eNepal

अस्ट्रेलीया बस्ने केटाले बिहे गर्छु भन्छ, बिचार गर्नु होस् है झुलाको पनि हुन सक्छ नि

अस्ती सम्म फ्रेन्ड लिस्टमा पाँचसय थिए तर जब फेशबुकमा लोकेसन परिबर्तन गरेको मात्र के थियो, कति आएको के रिक्वेस्ट त्यो पनि केटीको। नेपाल बस्दा बाल नदिनेले पनि अहिले त आफै वेभ गर्छन्। भने पछि यो मलाई हेरेर पक्कै नजिकीएका होईनन्। यो त ठाउँले पो नजिक बनाएको रहेछ। अस्ती घुम्न गएको बेला ओपेरा हाउसमा टक्क एउटा सेल्फी खिचेर सेल्फी हाल्देको थिएँ। नेपाल बसिन्जेल वास्ता मत्लब नगर्नेले नि लभको साईन गरेर फेशबुकमा ईमोजी पठाउँछन्। कति बोल्न खोज्दा नि व्यस्त छु, समयनै मिल्दैन, घरमा कराउँनु हुन्छ भन्नेहरु पनि अफ लाईन म्यासेज पठाउँछन् कति व्यस्त हो के भनेर।

यो दोष कसैको होईन अस्ट्रेलीयाको भिषाको हो। अनि यहि अस्ट्रेलीयाको भिषाको लोभमा आजकाल धेरै युवतीहरु अस्ट्रेलीयाको केटाको खोजीमा फेसबुकबाटै मायाँ गाँस्न खोज्छन् जसको भरपुर प्रयोग यताबाट केटाले पनि गरेका हुन्छ। तपाईहरु दुई दिनमा नजिक हुनु भयो भने बुझ्नु होस् कि तपाईले एकअर्कालाई फ्लर्ट गर्दै हुनु हुन्छ। यहाँ दुवैको मायाँमा स्वार्थ मात्र लुकेको हुन्छ।

एकजना भाई अस्ट्रेलीया आए उच्च शिक्षाको लागि। उसको पहिला नेपाल हुँदा कसैसँग चक्कर रहेछ तर बिचमा पारिवारीक तनाबको कारण त्यो प्रेम सफल भएन। यता आएपछि धेरै केटीहरु फेशबुक मार्फत साथी बने। आज बनेका साथी भोली रिलेसनसीपमा हुन्थे। कसैलाई बिहे गर्ने भनेर गफ दिन्थ्यो। कसैलाई अब आएर पेपर म्यारीज गरेर ल्याउँछु भन्दै गफ दिने रहेछ।

केटी पनि अस्ट्रेलीया आउने दिव्य सपनाले जति खेरै अनलाईनमा प्रतिक्षामा बस्न थालीन्। डिपेन्डेन्टमा आउनलाई केटीले मिठा र कामुक कुरा गर्न थालिन्। यता पनि केटा के कम उ पनि त्यही अनुसार मिठा मिठा कुरा गर्दै आफ्नो पासोमा फसाउन थाल्यो। तपाई आफै भन्नु होस् न फेशबुकमा भेटेको दुई दिनमै बस्ने कस्तो मायाँ हो। के त्यो मायाँले निरन्तरता पाउँछ भन्नेमा कतिको बिस्वास गर्नु।

यता केटा अस्ट्रेलीयाको भिषाको भर्पुर प्रयोग गर्दै केटीहरुलाई फनको लागि प्रयोग गर्दै गयो। अनि बिहेको लागि घरमा चाँही सुशील कन्या खोज्न लगाउन थाल्यो। अव आफै बुझ्नु होस् अस्ट्रेलीया बसेको केटाले बिहेको बहाना बनाएर तपाईसँग लिसो टाँसीए जस्तो व्यहोरा गर्छ भने बुझ्नु होस् कि तपाईलाई केवल झुलाएर राखेको मात्र हो। आजकाल फेशन जस्तै भएको छ, केटा अस्ट्रेलीया गएको छ भने उससँग अस्ट्रेलीया आउनलाई केटीहरु मरिहत्ते गर्छन् तर बुझ्नु जरुरी के छ भने के पक्कै तपाईलाई साँच्चै चोखो मायाँ दिई रहेको छन वा रोमान्च र मिठा कुरामा तपाईलाई कुराउने खेल खेलेका छन्। केबल समय कटाउने साधन बनाएर झुलाएका पनि हुन्छन् बिचार गर्नु होस् अन्यथा आफ्नो अमुल्य समय अस्ट्रेलीया आउने सपनामा त्यसै म्यासेन्जर र भाईबर, अनि स्न्याप च्याटमा खेर नफाल्नु होस् कतै अरु काममा प्रयोग गर्नु होस् जसले तपाईको भविस्यको सुनिश्चीत हुन्छ।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349