eNepal

मेल्बोर्नमा नेपाली सामुदायीक भवन बनाउन सात दिने सप्ताह पुराण हुने, साडे एक मिलीयन डलर उठाउने लक्ष्य

बिगत केही बर्षहरु देखी सुनीदै आएको मेल्बोर्न सामुदायीक भवनको चर्चा सेलाएको पक्कै छैन। यस भवनको निर्माण भने जस्तो सजिलो पनि पक्कै छैन। बजारमा गफ पिटेर बोल्या जस्तो सजिलो पनि छैन आफ्नै कम्युनिटी सेन्टर बनाउनलाई। यसको लागि अर्थले त मुख्य भुमीका खेल्छनै यसको अलावा कहाँ, कसरी र कहिले बनाउने भन्ने प्रसङ्ग अझ जटिल रहेको छ। यसको लागि कहाँ बनाँदा उपयुक्त हुन्छ, कतिको लगानीमा बनाउन सकिन्छ, जग्गा लगाएत सबैको सम्भव्यता अद्यय्यन गर्न अपरिहार्य हुन्छ।

मेल्बोर्न कम्युनिटी सेन्टर बनाउने जिम्मा लिएको अस्ट्रेलीयन नेप्लीज मल्टीकल्चरल सेन्टर (ANMC)ले यस सामुदायीक भवन निर्माणको लागि बिगतमा गाला डिनर, च्यारिटी फन्ड लगाएत बिभीन्न कार्यक्रमहरु गरेर रकम सङ्कलन गर्दै आएको थियो तर सामुदायीक भवन जस्तो ठुलो प्रोजेक्टको लागि त्यो रकमले नपुग्ने भएकोले समुदायमा रहेका बिभीन्न सँघ सँस्था र समाज लगायत स्पोर्ट्स क्लव र सबै नेपालीलाई सङ्ग्रहीत गर्दै यहि १८ डिसेम्बर देखी २४ डिसेम्बर सम्म सात दिने सप्ताह पुराण आयोजना गर्न लागेको हो।

पन्डित दिनबन्धु पोखरेलको कथाबाचनमा हुन लागेको यो सप्ताह महाज्ञान यज्ञको लागि धमाधम कार्यहरु सुचारु हुँदै गएको छ। यसै सप्ताह पुराणलाई कसरी सफल बनाउन सकिन्छ भन्ने बारे गएको शनिबार नेपाली समुदायका केही अग्रजहरुसँग सेन्ट्रल अस्ट्रेलीयन कलेज फुट्सक्रेमा छलफल भएको थियो। उक्त कार्यक्रममा एनआरएनए अस्ट्रेलीयाका बर्तमान प्रेसीडेन्ट टोनु गोथाने, एनआरएनए भिक्टोरीया कोअडीनेटर केशव कन्डेल, न्याभका अध्यक्ष डा: अनुपम पोखरेल, बिभीन्न समाजका अध्यक्षहरु लगाएका मान्यगन्य व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।

मुलत: सामुदायीक भवनको लागि रकम जुटाउन गर्न लागिएको शो महा यज्ञलाई कसरी सफल बनाउने भन्ने बारे केन्द्रित रहेको उक्त साक्ष्यात्कार कार्यक्रममा ५०१ महायज्ञ व्यबस्थापन मुल समारोह समिती बनाउने निधो भयो। यसै मुताबीक पदको बिभाजनको लागि छलफलपनि भएको थियो। यसै भेलाले डा: चन्द्र दिपक पोखरेललाई प्रेसीडेन्टमा सर्वसम्मत चयन गर्यो भने केसव कन्डेललाई मुख्य सचीबको रुपमा चयन गरेको थियो। सिनीयर भाईस प्रेसीडेन्टको रुपमा जोग लिम्बु, सिनीयर एड्भाजरको रुपमा एनआरएनका अध्यक्ष शेष घले र भिक्टोरीयाका लागि अबैतानीक राजदुत चन्द्र योन्जनलाई चयन गर्यो।  कोषाध्यक्षको रुपमा अनुपम पोखरेल , कार्यकारी कोषाध्यक्ष राजेश आचार्यलाई चयन गर्यो भने सेक्रेटरीको रुपमा सुनील भन्डारीलाई चयन गर्यो। यो बृहत कार्यक्रम रहेकोले सम्पुर्ण सँघ,सँस्था र क्लव अनि व्यक्ति बिशेषहरुलाई छाता सँगठन बनाएर लैजानेमा सबैले सहमत जनाउनु भएको थियो।

