२०१६ मा मेलबर्नमा एउटा सानो ६ जनाको सदस्यहरुबाट गोर्खाली क्रिकेट क्लब नाम दिई स्थापना गरियको यस संगठनले यक बर्षको अन्तरालमा खेलकुदमा निकै सक्रिय भूमिका निर्वाह गर्न सफल भयको छ | सामजिक क्रियाकलापमा पनि उत्तिनै सक्रिय भूमिका निभाउदै आएको यस क्लबमा हाल बिस जना खेलाडी र करिब चालिस सदस्य संख्या रहेको छ | खेलकुदनै आफ्नो बिशेष प्राथमिकता भयको बताउने यस क्लबले क्रिकेटमा आबद्द भय संग संगै खेलकुदका अन्य विधाहरुलाई पनि समेटेर अगाडी बढाउने प्रयास गर्दै आइरहेको छ | यसै प्रयाशलाई सार्थक बनाउने उद्यश्यले सन् २०१६ मा यस क्लबले मेलबर्नमा टेबल टेनिस टुर्नामेन्ट समेत आयोजना गरेको थियो |
भर्खरै मात्र पत्रकार सम्मेलन गरेको यस गोर्खाली क्रिकेट क्लबले, उक्त कार्यक्रममा आफ्ना बिगतका, साथै अहिले आफ्नो क्लबको संग्लंगनतामा भैरहेको गतिविधिहरु र आफ्ना भावी योजना बताउदै अब छिट्टै आफ्नो क्लबको एवेंट तालिका निर्माण गर्ने जानकारी उपस्थित सम्पूर्णमा गरायको छ | गत अगस्ट २७ तारिखका दिन यस क्लबले रोयल राईनोज क्रिकेट क्लबलाई साथ लिएर च्यारिटी म्याच समेत आयोजना गरेको थियो | जसको मुख्य उद्यश्य तराईका बाढी प्रभावितहरु थिय | यसरि आफुले आयोजना गरेको उक्त च्यारिटी म्याचबाट उठेको सम्पूर्ण रकम १२८५ ऑस्ट्रेलियन डलर यस क्लबले गैर आबसिय नेपाली सस्था अस्ट्रेलियाका प्रेसिडेन्ट टोनु घोथानेलाई हस्तान्तरण गरेको थियो |
यस क्लबले आयोजना गरेको उक्त च्यारिटी म्याचलाई सफल बनौन नेपलिज यसोसियसन अफ भिक्टोरिया, ग्रेस यजुकेशन र बिग बेली एसियन क्याफेले पनि सक्दो सहयोग गरेको थियो
सेप्टेम्बेर ९ तारिखका दिन पत्रकार सम्मेलन गरेको यस क्लबले आफुले आउने सेप्टेम्बेर २३ , २४ र अक्टोबर १ मा क्रिकेट टुर्नामेन्ट गर्न गैरहेको खुलाशा गरेको छ | जानकारी प्राप्त भयअनुरुप यस क्लबले गर्ने आगामी टुर्नामेन्ट TW Blake पार्क प्रेस्टनमा माथि उल्लेखित मितिमा हुने भयको छ |
आजको मिति सम्म साथ दिने सम्पूर्ण स्पोन्सर, र आफ्ना सुभचिन्तकहरुलाई स्मरण गर्दै यस क्लबले नेपलिज यसोसियसन् अफ भिक्टोरियालाई टुर्नामेन्टको लागि खेलकुद मैदान उपलब्ध गराई महत्वोपूर्ण सहयोग गर्नुभयकोमा बिशेष धन्यवाद ज्ञापन गरेको छ | साथै हिमालयन क्रिकेट क्लब प्रति पनि सहयोगको लागि धन्यवाद ब्यक्त गरेको छ | स्थापना लगतै न्याभ कपमा आफ्नो पहिलो सहभागिता जनायको यस क्लबले रनर अपको सफलता हासिल गरेको थियो | जसमा टिमको नेत्रित्वोमा अहम भूमिका निभाउनु भयको थियो कप्तान तथा यस क्लबका फाउनडर सदस्य समेत रहनुभयका सुमन सिंह ज्युले | अहिले यस क्लबले आफ्नो नया कप्तानका रुपमा केशभ पन्त लाई निर्वाचित गरेको छ भने २०१६-२०१७ मा प्रयास सुबेदी प्रेसिडेन्ट रहनुभयको यस क्लबमा अहिले उक्त स्थानमा ज्ञानेन्द्र थापा रहनुभयको छ |
भबिस्यमा महिला क्रिकेटलाई समेत प्राथमिकता दिने उद्यश्य राखेको यस क्लबले सामाजिक क्रियाकलापहरुमा अझ बढी सक्रिय हुने र क्रिकेटलाई अग्र स्थानमा पुर्याउने संकल्प गर्नुको साथै महिला कप्तान पनि छनोट गरिसकेको छ |