिसँग तपाई के अपेक्षा गर्नु हुन्छ।

के तपाईहरु दुई बिच कलेजको फी दुवैले तिर्ने कागज भएको छ। के तपाईहरुबिच कहाँ कसरी बस्ने कुरोको टुङ्गो भएको छ। हो यहिबाट शुरु हुन्छ एकआपसमा मतभेद। आउनमात्रै चाहेर हुँदैन। भोली गएर कलेजको पैसा तिर्ने बेलामा कसरी तिर्नु हुन्छ। भोली गएर डिपेन्डेन्टले पैसा मज्जाले कमायो तर तपाईको कलेजनै चार दिन जान पर्यो अनि काम पाईएन भने यसको जवाफदेही को हुने। डिपेन्डेन्टमा आउन परेपनि बुझेर आफुले चिनेको व्यक्तिसँग आउनु होस् जसले तपाईलाई भोलीका दिनमा सहयोग गर्न सकोस्। भाँडाकुटी खेलेको तालमा आएर पछि तनाब झेल्नु भन्दा बोरु आउँदै नआउनु होस्।
अभिभावकहरुले पनि यो बुझ्न पर्यो कि छोरा छोरी बिदेश जाँदैमा डलरको बर्षात हुँदैन। पहिलो कुरा छोरा छोरीलाई कोसीत पठाउँदै हुनुहुन्छ त्यो बुझ्नु होस्। छोरा छोरीको मात्र भर परेर नबसेको राम्रो हुन्छ। के कहाँ कसरी जाँदैछन् राम्रोसँग बेलीबिस्तारमा बुझेर पठाउनु होस्। भिषा आयो भन्दा मख्ख पर्दै उडाउन आउने अनि पछि दुख पाएमा गालीगर्नु भन्दा बेलैमा सचेत भएर राम्रोसँग बुझेर पठाउँदा राम्रो हुन्छ।

अर्को कुरा १८ बर्षनि नपुगेका भाई बहिनीहरुलाई त झन् अभिभाबकहरुले पठाउँदै नपठाउनु होस्। एकजना बहिनी अफ्रिकन अभिभाबकको हेरचाहमा नर्सीङ पढ्न आईन्। न त सँस्कार मिल्छ न त भाषा, न खानानै मिल्छ। बिचरा त्यो बहिनीले मलाई फोन गरिन दाई बिहान पाउरोटी खान्छु अनि तिनीहरु खै के खान्छन् एक्दम गनाउँछ। राम्रोसँग नखाएको हप्तौ दिन भई सक्यो मिल्छ भने यहाँबाट निकाल्ने कोशीस गर्दिनु न एकदम गार्हो भई सक्यो। अव उसलाई त्यहाँबाट निकाल्नलाई पिआर वा नागरिक भएको व्यक्तिले मेरो जिम्मामा उसलाई लैजान्छु भन्न पर्यो। कसले भन्दिने अनि गर्दिने। जोई पोईको भनेको समयमा भेट हुँदैन भने अरुको जिम्मा कसले पो लिई दिने।

बुझ्न पर्ने मुख्य कुरा के हो भने आर्थीक स्तर हेरेर मात्र अस्ट्रेलीया जाने सुर कस्नु होस्। अभिभावकहरुले पनि जसोतसो ऋृणपान गरेर २० लाख जम्मा गरेर छोराछोरीलाई नपठाउनु होस्। भोली काम पाईला नपाईएला त्यसको लागि आर्थीक पक्ष सवल छ छैन हेरेर मात्र पठाउनु होस्। गएको दुईचार महिनामानै कति कमाईस् लौन छिट्टो पठा भनेर छोरा छोरीलाई प्रेसर दिदै नदिनु होस्। १८ बर्षको उमेरमै कोही अपरिचीत व्यक्तिसँग डिपेन्डेन्ट भिषामा आउँदै नआउनुहोस् अन्नाहकमा घरेलु हिङ्साको शिकार बन्न। यहाँ आलोकाँचो उमेरमै डिपेन्डेन्टमा आएर एकआपसमा कुराहरु नमिल्दा झगडाका शिकार भएका घटनाहरु बढ्दै गएका छन्। सबै भन्दा ठुलो कुरा सरोकारवालाहरुलाई सोध्नुहोस्, जानेबुझेका व्यक्तिसँग सल्लाह लिनुहोस्। सम्बन्धिक निकाएहरु जस्तै बिधार्थीका हकहितमा काम गर्दै आएका सँस्थाका अधिकारीहरुसँग राय सल्लाह लिनुहोस् जसले गर्दै न लौरो भाँचीयो न सर्पनै मर्योको स्थिती श्रृजना होस्। म त भन्छु अठार बर्ष नपुग्दै डिपेन्डेन्ट भिषामा नआउनु होस्, हेराई र भोगाईमा फरक छ अस्ट्रेलीया।

 

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349