विश्व निकै साँगुरिदै गएको अवस्थामा कलाकारहरुलाई एल्बम निकालेर अडियो क्यासेट अनि भि सी डी बेचेर आएको पैसाले रोजीरोटी चल्ने जमाना गएको छ। ९० को दशक थियो जुन बेला हरेकका घरमा क्यासेटहरु हुन्थे अनि गीत सङ्गीत सुन्नलाई रिल क्यासेट किन्न अनिबार्य हुन्थ्यो।समय यसरि परिबर्तीत हुँदै गयो कि मानिसहरुले अडोयो गीतको क्यासेट किनेर गीत सङ्गीतको मजा लिने दीन हराउँदै गएको छ। आजको दीन सम्म आईपुग्दा यी सव कुरा दन्त्य कथा जस्तो भई सक्यो।श्रव्यमा मात्र नभएर दृश्यमा गीत बनाउन जरुरी जस्तै भईसकेको छ यदि श्रस्टालाई यो व्यबसायमा टिकी रहनु छ भने।
आज बिदेसमा बगरेल्ती ईभेन्ट्स कम्पनी देखी बिभीन्न समाज र क्लबहरु खुलेका छन् जसले कलाकारहरुलाई बोलाएर बिदेशी भुमीमा नेपालीहरुलाई मनोरन्जन दिनमा कटिबद्द भएर लागेका छन् जसले गर्दा कलाकारलाई आर्थीक स्थीतीबाट फाईदा भएको छ भने श्रस्टाहरुलाई गुम्नाम हुनबाट बचाएको पनि छ। कलाकारलाई थप श्रृजना गर्ने मनोबल पनि यस्ता कार्यक्रमले बढाएको छ जुन एकदम सकारत्मक रहेको ठम्माई छ। तर कहिले काँही बिदेश बोलाईएका कलाकार बिदेशमै हराउने गरेको समाचार पनि नआउने होइन जसले गर्दा सारा कलाकार र कलाकारितामा सङ्लग्न व्यक्तिहरुलाई नराम्रो दृश्टीकोणले पनि हेर्ने गरिएको पाईएको छ।
आज मान्छेहरु पुरै चुजी भईसकेका छन्। हप्तै पिच्छे हुने ईभेन्ट र चलचीत्रहरुको पर्दशनले बिदेसमा बसेका नेपालीहरुपनि आफुलाई मन पर्ने कलाकारहरुको लागि स्वत: स्फूर्त तवरले सहभागी हुने गरेका छन्। कोहीलाई लोक सङ्गीत मन पर्छ त कोहीलाई रक सङ्गीत कोहीलाई सुगम सङ्गीत।सबै सवादका कार्यक्रम हुने भएकाले दर्शकपनि आफ्नो मन पर्ने कलाकारलाई बिना हिच्कीचाहट समर्थन गर्ने गरेको पाईएको छ। गएको केही महिनामा मेल्बोर्नमा भएका कन्सर्टहरु जस्तै सोलाङ्चर र चहलपहल मेल्वोर्नको सम्युक्त प्रस्तुती बिपुल क्षत्री साँझ,नेप्ले ईभेन्ट्सले गरेको एड्ज व्यान्ड र यम बुद्दको बजाउँछ अस्ट्रेलिया टुर एन आर एन ए र चितवन समाजले गरेको पशुपती शर्मा र सम्झना लामीछाने मगरको साथमा नयाँ वर्ष साँझ अनि सेभेन एपिक ईन्टर्टेन्मेन्टले आयोजना गरेको कर्ण दास साँझमा दर्शकको उल्लेखनिय उपस्थितीले प्रस्ट पार्छ कि दर्शकले कलाकारहरुलाई कति मायाँ गर्छन् भनेर।
तसर्थ ईभेन्ट कम्पनीले आयोजना गरेको यस्ता कार्यक्रमले कलाकारको आर्थीक स्थिती सवल भएको छ भने गीत, सङ्गीत कला र सँस्कृतीको जगेर्ना गर्नमा टेवा पुगेको छ। ईभेन्ट कम्पनि पनि एक व्यबसाय हो जसले केही नाफा हुन्छ भनेर कार्यक्रम गर्ने हो तर बाहिरबाट जस्तो देखीएको जस्तो प्रसस्तै मुनाफा नहुने गरेको गुनासो ईभेन्ट आयोजकहरुले गर्ने गरेका छन्।