eNepal

कहिले सम्म बनाउने बिधार्थीलाई बलीका बोका

बिधार्थी अस्ट्रेलीया छिरे पछि दिएको परामर्षले केही हद सम्म बिधार्थीलाई फाईदा त पुग्ला तर आउनु अगाडै दिएको परामर्षले महत्व राख्दछ। अस्ट्रेलीया भित्र छिरी सके पछि बिधार्थी यहाँको कानुनमा बाँधी सकेको हुन्छ ताकि उसले आफ्नो ईच्छा अनुरुप सोचेको जस्तो गर्न असमर्थ हुन सक्छ। जस्तै कलेजको परिवर्तन सम्बन्धि निती। कतिपय कलेजले बिधार्थीलाई आफ्नो कलेजबाट अन्त बिधार्थी नजाउन भनेर पछि सम्म बाँध्नलाई सिवईले बाँधेको हुन्छ। जस्तै उदाहरणको लागि एउटा बिधार्थी राम्रो युनीभर्सीटीमा डिप्लोमा लिडीङ व्याचलरको चार बर्षे भिषामा अस्ट्रेलीया आउँछ।

उसको सिवईमा केही रकम डिप्लोमाको अनि केही रकम ब्याच्लरको लागि लिएको हुन्छ। बिधार्थीले भिषा लाग्दा सम्म केही बुझ्दैन। उसले मात्र बुझ्छ अस्ट्रेलीयाको भिषा लाग्यो। उसलाई जाने दौड धुप मात्र हुन्छ। उ अस्ट्रेलीया आउँछ। युनीभर्सीटी जान्छ ईन्रोल्मेन्ट गर्छ। मख्ख पर्छ केही दिन ।ओहो ठुलै क्याम्पसमा पढ्न आएछु भन्दै।
जव डिप्लोमाको दोश्रो किस्ता बुझाउने बेला हुन्छ। अनि सुरु हुन्छ तनाबको जिन्दगी। छिनभरमा सकिने ट्रमले उसलाई पैसा जुटाउन हम्मे हम्मे पर्छ। अब उसले कुनै उपाया नपाए पछि कलेज परिबर्तन गर्ने सोच बनाउँछ र आश गर्छ त्यो व्याच्लरको लागि बुझाएको पैसा रिफन्ड हुन्छ भनेर।

कलेजले त्यति सजिले रिफन्ड कहाँ पो दिन्छ र। त्यहि भएर सुरुमै कैची लगाएको के थाहा हुन्छ र बिधार्थीलाई। कलेजसँग कुरा गर्दा पैसा रिफन्ड हुँदैन भन्दिन्छ। अव कि त त्यहि कलेजमा बलीका बख्रा भएर पढ्न पर्यो कित त्यो पैसा मायाँ मारेर नयाँ सिवई लिन पर्यो।
जसरी पनि अन्त्यमा फस्ने बिधार्थीनै हुन्। यो त एउटा सामान्य घटना हो। यस्ता घटनाहरु धेरै छन् जो बिधार्थीले अस्ट्रेलीया आए पछि भोगेका छन्।

कमसेकम यस्ता कुराहरुको परामर्ष नेपालमै कन्सल्ट्यान्सीले दिदा राम्रो हुन्थ्यो। बिधार्थीलाई भिषा लगाएर पठाएर फोटो हाल्नु भन्दा नि बिधार्थीले भोली गएर दुख नभोगुन भन्ने खालका परामर्ष दिनु एकदमै अनिबार्य छ। कहाँ जान्छस् मछली मेरै ढडिया भनेर कति दिन बिधार्थीलाई दुहुनो गाई सम्झेर दोई रहने। अव हरेक कन्सल्ट्यान्सीले सही र तार्किक परामर्ष नदिई नपठाउने प्रक्रिया अगाडी बडाउन अपरिहार्य रहेको छ ताकि बुझेर आफ्नो हैसीयतले धान्ने आउँछन् नसक्नेले अर्को बिकल्प रोज्न सक्छ। सहि सुचना दिनु अत्यन्त आवस्यक देखिन्छ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349