eNepal

मेक्सीकोमा शक्तिशाली भुकम्प

उत्तर अमेरिकी देश मेक्सिकोमा ८ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहीबार राति मेक्सिकोको पिजीजीपन शहरभन्दा ८७ किलोमिटर टाढा प्रशान्त महासागरमा ७० किलोमिटर गहिराइ केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी भौगर्विक संस्था ‘यूएसजीएस’लाई उद्धृत गर्दै बीबीसीले खबर दिएको छ ।

भूकम्पका कारण मेक्सिका साथै ग्वाटेमाला, एल साल्भाडोर, कोस्टारिका, निकारागुआ, पनामा, होन्डुरस लगायतका देशमा सुनामीको चेतावनी दिइएको छ । भूकम्पका कारण भवनहरु जोडले हल्लिएको र मानिसहरु सडकमा दौडिएको दृश्य देखिएको बीबीसीले खबर दिएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आइनसकेको बताइएको छ ।

यसअघि सन १९९५ र सन १९८५ मा पनि मेक्सिकोमा ८ म्याग्निच्यूडको भूकम्प गएको र जसले ठूलो धनजनको क्षति भएको बीबीसीले जनाएको छ

श्रोत: एजेन्सी

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349