काठमाडौं जिल्ला अदालतले नेपाल आइडल नामक रियालीटी सो रोक्नका लागि अल्पकालिन अन्तरिम आदेश दिएको छ ।न्यायाधीश दिवाकर भट्टको एकल इजलासले भदौ २३ गते सम्म भोट नगन्न एपिवान टेलिभिजनको नाममा अन्तरकालिन अन्तरिम आदेश दिएको छ ।अधिवक्ता यज्ञमणि न्यौपानले एपी वानबाट प्रशारण भइरहेको नेपाल आइडलले करार ऐनको दफा ८७ उल्लंघन गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।अदालतमा यज्ञमणि न्यौपाने, प्रमिला कायस्थ, रक्ष बहादुर रैका, ममता महर्जन र सरिता अधिकारीले बहस गरेका थिए ।
न्यौपानले एपिवान टेलिभिनजले एक पक्षिय रुपमा करार ऐनको उल्लंघन गरेको भन्दै दाबी गरेको छ । अदालतले भदौ २३ गते विहान १० बजे दुबै पक्ष बीच छलफल गरेर यो विषय टुंग्याउन आवश्यक भएको समेत बताएको छ ।अब भदौ २३ गते सम्म भोट गन्ने लगायतका काम हुने छैनन् ।
साभार: सिनर्जी एफएम