प्राकृतिक प्रकोप नत रोकेर सकिन्छ नत पूर्व आभाष नै हुन्छ | यसको आउने मिति यो आफै निर्धारण गर्छ | नेपालमा पनि कोशी नदिको बहाब बढेर अत्याधिक जनधनको क्षति भयको कुरा सम्पूर्णमा अबगतनै छ | यो पनि एउटा प्रकितिक प्रकोप भित्रनै पर्छ | बाढीका कारण कयौ मानब बस्ति उजाडिको छ | हजारौ मानिसहरु घरबार बिहिन भयका छन् अनि हजारौको मुस्कान खोसियको छ |
यस्तो अबस्थामा देश देखि विदेशमा रहनु भयका सम्पूर्ण नेपालीहरुले आफुले सक्ने सर सहयोग गर्दै आइरहनु भयको छ | सबै जनाले आफ्नो आफ्नो क्षत्र बाट कोसिस गर्दै हुनुहुन्छ, ति छरियका खुसिहरु समेट्न अनि कोशीले बगायार थुपारेको बालुवासंगै पुरियको त्यी हजारौ सपना ,र आसाको किरण खोतल्न | कलाकार होस्, य़ा खेलाडी, शिक्षक होस् य़ा डाक्टर, य़ा फेरि साधारण किशान नै किन नहोस, कोसीले दियको चोटले सबैको भोक प्यास मारेको छ | दिनरात नभनी तल्लिन छन् सबै नेपाली सर सहयोग जुटाउनमा |
उक्त समस्या बाट बिदेशमा बस्नेहरु पनि उतिनै चिन्तित हुनुहुन्छ जति स्वोदेशी | आफ्नो क्षत्र बाट सक्ने भरपुर सहयोग सबैले गर्दै आइरहनु भयको छ | यस्तै सहयोगको क्रममा अस्ट्रेलियाको मेलबर्न नेपाली समाजमा स्थापित येति फूटबल क्लब र युनाईटेड फूटबल क्लबको सयुक्त प्रयासमा येही सेप्टेम्बेर १० तारिखका दिन च्यारिटी फूटबल म्याच घोसित गरियको छ | बाढी प्रभावितहरुलाई सहयोग गर्ने हेतुले योजना गरियको यस म्याचमा येति र युनाईटेड संगै संगै मेलबोर्नमा रहेका अन्य फूटबल क्लबको पनि सहभागिता रहने छ | जसमा रोयल वेस्टर्न क्लब , नेपसिटि बोईज, मेलबोर्न लायन्स, हिमालयन फूटबल क्लब लगायत अन्य क्लबहरु पनि पर्नु भयको छ |
यस म्याच सेप्टेम्बेर १०, आइतबारक दिन भिक्टोरिया स्ट्रिट, ब्रनसुईक स्थित क्लिफटन पार्कमा हुने जानकारीमा आयको छ | नेपाल फ्लड भिगटिम २०१७ लाई मध्यनजर गर्दै सहयोग गर्ने उद्यश्य बोकेर , बिहानको एघार बजे बाट यस खेलको सुरुवात हुने टुंगो बाहिरियको छ |
फूटबल म्याचको साथ साथै अक्सन र बार्बिकिउ कार्यक्रम समेत हुने कुराको जानकारी प्राप्त भएको छ | यस कार्यक्रम मार्फत प्राप्त भयको जम्मा जम्मी रकम गैर आवसीय़ नेपाली सस्था अस्ट्रेलिया बाढी पिडित राहत अर्जी मार्फत नेपाल जाने जानकारी स्रोत मार्फत बाहिरियको छ |
तपाई हाम्रो सहयोग अमुल्य भयकाले मेलबोर्नमा बसोबास गर्ने सपुर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थीको लागि आग्रह गर्दछौ | फेरि पनि समय आएको छ सहयोगी हातहरु अगाडी बढाउने | आउनुस है , आइतबार क्लिफटन पार्कमा |