उक्त कार्यक्रममा पन्डित दिनबन्धु पोखरेलले फेशबुक लाईभमा बोल्दै हाल सम्म गरेका कार्यक्रमहरु भव्यताका साथ सफल भएको र विश्वलाई नेपालले नेतृत्व गर्नु पर्छ भन्ने मुल मन्त्र बोकेर आफुले यस पुन्य काम गरेको जानकारी दिनु भएको थियो। यज्ञलाई कसरी प्रचारमुखी बनाउन सकिन्छ भन्ने बारे जानकारी दिनु भयो। ५०० भन्दा बढी यज्ञ सफलताका साथ सम्पन्न गर्नु भएको पन्डित दिनबन्धु पोखरेलले अस्ट्रेलीयाको कायन्स, क्विन्सल्याण्ड, टास्मानीया, सिड्नीमा यस अघि कार्यक्रम गरि सक्नु भएको छ। रकमको कुरामा कहिले पनि आफुले यति र उती भनेर रेट नराख्ने र श्रद्धाले जति हुन्छ शिरोपर गर्ने जानकारी दिनु भएको थियो। साथै अमेरीकाको न्ययोर्कमा भएको पुराणसँग जोडीएर फैलाएको अफवाह केबल भ्रामक र कपोकल्पीत भएको कुरा प्रस्ट पार्नु भयो।

पाँचसय एक मुल समारोह समिती बनाएर कार्य गर्दा शक्तिको बिकेन्द्रीयकरण भई दान आउने सम्भावना बढी हुने, कार्यक्रमलाई आफनत्वको भाव झल्किने अनि कामको बोज कम हुने कुरा व्यक्त गर्नु भएको थियो। कम्तिमा पनि पचास सदस्यको मात्रृ शक्ति परिचालन उपसमिती हुनु पर्छ भन्दै चाडैनै यज्ञ निर्देशीका पठाउने कुरा जनाउनु भयो। दाता, मन्डप निर्माण, अन्तर राज्य, सन्चार, फुलमाला समन्वय, भोजन प्रसाद, स्वमसेवक , आर्थीक लगाएतका ३० उपसमिती बनाएर कार्य गर्न सल्लाह र सुझाब पनि दिनु भएको थियो जसले गर्दा कार्य सुचारु रुपमा हुने र सफल हुनेमा निश्चीन्त हुन आग्रह गर्नु भएको थियो।

घर घरबाट उठौ, शहर शहरबाट जुटौ यो महा अभियानमा कोही पनि नछुटौ, सक्नेले धेरै दान गरौ, नसक्नेले थोरैदान गरौ, केही न केही त अवश्य गरौ, यहाँ नगरे कहाँ गर्ने,अहिले नगरे कहिले गर्ने मैले नगरे कसले गर्ने भन्ने मुल मन्त्र जपेर सबै नेपाली समुदाय मिलेर यस महान कार्यलाई सफल पार्न आग्रह गर्नु भयो।

 

Related posts

Neteller Gambling Establishments: A Complete Overview to Online Gambling with Neteller

अविलास

Best Gambling Establishments that Approve Mastercard: A Comprehensive Overview

अविलास

Best Online Gambling Enterprise Repayment Approaches: A Comprehensive Overview

अविलास

The Exciting Globe of Offline Slots: A Comprehensive Guide

अविलास

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349