हरेक चोटी झैँ यसपालि पनि नेपालीहरुको महान चाड बडा दसैँ नजिकिदै छ | हामी नेपाली पर्बहरुको धनि छौ भनेपनि हुन्छ | हरेक महिना हाम्रो नेपाली मौलिकता झल्काउने फरक फरक चाडबाडहरुको आगमनले मनै हर्षित बनाउछ | दशैँ हामी नेपालीहरुको राष्ट्रिय चाड हो | साल भरिको दुख पिडा भुलेर, खुसि साट्ने रमणीय क्षण |
नेपालमा खेतमा धान झुल्न लाग्दा, बिहानीको चिसो सिरेटोले ज्यान सिरिङ्ग बनाउदा साच्चिनै दसैँ आएको आभास हुन्छ | नेपाली मन हो, स्वोदेशमा दशैँ आउदा पनि खुसीले मातिन्छ , अनि विदेशमा हुदानि दशैको लागि रंगी बिरंगी खुसीहरू बटुल्न थाल्छन |
हामी सबै नेपाली खुलेर मनोरंजननात्मक ढंगबाट दशैँ मनाउछौ | बालक देखि वृद्द सम्मका आफ्नै-आफ्नै रंगी बिरंगी तरिका छन् दशैं मनाउने |
बिजय दशमीको पावन अवसरमा, मातृभूमिबाट टाढा रहनुभयका सम्पूर्णमा मातृभूमिको झझल्को मेटाउन साथै खुसियाली साट्न पश्चिम अस्ट्रेलिया, पर्थमा यहि आउदो सेप्टेम्बेर १६ तारिखका दिन दशैँ मेला २०१७ आयोजना गरिदै छ | ड्रिमल्याण्ड माइग्रेसन्को बिशेष सहयोग र संग्लगनतामा आयोजित यस कार्यक्रमको मुख्य श्रेय पर्थ नेपाल एवेंट कम्पनीलाई जान्छ जसले हरेक चोटी नेपाली चलचित्र, स्पोर्ट टुरनामेंट देखि अन्य थुप्रै मनोरन्जनात्मक गतिबिधि बाट हाम्रो नेपाली कला र संस्कृतिलाई प्रस्फुटन गर्दै आइरहेको छ | अझ बढी भन्ने हो भने, नेपाली कलाकार र दर्शक बिचको दुरीपनि मेटाउदै आएको छ |
हरेक चोटी कोहि न कोहि कलाकार निम्त्याउने यस एवेंट कम्पनीले यो चोटी भने दशैँको अवसर पारेर नेपालको अहिले चर्चित कमिडीयन सन्दिप क्षत्री , चर्चित गायक अल्मोडा राना र काले दाई बाट भब्य चर्चा कमायकि मोडेल माला लिम्बुलै दर्शक सामु निम्त्याउने जानकारी प्राप्त भयको छ | यस कार्यक्रमको आयोजना देखि व्यवस्थापन सम्मका सम्पूर्ण चिजहरुको परिपूर्तिको जिम्बेवार्री यस एवेंट कम्पनी स्वोयमले उठायाको छ | जसको डिरेक्टरहरु हुनुहुन्छ संजय चौधरी,र श्री न्यौपाने, साथै एवेंट म्यानेजरमा हुनुहुन्छ प्रमेश केसी |
कार्यक्रममा लाग्ने खर्चलाई मध्यनजर गर्दै , यस कार्यकर्ममा सहभागिता जनाउनेलाई यस एवेंट कम्पनीले सिमित टिकेट सुल्क तय गरेको छ | जसको जानकारी निम्न उल्लेख गरियको छ;
Tickets Price: 40$ Adults
Kids Age of 5-12: $20
Kids under 5: Free
माला लिम्बु, सन्दिप क्षत्री अनि अल्मोडा रानाको प्रस्तुति संग संगै , पर्थ बसोवासित नेपाली प्रतिभावान स्थानिय कलाकारहरुलाई पनि दर्शक सामु आफ्नो प्रतिभा पस्कने अवसर दिइने छ | येतिमात्र नभई कार्यकर्म समापन डिजे द्वारा हुने तथ्य बाहिरियको छ |
यस कार्यक्रमको थप जानकारीका लागि सम्पर्क नम्बर;
प्रमेश केसी : 0426123927